Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

नेपाल प्रहरी र त्रिभुवन विश्‍वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल प्रहरी र त्रिभुवन विश्वेविद्यालयबीच समुदाय-प्रहरी साझेदारी अवधारणा अनुरुप संस्थागत साझेदारी निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच त्रिभुवन विश्वलविद्यालयका उपकुलपति प्रा।डा। तिर्थराज खनियाँ र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समझदारीपत्रमा हस्ताक्षर गरे । उनीहरुले उक्त समझदारीपत्र आदानप्रदान समेत गरे ।

सामाजिक विकृति विसङ्गतिविरुद्ध जनचेतना फैलाउँदै अपराध रोकथाम गर्न, सुरक्षा व्यवस्थापनमा जनसहयोग र समग्रमा सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न प्राज्ञिक क्षेत्रको विज्ञता र महत्त्वपूर्ण भूमिकालाई मनन गर्दै तथा प्राज्ञिक गतिविधिहरूको निर्बाध सञ्चालनमा प्रभावकारी सुरक्षा व्यवस्था कायम गर्न, सुरक्षा सचेतना अभिवृद्धि गर्न र नेपाल प्रहरीमा निहित सुरक्षा सम्बन्धी विज्ञताको प्राज्ञिक क्षेत्रमा उपयोग गर्ने सम्बन्धमा नेपाल प्रहरी र त्रिभुवन विश्वविद्यालयबीच “समुदाय(प्रहरी साझेदारी” अवधारणा अनुरूप संस्थागत साझेदारीको निर्माण एवं कार्यान्वयन गर्न समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।

समझदारीपत्रमा अध्यापन र प्रशिक्षणमा संस्थागत विज्ञताको उपयोग, पाठ्यक्रम विकास, अध्ययन अनुसन्धान, सूचनाको आदान प्रदान, श्रोत व्यक्ति तथा स्वयंसेवक सम्बन्धी व्यवस्था, सुरक्षा सचेतना अभिवृद्धि, प्रकाशन, क्षमता अभिवृद्धि, सूचना प्रविधिको विकास, व्यवहारिक अभ्यास, इन्टर्नसिप, विद्युतीय पुस्तकालय, सुरक्षित विश्वविद्यालयको अवधारणा, भ्रमणको आदानप्रदान र साझेदारी कार्यान्वयनको लागि सम्पर्क विन्दु लगायतका विषय समेटिएका छन् ।

उक्त अवसरमा त्रिभुवन विश्व्विद्यालयका उपकुलपति प्रा।डा। खनियाँले सम्झौतापत्रका विषयवस्तु ज्यादै महत्वपूर्ण रहेको चर्चा गर्दै नेपाल प्रहरीले गर्ने सेवामा विश्ववविद्यालयकोतर्फबाट गर्नुपर्ने योगदान दिन विश्वरविद्यालय तयार रहेको बताए ।

आपसी सहकार्यबाट समाजलाई दिने सेवालाई उत्पादनमूलक र मूल्यवान बनाउन सकिने भएकाले समझदारीको प्रभावकारी एवं शीघ्र कार्यान्वयनको लागि समझदारीका विषयवस्तुलाई प्राथमिकता तोकेर लक्षित टीम बनाई काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

विश्वाविद्यालयले लामो समयदेखि अन्तर्राष्ट्रिय रुपमा सहकार्यको संस्कृति अगाडि बढाएको भए पनि राष्ट्रिय रुपमा नेपाल प्रहरीसँग नै पहिलो समझदारी भएको उल्लेख गर्दै उपकुलपति प्रा।डा। खनियाँले अबका दिनमा कामबाटै एकअर्कालाई योगदान गर्ने नयाँ अवस्थाको थालनीसँगै थुप्रै कुरामा मिलेर जान सकिने बताए । त्रिभुवन विश्वतविद्यालयका विद्यार्थीहरुले नेपाल प्रहरी मार्फत योगदान पुर्याझइरहेको चर्चा गर्दै त्रिभुवन विश्विविद्यालयको अध्यापन गुणस्तरीय हुँदा सो बाट नेपाल प्रहरीका अधिकृतहरुको सेवा प्रवाह समेत गुणस्तरीय हुन सहयोग पुग्ने उनले चर्चा गरे । यस साझेदारीको माध्यमबाट हुने विचार, अनुभव र विज्ञताको आदान-प्रदानबाट व्यावसायिक कार्यसम्पादन अभिवृद्धि गर्न सहयोग पुग्ने समेत उनले बताए ।

समारोहमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समझदारीपत्रमा हस्ताक्षर महत्वपूर्ण भएकाले उपलब्धीपूर्ण हुने विश्वादस व्यक्त गरे । मर्यादित मानिने सुरक्षा निकाय र अध्ययन अध्यापन क्षेत्रसँगको सहकार्यलाई नियमित रुपमा अगाडि बढाउँदै थप उपलब्धीमुलक बनाउन तत्कालै समझदारी कार्यान्वयन गर्न अगाडि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

यस समझदारीबाट साझेदारीमा नविन आयाम थपिएकोले आफूलाई गर्व महसुस भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले प्रहरीको बहुआयामिक कार्यक्षेत्रमा बृहत दृष्टिकोण निर्माणको लागि प्राज्ञिक क्षेत्रको विज्ञता उपयोग गर्न नेपाल प्रहरी प्रतिबद्ध रहेको बताए।

विश्वाविद्यालयसँगको सहकार्यले सामाजिक सांस्कृतिक पक्षहरुसँग जोडिएका अपराधका विविध पक्षहरुको सम्बन्धमा गहिरो सोध एवं अनुसन्धान गरी निदानका उपायहरुको खोजि गर्न सहयोग पुग्ने विश्वािस उनले व्यक्त गरे। अहिलेका दिनमा अध्ययन परिष्कृत हुँदै अनुसन्धानमुखी भएकाले संगठन मजबुत, सबल र समयसापेक्ष बनाउन सहयोग मिलेको उहाँले उल्लेख गरे । उच्च अध्ययनको साथै यूएन समेत अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती कमाएका र समाजको गहिराई बुझेर काम गर्ने प्रहरी अधिकृतहरुको कामले नेपाल प्रहरीको छवि उच्च बनाएको उनले चर्चा गरे ।

मानव अधिकारको संरक्षण गर्दै सुरक्षित समाज र समृद्ध राष्ट्र बनाउन नेपाल प्रहरी समुदायसँग मिलेर काम गर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले भने, “संगठनको बुझाई, दृष्टिकोण र कार्यशैली नागरिक केन्द्रीत छ ।” सूचना प्रविधिको कारण अपराधको सिमाना नहुने अवस्थामा बाहिर के भइरहेको छ भन्ने बुझेर नीति योजना बनाउन सके समयले माग गरेको काम गर्न सकिने भएकोले यसतर्फ प्रहरी उन्मुख भइरहेको उनले बताए ।

प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले समझदारीपत्रको मस्यौदा प्रस्तुतीकरण गर्नुभएको उक्त समारोहमा त्रिभुवन विश्व विद्यालयका रजिष्ट्रार डिल्लीराम उप्रेती, प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राई, उक्त विश्वोविद्यालयका विभिन्न विभागका प्रमुखहरु, प्रहरी प्रधान कार्यालयस्थित विभिन्न निर्देशनालयका प्रमुखहरु समेतको उपस्थिति रहेको थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies