Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

कतै बाढी, कतै खडेरीले खेत सुक्यो

कास्की । तराईका अधिकांश जिल्ला यतिखेर बाढीको डुबानमा छन् । ठाउँठाउँमा बाढीपहिरोको समस्या पनि उस्तै छ । नेपालको चेरापुञ्जीको रुपमा पनि चिन्ने गरिएको पोखरा र आसपासमा भने अझै पर्याप्त पानीको अभावमा कतिपय स्थानमा रोपाइँ नहुँदा खेत बाँझै छन् ।

कास्की जिल्लासहित समग्र गण्डकी प्रदेशमा पानी पर्याप्त नपर्दा साउन लागिसक्दा हालसम्म जम्मा ६५ प्रतिशत मात्र रोपाइँ भएको छ । मानो खाएर मुरी उब्जाउने विशेष समयका रुपमा लिइने असार बिदा भइसके पनि पानी नपर्दा रोप्नका लागि तयार गरिएको बीउ छिप्पिएका कारण कृषकहरू चिन्तामा छन् ।

पोखरा र आसपासका क्षेत्रमा विगतमा सामान्यतः साउन अगावै सम्पूर्ण रोपाइँ सक्ने गरिए पनि यस वर्ष पानीकै अभावमा कतिपय ठाउँमा रोपाइँ हुन नसकेको कृषकहरू बताउँछन् । ‘विगतका वर्षमा जस्तै असारको पहिलो साता रोपाइँ गर्ने गरी बीउ छरेका थियौँ’, कास्कीको भरतपोखरीका कृषक श्याम लामिछानेले भने, ‘खै असार सकियोे, बीउ पनि डढिसकेको छ, पानी भने आउँदैन ।’

पानी नआएपछि खेत बाँझै हुन्छ कि भन्ने चिन्ता थपिएको बताउँदै उनले रोपेका ठाउँमा पनि पानी नपरेका कारण खेत सुक्दै गएको बताए । ‘कतै बाढी त कतै खडेरी, मारमा पर्ने भनेको खेती गरेर खाने कृषक र सर्वसाधारण नै हो’, उनले थपे ।

लामिछाने जस्तै यतिखेर धेरै कृषक रोपाइँ गर्न नपाएर चिन्तामा छन् । जसोतसो रोपिसकेका खेतमा पनि आकाशे पानी नपरेको र मूल नफुटेका कारण रोपो सुक्ने समस्या बढिरहेको कृषकहरूको दुःखेसो छ ।

गण्डकी प्रदेशमा कूल एक लाख ४९ हजार ७२५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको गण्डकी प्रदेश कृषि निर्देशनालयका वरिष्ठ कृषि अर्थविज्ञ भानुभक्त भट्टराईले जानकारी दिए । उनका अनुसार यस वर्ष हालसम्म सबैभन्दा बढी कास्की र स्याङ्जा जिल्लामा ८० प्रतिशत रोपाइँ भएको छ । कास्की र स्याङ्जामा क्रमशः २६ हजार ५० र १८ हजार ३० हेक्टर क्षेत्रफलमा रोपाइँ हुन्छ ।

त्यस्तै सबैभन्दा कम गोरखा जिल्लामा ४५ प्रतिशत मात्र रोपाइँ भएको छ । गोरखामा १७ हजार ७७१ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गरेको छ । हालसम्म लम्जुङमा र म्याग्दीमा ५५ प्रतिशत रोपाइँ भएको छ । लम्जुङमा १५ हजार ८०४ हेक्टरमा धान रोपिन्छ भने म्याग्दीमा चार हजार हेक्टरमा रोपिन्छ ।

त्यस्तै तनहुँमा रोपाइँ हुने १९ हजार ४४५ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गरेकामा जम्मा ६५ प्रतिशत मात्र रोपाइँ भएको छ । गण्डकी प्रदेशका नवलपरासी, पर्वत र बाग्लुङमा ७० प्रतिशत रोपाइँ भएको छ । नवलपरासीमा २४ हजार हेक्टर, पर्वतमा नौ हजार ६०५ हेक्टर र बाग्लुङमा छ हजार २० हेक्टरमा धान रोपाइँ हुने गरेको छ ।

प्रदेशअन्तर्गत यहाँका हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा भने धान खेती खासै गरेको पाइँदैन । गण्डकी प्रदेशको कास्की र स्याङ्जा जिल्ला अत्यधिक पानी पर्ने स्थान भएका कारण अन्यका तुलनामा बढी प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख लोकेन्द्र बोहोराले बताए ।

‘यी दुई जिल्लामा आकाशे पानी पनि अन्यका तुलनामा बढी पर्ने गरेको छ’, उनले भने, ‘यहाँका केही स्थानमा सिँचाइको सुविधासमेत भएका कारण पूर्णरुपमा आकाशे पानीको भर पर्नु भने पर्दैन ।’

कास्कीको कुँडहर फाँट, बिरुवा फाँट, खुदी फाँट, ढुङ्गेपाटन, गगनगौंडालगायतका स्थानमा सिँचाइ सुविधा उपलब्ध छ । कास्कीकै सुरौदी खोलाको पानीका कारण चवादी, वर्षा, कुर्लिङलगायतका स्थानमा सिँचाइ सहज भए पनि बर्सेनी खोलाको धार परिवर्तन हुने र कटान गर्ने समस्या नरोकिएको कृषकहरू बताउँछन् ।

जिल्लाका लेखनाथ क्षेत्रमा रहेका बेगनास, रुपा, खास्टे, दीपाङ, मैदी, न्युरेनी आदि तालको पानीका कारण आसपासका क्षेत्रमा सिँचाइ सहज भएको छ । पोखराको फेवातालका कारण बिरुवा क्षेत्रको सिँचाइमा निकै सहज भएको छ भने कमलपोखरी तालबाट आसपासका क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ ।

कास्कीकै पटनेरी क्षेत्रका अधिकांश खेतमा रोपाइँ सकिएको भए पनि आकाशे पानी नपरेका कारण मूलहरू नफुट्दा रोपो सुक्ने समस्या थपिएको कृषकहरू बताउँछन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies