Khabar Dabali Logo
  August 25, Sun

सम्बन्धविच्छेदका लागि अदालत पुग्ने पुरुषको संख्या बढ्यो

कास्की । कास्की जिल्ला अदालतमा आर्थिक वर्ष २०७४/७५ मा सम्बन्ध विच्छेदसम्बन्धी ८८१ मुद्दा दर्ता भएका छन् । तिनमा २० प्रतिशत पुरुषले दिएका मुद्दा छन् । भदौ १ गतेदेखि लागू भएको नयाँ संहिताले पुरुषले चाहेमा पनि सम्बन्धविच्छेद गर्नसक्ने सुविधा प्रदान गरेपछि सम्बन्ध विच्छेदका निवदेन लिएर पुरुष अदालत पुग्न थालेका हुन् ।

जिल्ला अदालतमा सम्बन्धविच्छेद गर्न दिइएका मुद्दामध्ये पुरुषले दायर गरेका मुद्दा करीब २० प्रतिशत रहेका जिल्ला न्यायाधीश दीपेन्द्र अधिकारीले जानकारी दिए । अदालतमा आउने मुद्दामा सबैभन्दा बढी फैसला नै सम्बन्धविच्छेद हुने गरेका उनको भनाइ छ । उनले भने, “मुद्दा परेकामध्ये ६४७ मुद्दा किनारा लगाइसकेका छौं ।”

आव २०७४/७५ देखि आएका एक हजार ३३८ सहित २०७५र७६ मा अदालतमा दुई हजार ५८९ मुद्दा दर्ता भएका छन् । तीन हजार ४९७ मुद्दा प्रक्रियामै रहेको न्यायाधीश अधिकारीले जानकारी दिए। यसवर्ष मात्रै दुई हजार ५६३ मुद्दा किनारा लगाउने लक्ष्य अदालतले राखेको थियो । मुद्दाको छिनोफानोसँगै अदालतले विशेष प्रकृतिका निवेदन उपरसमेत सम्पादन गरेको छ ।

स्थानीय तहमा न्यायिक समितिको गठनसँगै मानाचामल सम्बन्धी मुद्दा अदालतमा दर्ता गर्न छाडेका छन् । अंशसँग जोडिएर आएमा मात्रै मानाचामल मुद्दा अदालतमा दर्ता हुन्छ । सामान्य विवादका घटना स्थानीय तहमै मिल्ने वातावरण बन्दै गएमा आगामी दिनमा अदालतमा दर्ता हुनसक्ने मुद्दा केही कमी आउने श्रेष्तेदार लोकनाथ पराजुलीले बताए ।

साउन २ गते, २०७६ - १०:४५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज यी स्थानहरुमा चट्याङ्गसहित भारी वर्षाको संभावना, सतर्क रहन आग्रह

काठमाडौं । शुक्रवार देशभर आंशिकदेखि सामान्य बदली रही देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको...   

आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा श्रीमान् पक्राउ

भक्तपुर । आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आफू बिरामी...   

सेनाले सहुलीयतपूर्ण किस्ताबन्दीमा घडेरी उपलब्ध गराउने नीति परिवर्तन गर्यो

काठमाडौं । नेपाली सेनाले सकल दर्जालाई सहुलीयतपूर्ण किस्ताबन्दीमा घडेरी उपलब्ध गराउने नीति परिवर्तन...   
अमेरिकी डलरको भाउ बढ्यो, कति छ अरु विदेशी मुद्राको विनिमयदर ?

अमेरिकी डलरको भाउ बढ्यो, कति छ अरु विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं। शुक्रबार अमेरिकी डलरको भाउ बढेर ११५ रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विदेशी...   
ख्याल गर्नुस्, ज्वरो सामान्य समस्या होइन

ख्याल गर्नुस्, ज्वरो सामान्य समस्या होइन

काठमाडौं । डा.नन्दु पाठक जनरल फिजिसियन के हो ज्वरो ? मान्छेको शरीरमा हुने मेकानिजमले शरीरको तापक्रम...   

महँगियो सुनः रहर मेटाउन नक्कलीको भर

काठमाडौं । सक्कली सुन महँगिए पनि नक्कलीका भने बिक्री ह्वात्तै बढेको छ । सुनको जलप लगाइएका गहनाको व्यापार...   

भातमै भ्रष्टाचार, गाउँपालिकामा कसरी खर्च भयो ८० लाख ?

काठमाडौं । ओखलढुंगाका ६ वटा गाउँपालिकाले गत आवमा खाना खर्चवापतको झन्डै ८० लाख खर्च गरेका छन् । खाना...   

सुन किनबेच गर्दै हुनुहुन्छ ? यस्तो छ आजको मुल्य

काठमाडौं । सातको पाँचौं दिन अर्थात बिहिबार नेपाली बजारमा सुनको मुल्यमा कुनै परिवर्तन आएको छैन । बुधबार...   

बालाजु औद्योगिक क्षेत्रमा आगलागी

काठमाण्डौ । काठमाण्डौको बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ । बालाजु औद्योगिक क्षेत्र भित्र...   

प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान, कति दिन बस्छन् सिंगापुर ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली स्वास्थ्य...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top