Khabar Dabali Logo
  August 18, Sun

फेसएपमाथि कत्तिको विश्वास गर्न सकिन्छ ?

अनुहारको तस्बिर सम्पादन गरेर साबिकको भन्दा युवा वा वृद्ध अवस्था देखाइदिने एप फेसएपबारे अहिले सबैतिर चर्चा भइरहेको छ।

उक्त एप प्रयोग गरेर प्राप्त परिणाम हजारौँ मानिसले सामाजिक सञ्जालमार्फत्‌ सार्वजनिक गरिरहेका छन्।

पछिल्ला केही दिनदेखि चर्चामा रहेको उक्त एपबारे कतिपयले भने चिन्ता व्यक्त गरेका छन्।

उनीहरू एप निर्माण गरेको कम्पनीले प्रयोगकर्ताहरूको डेटाप्रति त्यति धेरै सतर्कता नअपनाएको बताउने गरेका छन्।
तर फेसएपले भने एउटा विज्ञप्ति जारी गर्दै प्रायः तस्बिर अप्लोड भएको ४८ घण्टापछि आफ्नो सर्भरबाट हटाइने गरेको बताएको छ।

उक्त कम्पनीले प्रयोगकर्ताहरूले सम्पादन गर्न चाहेको तस्बिर मात्र आफूहरूले अप्लोड गर्ने गरेको बताएको छ।

फेसएप के हो ?

फेसएप नयाँ एप भने होइन। दुई वर्षअघि जातीयतासम्बन्धी फिल्टर ल्याएसँगै यो एप चर्चामा आएको थियो।

उक्त एपले कुनै निश्चित जातीय समूहका मानिसको अनुहार अर्को जातीय समूहमा परिवर्तन गर्ने प्रयत्न गर्थ्यो।

तर त्यो विशेषताबारे नकारात्मक प्रतिक्रिया आएपछि कम्पनी उक्त एपबाट पछि हटेको थियो।
फेसएपले भने रिसको भाव झल्केको अनुहारलाई हँसिलो वा अन्य कुनै भावमा परिणत गर्न सक्छ। र, यसले प्रयोगकर्ताको तस्बिरमा रहेको शृङ्गार शैलीमा पनि परिवर्तन ल्याइदिन सक्छ।

र, यो सब आर्टफिशल इन्टेलिजेन्स (एआई) को सहयोगले गरिन्छ।

त्यस्तो कार्य एल्गोरिदमको प्रयोगमार्फत्‌ हुन्छ। जसले गर्दा कसैको मुहारमा हाँसो वा अन्य कुनै भाव प्राकृतिकजस्तै देखिने गरी प्राप्त गर्न सकिन्छ।

समस्या
एप निर्माता जोसुहा नोज्जीले ट्वीट गर्दै फेसएपले सर्वसाधारणको स्मार्टफोनबाट अनुमति नै नमागी अप्लोड गर्ने गरेको बताएपछि सुरक्षा र विश्वसनीयताबारे गम्भीर प्रश्नहरू उठेका थिए।

तर एक फ्रान्सेली साइबर सुरक्षा अनुसन्धानकर्ताले भने उक्त दाबीबारे अध्ययन गर्दै त्यस्तो अवस्था नरहेको पत्ता लगाएका छन्।
उनको अनुसन्धानले फेसएपले प्रयोगकर्ताहरूले चाहेको तस्बिर मात्र लिने गरेको फेला पारेको थियो। फेसएपले पनि बीबीसीलाई आफूहरूले प्रयोगकर्ताहरूले पेस गरेको तस्बिर मात्र लिने गरेको बताएको छ।

अन्य कतिपयले भने फेसएपले प्रयोगर्ताहरूको तस्बिरको डेटा प्रयोग गरेर अनुहार पहिचान गर्ने एल्गरिदमलाई थप विकसित गर्न प्रयोग गरेको हुन सक्ने शङ्का गरेका छन्। र, यो भने तस्बिर हटाइए पनि गर्न सकिन्छ।
हामी फेशल रिकग्निशन ट्रेनिङ अर्थात् अनुहार पहिचान गर्नका लागि तस्बिरहरू प्रयोग गर्दैनौँ, फेसएपका प्रमुख कार्यकारी अधिकृत यारोस्लाभ गोन्चारोभले बीबीसीलाई भने।

तस्बिर सम्पादन गर्नका लागि मात्रै गर्छौँ।

त्यति नै हो त?
पक्कै पनि होइन।

फेसएपले तस्बिर सम्पादन मात्र गर्ने भए प्रयोगकर्ताहरूको तस्बिर क्लाउड मा किन अप्लोड गर्छ भनेर कतिपयले प्रश्न तेर्स्याएका छन्
के प्रयोगकर्ताहरू यसबारे थाहा छ त ?

केहीको हकमा भने यो सबैभन्दा महत्त्वपूर्ण विषय हो।

गोपनीयतासम्बन्धी अभियानकर्ता प्याट वाल्शले उक्त एपका गोपनीयतासम्बन्धी नीतिका केही शब्दप्रति टिप्पणी गरेका छन् जसमा प्रयोगकर्ताको डेटा विज्ञापनका लागि पछ्याइन सक्ने बताइएको छ। बीबीसी

साउन २ गते, २०७६ - १३:२६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फिल्ममा काम लगाई दिने भन्दै जर्बजस्ती शारिरिक शोषण

फिल्ममा काम लगाई दिने भन्दै जर्बजस्ती शारिरिक शोषण

मधुर भण्डारकर र प्रिती जैन नायिका प्रिती जैनले निकै चर्चित फिल्मनिर्माता मधुर भण्डारकरमाथि आफूले...   

राजधानी र नजिकैका जीर्ण सडक बनाउन सांसदहरुकाे माग

काठमाडौ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले देशको राजधानी एवं सांस्कृतिक शहर काठमाडौँ तथा यहाँबाट...   

नुहाउने क्रममा बगेर बालिका बेपत्ता

डोटी । सेती नदीमा आज बिहान नुहाउने क्रममा बगेर एक बालिका बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालयका...   

मकवानपुरगढीमा पाँच करोड लगानी

हेटौँडा । गत आर्थिक वर्षमा मकवानपुरगढी गाउँपालिकाले प्रदेश नं ३ सरकारमार्फत रु पाँच करोड २० लाख बराबरको...   

पुडासैनी मृत्यु प्रकरण : ‘निष्पक्ष छानबिन गर्न दिनुपर्छ’

काठमाडौ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने र अनुसन्धानमा...   

सर्प जोगाउन सक्रिय सापकोटाको परिवार

रत्ननगर । सर्प झट्ट सम्झँदा जो कोहीलाई डर लाग्छ । अधिकांश सर्प विषालु हुन्छन् । देख्नेबित्तिकै मानिसहरु...   

घाँस काट्न गएकी किशोरीको भीरबाट लडेर मृत्यु

बेत्रावती । नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चलेमा घाँस काट्न गएकी एक किशोरीको शनिबार भीरबाट लडेर...   
गाईजात्राको रमाइलो हनुमानढोकामा

गाईजात्राको रमाइलो हनुमानढोकामा

काठमाडौ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन दिवङ्गत आफन्त तथा पितृको सम्झनामा निकालिने गाइजात्रा...   

श्रमिकको पारिश्रमिक बैंक खाताबाट मात्र भुक्तानी गर्नु: श्रम मन्त्रालय

काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम कानूनमा भएका व्यवस्थाबमोजिम श्रमिकको...   
काठमाडौंको होटलहरुमा बाहिर खाजाघर, भित्र यौनधन्दा

काठमाडौंको होटलहरुमा बाहिर खाजाघर, भित्र यौनधन्दा

काठमाडाै । खाजा पसलको नाममा दर्ता नगरी र पसलमा १–२ वटा खाजाका ‘आइटम’ राख्ने र महिला तथा युवतीलाई यौन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top