Khabar Dabali Logo
  January 21, Tue

तपाईंको कार्यथलोमा सम्बन्ध कस्ताे छ ?

घरपछि कर्यथलो अर्थात अफिस एउटा त्यस्तो स्थान हो, जहाँ तपाई सबैभन्दा बढि समय बिताउनु हून्छ । त्यसैले तपाई आफ्नो अफिसका सहकर्मीहरुसँग पनि सकारात्मक हुनु आवश्यक छ ।

तपाई कुनै अफिसमा काम गर्न थालेपछि त्यहाँ तपाईको कोहि न कोहिसंग राम्रो मित्रता हुन्छ । उसलाई तपाई आफ्ना सबै कुराहरु शेयर गर्न थाल्नुहुन्छ । उसलाई घर र अफिस दुबैको समस्याहरु शेयर गर्न थाल्नुहुन्छ । उ संग चिया पिउन जाने, खाजा खान जाने र हरेक कुरा गर्न तपाईलाई रमाइलो लाग्न थाल्छ । उ तपाईको अफिसको सबैभन्दा राम्रो साथी बन्छ । तपाई उसंग रमाईलो पलहरु बिताउन थाल्नुहुन्छ । तर तपाईंलाई थाहा छ, तपाईहरुको त्यस्तो मित्रता अरुलाई मन नपर्न सक्छ ।

मानिस तपाईहरुको यस्तो सम्बन्धमा शंका गर्न थाल्छन् । यिनिहरुबीच चक्कर चलेको छ कि भन्ने जस्ता प्रस्न उठाउन थाल्छन् । जहिले पनि संगै हुने, केहि न केहि त पक्कै छ भनेर सोच्न थाल्छन् । अझ तपाईको बोस र तपाईबीच राम्रो सम्बन्ध छ र यहि क्रममा तपाईको प्रमोसन पनि भयो भने महिलालाई बोससँग सम्बन्ध छ भन्छन् र पुरुषलाई यसले भनसुन गरेछ भन्न थाल्छन् ।

अफिसमा तपाईले काम राम्रो गर्नु भएको कसैलाई मतलब हुँदैन तर तपाईको बोसलाई तपाई बिरुद्ध कुरा लगाउने, भड्काउने कामहरु तिब्र गतिमा हुन्छ । तर तपाईले यस्ता कुरामा पटक्कै ध्यान दिनु हुँदैन । आफ्नो काममा ध्यान दिनुहोस् र अफिसमा त्यस्ता कुरा हुँदै गर्छन् भन्दै आफु अगाडि बढ्नु बुद्धिमानी हुन्छ ।

अरुले भन्यो भन्दैमा आफ्नो साथीको साथ छोड्ने अथवा बोससंग टाढा हुने जस्ता काम गर्नु हुँदैन । किनभने तपाई आफुलाई थाहा छ, तपाई सहि हुनुहुन्छ । आफु सहि भएपछि अरुको अनावश्यक कुरामा ध्यान दिनु आवश्यक हुँदैन । तपाईले अफिसमा आफ्नो जिम्मवारी राम्रोसँग निभाउनु पर्छ, काममा सधैं ध्यान दिनु पर्छ । यदि कोहि तपाईंसँग राम्रो व्यवहार गर्छ, मित्रताके हात अगाडि बढाउछ भने उसंग साथी बन्नु पर्छ ।

अफिसमा पनि त्यस्ता धेरै व्यक्ति हुन्छन्, जसलाई आफ्नो कामभन्दा अरुको बढि चियो गर्ने बानी हुन्छ । अरुलाई बोलीले घोचपेच गर्ने, उडाउने र जिस्काउने गरेर आफु मनोरन्जन लिने गर्छन् । तर यी सब कुराका कारण तपाईले आफ्ना साथीभाईसँग सम्बन्ध टुक्राउनु हुँदैन । तपाइर्ंले उनीहरुलाई शालीन भएर सम्झाउने कोशिश गर्नुपर्छ । उनीहरुसंग अनावश्यक कुरा नगर्नुहोस्, काम पर्दा मात्र बोल्नुहोस् साथै उनीहरु र उनीहरुको कुरालाई सम्मान दिनुहोस् ।

यदि तपाईंलाई केही समस्या परेको छ भने उनीहरुबाट सहयोग पनि लिन सक्नु हुन्छ , जसले तपाईको सम्बन्ध राम्रो बनाउन सहयोग गर्छ । कहिलेकाहि कुनै व्यक्तिलाई धेरै सम्मान दियो भने उसले गलत अर्थ बुझ्न सक्छ, त्यसैले यस्तो स्थिती आउन दिनु हुँदैन । साथै अरुको सहायताको लागि सधै तयार रहनु पर्छ ।

यस्ता कुराहरुमा ध्यान दिनाले तपाईको अपिसमा पनि राम्रो छवि बनाउन सक्नु हुन्छ । अनलाइनखबर

साउन २ गते, २०७६ - १२:२९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मृत्युपछि वीर्यदान गर्न दिनुपर्छ

मृत्युपछि वीर्यदान गर्न दिनुपर्छ

एउटा अध्ययनले पुरुषलाई मृत्युपछि शुक्रकीट दान गर्न दिनुपर्ने सुझाव दिएको छ।मेडिकल इथिक्स नामक...   
गण्डकी प्रदेशसभामा विधेयक प्रस्तुत

गण्डकी प्रदेशसभामा विधेयक प्रस्तुत

पोखरा । गण्डकी प्रदेशसभाको आज बसेको बैठकमा ‘गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानको स्थापना...   

नयाँ शैलीमा हुन थाल्यो मानव बेचबिखन

रुपन्देही । करीब एक महिना अघि खोकीको औषधि किन्ने बहाना बनाउँदै एक महिला नेपाल– भारत सीमानाका बेलहिया...   

धुलिखेल–बर्दिवास सडकमा ‘पासिङ जोन’ निर्माण गरिने

काठमाडौँ । धुलिखेल–बर्दिवास सडकखण्डमा सवारी साधन केही समय राख्न र रोक्न (पासिङ जोन) निर्माण गरिने...   
अनौठो तरिका,सहयोग रकम जुटाउन नांगो तस्बिर

अनौठो तरिका,सहयोग रकम जुटाउन नांगो तस्बिर

एजेन्सी । अस्ट्रेलियाको जंगलमा लागेको आगोले पूरा विश्वको ध्यान खिचेको छ । विश्वका जोसुकै व्यक्ति...   

सवारीसाधन सिक्न अन्यत्र जानुपर्ने बाध्यता हट्यो

भोजपुर । पाथीभरा ड्राइभिङ सेन्टर सञ्चालनमा आएपछि सवारी सिक्नका लागि सहजता थपिएको हो । जिल्लामा सवारीसाधन...   
प्रधानमन्त्री ओली र समकक्षी मोदीद्वारा एकीकृत जाँचचौकीको शुभारम्भ

प्रधानमन्त्री ओली र समकक्षी मोदीद्वारा एकीकृत जाँचचौकीको शुभारम्भ

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले विराटनगरस्थित एकीकृत...   

साँखुमा बीस हजार लिटर मदिरा नष्ट

साँखु । महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले अवैधरूपमा सञ्चालन गरिएको मदिरा भट्टीमा छापा मारी २०...   
राष्ट्रियसभा निर्वाचन : गण्डकीमा २३० मतदाता

राष्ट्रियसभा निर्वाचन : गण्डकीमा २३० मतदाता

कास्की । यही माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन, २०७६ मा गण्डकी प्रदेशमा २३० मतदाता रहेका छन्...   

दाङका यी आठ नाकामा प्रहरी शिविर स्थापना हुँदै

तुलसीपुर । दाङका आठ नाकामा सशस्त्र बल शिविर स्थापना हुने भएको छ । दाङको राजपुर र गढवा गाउँपालिकाका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top