Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

एक साता बाढी र डुबान खेपेका महोत्तरीवासीलाई खानेपानीको सङ्कट

महोत्तरी । पछिल्लो एक साता बाढी र डुबान खेपेका महोत्तरीवासीलाई खानेपानीको सङ्कट बढेको छ । खानेपानीका मुहान बाढीले धमिलिएपछि यहाँ खानेपानीको सङ्कट बढेको हो ।

सुदूर उत्तरी क्षेत्रको करीब ७० हजार जनसङ्ख्या रहेको बर्दिवास नगरपालिका क्षेत्रमा खानेपानी आपूर्ति गरिने रातु नदी र खोल्सीहरुको पानी बाढीले धमिलिएपछि घरघरमा जडान भएका धारामा लेदो धमिलो पानी झर्ने गरेको छ । पानी धमिलिएपछि अब कसरी खानेपानीको व्यवस्था गर्ने चिन्ताले गृहिणी पिरोलिएका छन् ।

अब खानेपानी कसरी व्यवस्था गर्ने होला ?’, बर्दिवास–२ बुद्धचोककी गृहिणी मञ्जु परियारले दिक्दारिँदै भनिन्, ‘हुनेखाने सम्पन्नता भएका जार र सिल बोतलका पानी ९मिनरल वाटर० ल्याउँछन्, हामी गरीबले अब घाँटी भिजाउन पनि धमिलो पानीकै सहारा लिनुपर्ने भयो ।’

बर्दिवास १, २, ३ र १४ मा खानेपानीको आपूर्ति गर्दै आएको साना शहरी खानेपानी तथा सरसफाइ संस्थाले मुहानमा बाढीले पानी धमिल्याएको हुँदा समस्या भएको स्वीकार गरेको छ । ‘के गरौँ जुन पानी सङ्कलन गरेका छौँ, त्यसको मुहान नै धमिलिएको छ’, संस्थाका अध्यक्ष भोला खड्काले भने, ‘मुहान सङ्ल्याउन प्रयत्न थालिए पनि लगातारको बाढीले पानी धमिल्याएको छ ।’ मुहानमा पानी ल्याउन ओछ्याइएको पाइपको मुखमा छानेर शुद्ध पानी ल्याइने व्यवस्था मिलाइएको भए पनि बाढीले धमिल्याएको पानी नै पाइपमा आएपछि धारामा धमिलो पानी झरेको खड्काको भनाइ छ । अब वर्षा कम भएसँगै नदीको मुहान सङ्लिँदै गएको खड्काले बताए ।

यसबाहेक ४ र ५ वडाको माईस्थान, ८ को हाथीलेट तथा १० र ११ को खयरमारामा पनि खानेपानी सङ्कलन गरिने नदी र खोल्सीका मुहान धमिलिएको हुँदा स्वच्छ खानेपानी आपूर्तिमा समस्या परेको ती बस्तीका खानेपानी उपभोक्ता संस्थाले जनाएका छन् । यसबाहेक इनारबाट खानेपानी आपूर्ति हुँदै आएका बर्दिवास–६ र ७ को किसाननगर, ९ को पशुपतिनगर तथा १२ र १३ को बिजलपुरामा पनि बाढीको लेदो इनारभित्र पस्दा खानेपानीको समस्या परेको बर्दिवास नगरपालिकाका उपप्रमुख कृष्णमाया गौतमले स्वीकार गरे ।

‘बाढी र डुबानको समस्याले खानेपानीमा समस्या आएको छ’, गौतमले भने, ‘तत्काल पानी तताएर निर्मलीकरण गर्न सबैले तत्परता देखाउन प¥यो, हामी यसको निदान खोज्न लागिपरेका छौँ ।’ नगरपालिका कार्यालयले विभिन्न संस्थाको समन्वयमा घरघरमै पानी निर्मलीकरण गर्ने चक्की पु¥याउने तयारी गरेको गौतमको भनाइ छ ।

बर्दिवासका अतिरिक्त गौशाला र भङ्गाहा नगरपालिकामा पनि खानेपानीमा सङ्कट परेको छ । खानेपानीका धारा, इनार र चापाकल खानेपानीका स्रोत रहेका दुवै नगरपालिका क्षेत्रमा अहिले चापाकल चाहिँ बालुवा थुप्रिएर थुनिएका र इनारमा लेदो पसेर पानी धमिल्याएको त्यहाँका स्थानीयवासीले बताएका छन् । गौशाला नगरक्षेत्रमा जडान भएका खानेपानीका धारामा पनि मुहान धमिलिँदा लेदो पानी झर्ने गरेको गौशाला नपाको लक्ष्मीनियाँ बटुवा बस्तीका सूर्यनारायण महतोले बताए ।

जिल्लाका मध्य र दक्षिणी क्षेत्रमा खानेपानीका लागि प्रयोग गरिने चापाकल र आर्टिजिन बोरिङको पानी नधमिलिए पनि धेरैजसो ठाउँमा अझै चापाकल र आर्टिजिन बोरिङको मुख डुबानमै रहेकाले समस्या भएको छ ।

बर्दिवासमा खानेपानीको सङ्कट बढेसँगै खानेपानीका जार र सिल पानीका बोतलको बिक्री ह्वात्तै बढेको छ । स्वास्थ्य सचेतना भएका र पानी किन्न रकम जुटाउन सक्नेले यस्तै पानी किनेर खानपिउन प्रयोग गरेका छन् । पानीको माग बढेसँगै बर्दिवासचोकमा पानीको जारको १०० र एक लिटर पानीको बोतलको ५० रुपैयाँसम्म व्यापारीले लिने गरेका उपभोक्ताको गुनासो छ ।

बाढी र डुबान समस्यासँगै पानीका अतिरिक्त अन्य दैनिक उपभोग्य सामग्रीको मूल्य पनि आकासिएको छ । आपत्विपद्कै बेला गुणस्तरहीन सामान पनि उपभोक्ता लिन बाध्य देखिएका छन् । यस्तो बेला बजार अनुगमनलाई पनि राहत उद्धार कार्यक्रमको अङ्ग नै बनाएर सरकार र सम्बद्ध निकायले काम गर्नपर्ने बुद्धिजीवीले सुझाएका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies