Khabar Dabali Logo
  August 25, Sun

बाढीपहिरो र डुबानबाट प्रभावित क्षेत्रकाे जनजीवन सामान्य बनाउन सेना सक्रिय

काठमाडौं । नेपाली सेनाले बाढीपहिरो र डुबानबाट प्रभावित जनजीवन सामान्य बनाउन विपद् उद्धारका सामग्रीसहित खोज, उद्धार तथा राहत जारी राखेको छ । असार २६ गतेदेखि परेको वर्षाका कारण मुलुकका विभिन्न स्थानमा आएको बाढीपहिरो तथा डुबानबाट प्रभावित जनजीवन सामान्य अवस्थामा ल्याउन सेनाले झण्डै १५ हजार सैनिक खटाएको छ ।

सेनाले बाढीपहिरो प्रभावित क्षेत्रमा जिल्ला विपद् व्यवस्थापन समितिद्वारा वितरण गरिने राहत सामग्री सेनाको हवाई साधनमार्फत सम्बन्धित स्थानमा पुर्याउन सहयोग गर्नाका साथै स्थानीय स्तरमा राहत वितरणमा सहयोग जारी राखेको जनाएको छ ।

यस्तै पहिराका कारण अवरुद्ध विभिन्न राजमार्ग पुनः सञ्चालनमा ल्याउन तथा तटीय क्षेत्रमा तटबन्ध निर्माण, नाला सफाइलगायत कार्य जारी राखिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

खोज, उद्धार र राहतका लागि काठमाडौँमा दुई एमआई १७, एक एएलएच, एक अगुष्टा तथा एक इक्युरेल हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । इटहरीमा एउटा बेल हेलिकप्टर र धनुषामा एउटा एमआई १७ हेलिकप्टर तयारी अवस्थामा राखिएको निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

असार ३१ गते, २०७६ - २१:२३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल प्रहरीमा ४ हजार भर्ना खुल्यो, कुन पदका लागि कति ? (सूचना सहित)

काठमाडौं । नेपाल प्रहरीले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ। ३ हजार आठ सय ३१ जनाको दरखास्त माग...   

संविधान जारी गर्ने बेला कयौं अदृश्य दबाब झेल्नुपर्याेः पुर्व राष्ट्रपति यादव

काठमाडाैं । पुर्व राष्ट्रपति रामवरण यादवले पुर्व राष्ट्रपति यादवले संविधान जारी गर्ने समयमा कयौं...   
‘भन्सार र मालपोतमा मलार्इ पठाइदेउ भन्ने मान्छे पाउन गाह्रो छ’

‘भन्सार र मालपोतमा मलार्इ पठाइदेउ भन्ने मान्छे पाउन गाह्रो छ’

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भन्सार र मालपोतमा मलार्इ पठाइदेउ भन्ने मान्छे पाउन...   

‘बेटी बचाउ, बेटी पढाऔँ’ अभियानलाई उचाइमा पु-याउन मुख्य मन्त्रीकाे अाग्रह

बारा । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी बचाउ, बेटी पढाऔँ’ प्रदेश सरकारको अभियानलाई...   
सिन्धुलीमा खेलकुद रंगशालाकाे शिल्यान्यास

सिन्धुलीमा खेलकुद रंगशालाकाे शिल्यान्यास

सिन्धुली । नेकपा स्थायी कमिटि सदस्य तथा पूर्ब कृषिमन्त्री सिन्धुली जिल्ला प्रतिनिधिसभा क्षेत्र नं...   

रवि र अस्मिता कार्कीको मत बाझियाे

चितवन । न्यायिक हिरासतमा रहेका रवि लामिछाने र अस्मिता कार्कीको मत बाझिएको छ । उनीहरुले दिएको बयानमा...   

हिरासतबाटै रवीको अन्तर्वार्ता : प्रहरी प्रशासनमाथि रविको यस्ताे आक्रोश

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा विगत ८ दिनयता प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी...   

हिरासतमा प्रहरी प्रमुखले भेटे रवी लामिछाने, अनुसन्धानमा सहयोग गर्न आग्रह

काठमाडौं । नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनालले हिरासतमा रहेका रवि लामिछानेलाई भेटेका छन् । शालिकराम...   

दूधको मूल्य चाँडै नै बढाउने तयारी गरेकाे छुः कृषि मन्त्री

हेटौंडा । सङ्घीय सरकारका कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले नेपाली बजारमा अझै दैनिक...   

विप्लव नेकपाद्वारा साेमबार चितवन बन्दकाे घाेषणा

चितवन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले साेमबार चितवन बन्दकाे...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top