Khabar Dabali Logo
  January 21, Tue

विप्लव समुहसँगकाे वार्ताले औपचारिकता पाउन नसकेकाे पूर्व संयाेजककाे भनाई

काठमाडौं । राजनीतिक वार्ता टोलीका पुर्व संयोजक सोमप्रसाद पाण्डेले नेत्र विक्रम चन्द विप्लव समूहसँग वार्ता भएपनि त्यसले औपचारिकता पाउन नसकेको बताएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आफुलाई सरकारले दिएको संयोजकको जिम्मेवारीको समय सकिएकाले धेरै पटक विप्लव समूहका नेताहरुसँग अनौपचारिक वार्ता र छलफल भएपनि औपचारिता प्राप्त गर्न नसकेको बताएका हुन् ।

सरकारले पाण्डेको संयोजकत्वमा २०७५ साल भदौ ८ गते उच्चस्तरीय राजनीतिक वार्ता टोली बनाएको थियो । संयोजकका लागि पाण्डेलाई सरकारले दिएको समय सकिएको छ । नेकपाका सांसद समेत रहेका पाण्डेले आफूले विप्लव समूहका  केन्द्रीय सदस्य गुणराज लोहनी लगायत पोलिटव्यूरो सदस्यहरुसंग छलफल गरेको भएपनि संचारमाध्यममा आएजस्तो नभएको स्पष्ट पारे ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले कांग्रेस वार्ता तथा संवादको पक्षमा रहेको भन्दै वार्ता मार्फत समस्या समाधान  गर्नुपर्ने धारणा राखे । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले राजनीतिक परिर्वतन पछि पनि जनताले चाहे अनुसारको सुशासन कायम हुन नसक्दा समस्या श्रृजना भएको भन्ने कुरालाई ठुला दलका शिर्ष नेता र सरकारले बुझ्नुपर्ने बताए । समाजवादी पार्टी, नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारलाई वार्ता मार्फत समस्याको समाधान खोज्न  आग्रह गरे ।

साउन १ गते, २०७६ - २०:११ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नक्कली लाइसेन्सधारीको अन्त्य नभएसम्म सडक दुर्घना न्यूनिकरण हुन सक्दैन : नेता शर्मा

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले नक्कली लाइसेन्सका...   

केही बर्षमा माडि दुर्गमबाट सुगममा परिणत हुन्छ : अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही बर्षभित्रै माडी...   

विधान नमिच्न सभापति देउवालाई जिल्ला सभापतिको चेतावनी

काठमाडौँ । नेपाली काँग्रेसका असन्तुष्ट पौडेल पक्षका जिल्ला सभापतिहरुले नेतृत्वको कार्यशैली प्रति...   

ईरानको ५२ ठाउँबाट आक्रमण गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानलाई ५२ ठाउँबाट आक्रमण गर्ने चेतावनी दिएका छन्...   

सभामुखबारे नेकपा दुई अध्यक्षबीच जुटेन सहमति, संसद बैठक स्थगित गर्ने तयारी

काठमाडौं । सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपाका दुई अध्यक्षबीच कुरा नमिलेपछि प्रतिनिधिसभाको...   

राष्ट्रपतिलाई राजनीतिबाट टाढा रहन नेकपा नेता रघुजी पन्तको सूझाव

काठमाडौ । नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुजी पन्तले राष्ट्रपति विद्यादेवी भण्डारीलाई...   

प्रदेश सरकारको मुख्य प्राथमिकता कृषि : मुख्यमन्त्री पौडेल

हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशले कृषिलाई सबैभन्दा धेरै महत्व दिएको बताएका...   

प्रधानमन्त्री ओलीलाई प्रमुख प्रतिपक्षी काँग्रेसको प्रश्न : नेपाल ट्रष्टको जग्गा हिनामिनामा किन मौन ?

काठमाडौं । विपक्षी दल नेपाली काँग्रेसका सांसदले नेपाल ट्रष्टको सम्पत्ति हिनामिना गर्ने प्रकरणमा...   

नरिवलको रक्सीले लियो आठ जनाको ज्यान, सयौं अस्पताल भर्ना

एजेन्सी । नरिवलको रक्सी सेवन गर्दा फिलिपिन्समा कम्तीमा आठ जनाको मृत्यु भएको छ । रक्सीकै कारण विरामी...   

चीन र दक्षिण कोरियाका राष्ट्रपति बीच भेटवार्ता

एजेन्सी । चीनका राष्ट्रपति सि चिनफिङले सोमबार दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनसँग भेटवार्ता...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top