Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

सरकार-विप्लव वार्ता : अनौपचारिक संवाद तीव्र

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा बीच वार्ताका लागि अनौपचारिक छलफल चलेको छ । तर, औपचारिक वार्ताका लागि दुवै पक्ष अझै तयार देखिएका छैनन् । दुवै पक्षले अनौपचारिक रुपमा विभिन्न खालका नेतालाई वार्ताको वातावरण बनाउन परिचालन गरे पनि ‘औपचारिक पत्र’ मा गएर अड्किएको छ ।

आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ - विप्लव पक्षले सरकारले औपचारिक पत्र लेखेमा वार्तामा बस्न तयार रहेको बताए पनि सरकारले पत्र लेखिहाल्ने संकेत देखाएको छैन । गत फागुन २ मा सरकारले चन्द नेतृत्वको पार्टीका गतिविधिलाई प्रतिबन्ध लगाएको थियो ।

त्यसपछिको चार महिना अवधिमा आन्तरिक र मुठभेडका नाममा ८ जना विप्लवका नेताकार्यकर्ता र १ प्रहरीको ज्यान गएको छ । विप्लवलाई वार्तामा ल्याउन नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल र गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापाले अलगअलग तीन थरी टिम परिचालन गरेका छन् । उनीहरुले विप्लवका विभिन्न स्तरका नेताहरुसँग अनौपचारिक संवाद गरे पनि वार्ताका लागि ठोस बाटो पहिल्याउन सकेका छैनन् ।

विप्लवको पार्टीले गत पुसको स्थायी समिति बैठकबाटै सरकारले औपचारिक पत्र लेखेमा वार्तामा बस्न सकिने निर्णय गरेको थियो । त्यो निर्णयबाट पार्टी दायाँबायाँ नलागेको एक पोलिटब्युरो सदस्यले बताए ।

वार्ताको वातावरण निर्माणमा सरकार तयार नदेखिएको पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले बताए । ब्ुधबार अन्नपूर्णसँग टेलिफोन सम्पर्कमा आएका पुनले सरकारले आन्तरिक रूपमा वार्ता नचाहेको आरोप लगाए ।

‘सरकारले वार्ता गर्ने कुरा इमानदारीपूर्वक गरेको छैन । आन्तरिक रुपमा वार्ता चाहेको जस्तो देखिँदैन । बाहिर वार्ताको हल्ला फिँजाउने र जनताबाट सहानुभूति बटुल्ने, भित्रभित्रै दमन गर्ने र युद्ध भड्काउने खेलमा सरकार देखिन्छ,’ पुनले भने, ‘इमानदारीपूर्वक वार्ता चाहेको हो भने हामी तयार छौं ।’

सरकारी वार्ता टोलीका संयोजकसमेत रहेका पूर्वमन्त्री सोमप्रसाद पाण्डेले भने विप्लवसँग अनौपचारिक संवाद भइसकेको र औपचारिक वार्ताको तयारीमा रहेको बताए । ‘सरकारका तर्फबाट मैले धेरै पटक विप्लव समूहका नेतासँग अनौपचारिक वार्ता गरेको छु । तर, अहिलेसम्म औपचारिक रुपमा वार्ता भएको छैन’, पाण्डेले भने, ‘वार्ताको विकल्प छैन भन्ने कुरामा सरकार पुगेको छ । विप्लव समूह पनि वार्ताका लागि तयार छ ।’

सभामुख महराको रणनीतिक ‘मुभ’

सभामुख कृष्णबहादुर महरा विप्लवका केही नेताहरुसँग नियमित सम्पर्कमा छन् । उनले सुरुमा आफ्नै गाडीमा विप्लवका केही नेतालाई राखेर नेकपाका वरिष्ठ नेता माधव नेपालसँग भेट गराएका थिए । त्यसपछि नै नेपालले सरकारले जिम्मा दिए आफू वार्ता गर्न तयार रहेको धारणा सार्वजनिक गरेका थिए ।

विप्लव पार्टीका प्रवक्ता खडकबहादुर विश्वकर्मा ९प्रकाण्ड० प्रक्राउ पर्दा शीषस्र्थ नेताको समेत हत्या योजना बनाएको डायरीमा त्यसमा आफ्नो नाम रहेको थाहा पाएपछि दाहाल रिसाएका थिए । सोही कारण महराले नेकपा अध्यक्ष दाहालसँग विप्लवका नेताहरुलाई सम्पर्कमा लगेनन् ।

पछिल्ला दिनमा महराले आफूसँग सम्पर्कमा आएका विप्लवका नेताहरूलाई दाहालसँग सम्पर्कमा लैजाने कोसिस गरिरहेका छन् । दुई साताअगाडि मात्रै नगरकोटको एक रिसोर्टमा अध्यक्ष दाहाल र विप्लवका एक नेताबीच भेटवार्ता भएको महरा निकट स्रोत बताउँछ । भेटघाटको वातावरण सभामुख महराले नै मिलाइदिएका थिए ।

महरा–विप्लव सम्बन्ध युद्धकालदेखि नै सौहार्दपूर्ण थियो । त्यही कारण पनि महराले वार्ताको वातावरण बनाउन ‘रणनीतिक मुभ’ गरिरहेका छन् । उनी विप्लवका उच्च स्तरका नेतासँगै नियमित टेलिफोन संवादमा छन् ।

पूर्वमन्त्री शर्माको तीव्र दौडधुप

नेकपा स्थायी समिति सदस्यसमेत रहेका सांसद जर्नादन शर्मा अध्यक्ष दाहालकै सल्लाहमा वार्ताको वातावरण बनाउन लागिपरेका छन् । उनले पनि प्रकाण्डलगायत नेतासँग प्रत्यक्ष संवाद गरिसकेका छन् । वार्ताको वातावरण बनाउन शर्माले सरकार र आफ्नै पार्टी नेतृत्वमाथि पनि दबाब दिइरहेका छन् ।

उनले प्रहरी हिरासतमै पहिले एकै पार्टीमा रहँदा ‘दुस्मनी सम्बन्ध’ भएका गृहजिल्ला रुकुमका विप्लवका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’ सम्मलाई पनि भेट गर्न पुगेका थिए । त्यतिमात्र होइन, शर्माले पोलिटब्युरो सदस्य ओमप्रकाश पुन, अनिल शर्मालगायतसँग पनि भेट गरेको स्रोत बताउँछ । उनी अहिले पनि विप्लवमा जेलमा परेका नेताकार्यकर्ता रिहाइका लागि खटिइरहेका छन् । बन्दी नेताकार्यकर्ताको रिहाइका लागि वातावरण बनाउने, विप्लवका नेतासँग भेटघाट गरी उनीहरूका धारणा बुभ्mने लगायतका काममा शर्मा सक्रिय छन् । ‘विप्लवले वार्ताको वातावरण निर्माणका लागि माग गरेका छन् । वातावरण निर्माण गर्नुपर्छ र वार्ता गराउनुपर्छ,’ शर्मा भन्छन् ।

पूर्वसंयोजक पाण्डेको सक्रियता

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले द्वन्द्वरत पक्षसँग वार्ता र संवाद गरी राजनीतिक सहमति खोज्नका लागि भदौमै पूर्वमन्त्री सोमप्रसाद पाण्डेको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको थियो । संयोजक पाण्डेको समिति गत पुस ११ बाट औपचारिक रुपमा विघटन भए पनि प्रधानमन्त्री ओलीले विप्लव पक्षसँगको वार्ताका लागि अनौपचारिक रुपमा पाण्डेलाई दौडाइरहेका छन् । उनी विप्लवका पोलिटब्युरो सदस्य अनिल शर्मा, माइला लामा, गुणराज लोहनीलगायत नेताहरुसँग नियमित सम्पर्कमा छन् । तर उनले कुन स्तरका नेतासँग सम्पर्क भइरहेको छ भन्नेबारे केही खुलाएनन् । उनले भने, ‘अनौपचारिक वार्ता भइरहेका छन् । उनीहरु ९विप्लव पक्ष० लाई कसरी वार्तामा ल्याउने भन्नेमा छलफल जारी छ ।’

गृहमन्त्रीको अलग्गै सम्पर्क सूत्र

गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदी ‘पथिक’ पनि विप्लव पक्षसँग नियमित सम्पर्कमा छन् । उनलाई गृहमन्त्री थापाले विप्लवका नेताकार्यकर्तासँगको सम्पर्क सूत्रको खोजी गरी वार्ताको वातावरण बनाउने जिम्मेवारी दिएका छन् । त्यही क्रममा उनले पनि विप्लवका केही नेताकार्यकर्तासँग नियमित सम्पर्क गरिरहेका छन् । सुवेदी जेलमा रहेका सुदर्शनसँग पनि सम्पर्कमा छन् । ‘अहिले राजनीतिक अधिकारका लागि फेरि पनि हिंसात्मक बाटोमा गइरहनु आवश्यक छैन । उहाँहरूसँग संवादमार्फत नै निकासको खोजी भइरहेको छ,’ सुवेदीले भने ।

००

सत्तारुढ नेकपाका अन्य केही नेता पनि वार्ताका लागि अनौपचारिक रूपमा खटिएका छन् । नेकपा महासचिव विष्णु पौडेल, गृहसचिव प्रमेकुमार राई लगायतले पनि विप्लवका नेतासँग सम्पर्क बढाउन खोजेका छन् । महासचिव पौडेलले विप्लवका जेलमा रहेका नेता सुदर्शनसँग संवाद गरेको समाचार छ । तर यस विषयमा महासचिव पौडेलले मुख खोल्न चाहेनन् । पौडेलले अन्नपूर्णसँग भने, ‘वार्ताबाट हरेक कुराको समाधान खोज्न सकिन्छ । यस सन्दर्भका अन्य विषय पत्रकारहरुलाई नै खोजी गर्न आग्रह गर्छु ।’

००

विप्लवका अनौपचारिक संवादमा रहेका नेता

विप्लव पक्षबाट केन्द्रीय सदस्य गुणराज लोहनी सरकारी पक्षसँग सम्पर्कमा छन् । स्रोतका अनुसार उनले सभामुख कृष्णबहादुर महरा, वरिष्ठ नेता माधव नेपाल, सरकारी वार्ता टोलीका पूर्वसंयोजक नेता सोमप्रसाद पाण्डेसँग भेटवार्ता गरिसकेका छन् । उनी सबैभन्दा बढी पाण्डेसँगको सम्पर्कमा छन् । उनले पार्टीका तर्फबाट अनौपचारिक रूमा सरकारसँग छलफल गरिरहेका छन् ।

पाण्डे संयोजकत्वको वार्ता टोलीले सरकारलाई प्रतिवेदन बुझाउने अन्तिम चरणमा पनि लोहनी सरकारले वार्ताका लागि औपचारिक आह्वान गरेको पत्रको पर्खाइमा थिए ।

अहिले पनि उनी सरकारले नै वार्ताका लागि पत्र लेख्नुपर्ने अडानमा छन् । ‘आधिकारिक चिठी नलेख्ने, वार्ता भन्ने छलछाम, षड्यन्त्र गर्ने, प्रतिबन्ध लगाउने, हत्या गर्ने, गोली हान्ने, हिँडडुल गर्न नदिने अनि कसरी सम्भव छ वार्ता रु ’ अन्नपूर्णमै उनले लेखेको लेखमा उल्लेख छ । सरकारले वार्ताका नाममा ठूला नेता पक्राउको रणनीति बनाउन लागिपरेको लोहनीको विश्लेषण छ ।

विप्लवका उपत्यका ब्युरो इन्चार्ज रहेका माइला लामा पनि सरकारी वार्ता टोलीका संयोजक पाण्डेसँगको सम्पर्कमा छन् । लामासँग पनि पाण्डेले धेरै पटक भेटवार्ता गरिसकेको स्रोत बताउँछ । पहिले विप्लवका पूर्वी कमान्ड इन्चार्ज रहेका लामा पछिल्लो दिनमा पार्टी प्रकाशन विभागको जिम्मेवारीसहित काठमाडौं आएका छन् । उनी पूर्व संयोजक पाण्डे र गृहमन्त्रीका सल्लाहकार सुवेदीसँगको सम्पर्कमा भने पुगेका छन् ।

त्यसो त विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खडकबहादुर विश्वकर्मासमेत नेकपाका केही उच्च नेतासँगको सम्पर्कमा छन् । महरा निकट सूत्रका अनुसार विश्वकर्मा महरा र जनार्दन शर्मासँगको सम्पर्कमा छन् ।

सबैभन्दा बढी उनले सभामुख महरासँग सम्पर्क बढाइरहेका छन् । स्रोतका अनुसार उनले झन्डै दुई साताअगाडि नेकपा अध्यक्ष दाहालसँग नगरकोटमा गोप्य वार्ता गरेको चर्चा छ । यद्यपि यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

पक्राउ परेका विप्लव नेकपाका स्थायी समिति सदस्य सुदर्शन सरकारी पक्षको सम्पर्क सूत्र बनिरहेका छन् । वार्ताको वातावरण निर्माणका लागि प्रभाकरले उनीसँग हिरासतमै पुगेर भेट गरेका छन् भने सरकारी वार्ता टोलीका पूर्वसंयोजक पाण्डेले पनि पटकपटक जेलमा पुगेर भेटेका छन् । गत असार १९ मा नेकपाका एक उच्च स्तरका नेताले नख्खु कारागारमा उनीसँग भेटवार्ता गरेका थिए । विप्लव समूहका चिरन पुन, हरि क्षेत्रीलगायतले पनि सत्तारूढ दलका नेतासँग सम्पर्क बढाएका छन् ।

सरकार–विप्लव आ–आफ्नै अडानमा

दुवै पक्ष वार्ताको वातावरण बनाउने प्रयास थाले पनि त्यसले औपचारिकता पाउने तहमा अझै छलफल हुन सकेको छैन । विप्लव पक्षले वार्ताका लागि सरकारले लगाएको प्रतिबन्ध हटाउनुपर्ने, बन्दी रिहाइ गर्नुपर्ने र वार्ताका लागि औपचारिक पत्र लेख्नुपर्ने बताउँदै आएको छ ।

विप्लवका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले बुधबार टेलिफोनमा अन्नपूर्णसँग भने, ‘सरकार वार्तामा सकारात्मक रहेको र वार्ताबाट राजनीतिक निकासप्रति इमानदार हो भने जसरी क्याबिनेट बसेर हामीमाथि प्रतिबन्धको घोषणा ग¥यो, त्यसैगरी प्रतिबन्ध खारेज गर्ने, बन्दी छोड्ने, त्यो पनि कानुनी प्रक्रियाका कुरा हँुदैन । राजनीतिक निर्णयका आधारमा छोड्ने र औपचारिक पत्र लेखेमा मात्र वार्ताको वातावरण बन्न सक्छ ।’

सरकारले वार्ताको औपचारिक पत्र पठाउनुअगाडि विप्लव पक्षले हिंसात्मक संघर्ष छोडेर आउने विश्वासको वातावरण दिएमात्र वार्ताका लागि पत्र लेख्न सकिने बताउँदै आएको छ । विप्लव पक्षले भने वार्ताको जस कसले लिने भन्नेमा सत्तारूढ दलभित्रकै अन्तरविरोधका कारण वार्ताको वातावरण बन्न नसकेको बताएको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र गृहमन्त्री थापाले आआफ्नै ढंगले अनौपचारिक संवाद अगाडि बढाइरहेको स्रोतले बतायो ।

त्यसभित्र एकले–अर्को पक्षले गरिरहेको तयारीमा भाँजो हाल्ने काम भएको विप्लव पक्षको बुझाइ देखिन्छ । विप्लवको आधिकारिक समाचार पोर्टल इरातोखबरले लेखेको छ,–‘ओली, प्रचण्ड र बादलले अलग–अलग टोली परिचालन गरेका छन् । एउटाको काममा अर्कोले भाँजो हाल्ने र भड्काउने घात–प्रतिघात चलिरहेको छ । त्यसकारण जनदबाबका कारण सरकारले प्रायोजित हल्ला तीव्र पारेको छ । तर वार्ताका पक्षमा कुनै सार्थक प्रयास भएको छैन ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies