Khabar Dabali Logo
  January 20, Mon

अन्ततः मुम्बई हमलाका मुख्य योजनाकार हाजिफ पक्राउ परे

एजेन्सी । पाकिस्तान प्रहरीले मुम्बई हमलाका योजनाकार हाफिज सईदलाई बुधबार गिरफ्तार गरेको छ । प्रहरीले हाफिजलाई पाकिस्तानको लाहौरबाट पक्राउ गरेको हो । हाफिज लाहौरबाट गुजरांवाला गईरहेका थिए ।

पाकिस्तानको पञ्जाब प्रान्तको मुख्यमन्त्री दफ्तरले हाफिजलाई पक्राउ गरेको पुष्टी गरेका छन् । हाफिजमाथि पाकिस्तानमा प्रतिबन्धित संगठनको लागि पैसा संकलन गरेको आरोप छ । पक्राउ पश्चात पाकिस्तानी प्रहरीले हाफिजलाई न्यायिक हिरासतमा पठाएको छ ।

हाफिजको पक्राउ प्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गरेका छन् । उनले २ वर्षदेखि पाकिस्तानलाई गरिएको दबाबले काम गरेको टिप्पणी गरेका छन् । उनले ट्वीटमा लेखेका छन्, ‘१० वर्षको खोजपश्चात आखिरिमा मुम्बई आतंकी हमलाका मास्टरमाइण्डलाई पाकिस्तानमा गिरफ्तार गरिएको छ । पछिल्लो २ वर्षमा उसलाई पक्राउ गर्नको लागि धेरै दबाब दिइएको थियो ।’

अन्तराष्ट्रिय दबाबका कारण पाकिस्तानले जमात उद दावा, लश्कर ए तैयबा र फलाह ए इंसानियतको विरुद्ध खोजविन सुरु गरेको थियो । पाकिस्तानी सरकारले जमातको १६० मदरसा, ३२ स्कुल, दुई कलेज, चार हस्पिटल, १७८ एम्बुलेन्सलाई यस अघि नै सिज गरिसकेको छ ।

पक्राउ परेका सईदको संगठन जमात उद दावालाई लश्कर ए तैयबाको मुख्य देखिने संगठन मानिन्छ । सन् २००८ मा मुम्बई हमलाका मास्टरमाइण्ड हाफिज सईद थिए । अमेरिकाले सईदलाई अन्तराष्ट्रिय आतंकवादी घोषित गरेको छ । सईदमाथि १० मिलियन अमेरिकी डलरको इनाम पनि राखिएको थियो ।

साउन २ गते, २०७६ - १२:०६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मिडिया काउन्सिल विधेयकमा दण्ड जरिवानासम्बन्धी प्रावधान हटाउने सहमति

मिडिया काउन्सिल विधेयकमा दण्ड जरिवानासम्बन्धी प्रावधान हटाउने सहमति

काठमाडाैं । नेपाल मिडिया काउन्सिल विधेयकमा प्रस्ताव गरिएको दण्ड जरिवानासम्बन्धी प्रावधान हटाउने...   

नेकपाको केन्द्रीय समिति बैठक माघ १५ देखि

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक आगामी माघ १५ गतेदेखि बस्ने...   
अनेरास्ववियुले टुङ्गायो सबै जिल्लाका संयोजक र सहसंयोजक (नामावलीसहित)

अनेरास्ववियुले टुङ्गायो सबै जिल्लाका संयोजक र सहसंयोजक (नामावलीसहित)

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले जिल्ला संयोजक र सहसंयोजकको चयन गरेको...   

प्रतिनिधि सभाको बैठक बस्दै (भिडियो लाइभसहित)

काठमाडौं । प्रतिनिधि सभाको बैठक फेरि सुरु भएको छ ।उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा...   
भ्रम र विवादको भुमरीमा ‘एमसीसी’

भ्रम र विवादको भुमरीमा ‘एमसीसी’

संयुक्त राज्य अमेरिका सरकारले ‘मिलिनियम च्यालेन्ज कर्पोरेशन’ (एमसीसी) अन्तर्गत नेपाललाई उपलब्ध...   

को हुन् अग्निप्रसाद सापकोटा ? यस्तो सापकोटाको राजनीतिक पृष्ठभूमि

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सभामुखमा अग्निप्रसाद सापकोटाको...   

अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपा सचिवालयको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने...   

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी, सभामुखको नाम अनुमोदन हुने

काठमाडौँ । प्रतिनिधिसभाको सभामुखको विषयमा पार्टीको तर्फबाट औपचारिक निर्णय लिन नेकपा सचिवालयको बैठक...   
आफूँलाई पढाउने  शिक्षिकाको  प्रेममा परे पछि युट्युबर शिशिर यस्तो अवस्थामा (भिडियोसहित)

आफूँलाई पढाउने शिक्षिकाको प्रेममा परे पछि युट्युबर शिशिर यस्तो अवस्थामा (भिडियोसहित)

काठमाडौं । चर्चित गायक दिनेश गौतमको आवाजमा रहेको ‘म मरिसकेपछि’ गीतको भिडियो सार्वजनिक भएको छ ।...   
गायक रमेश राना र सिता थापाले ल्याए सालैजो भाका “स्याङजाली माया” भिडियोसहित

गायक रमेश राना र सिता थापाले ल्याए सालैजो भाका “स्याङजाली माया” भिडियोसहित

काठमाडौं । गायक रमेश राना र गायिका सिता थापाको सालैजो भाका “स्याङ्जाली माया” सार्वजनिक भएको छ । मौलिक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top