Khabar Dabali Logo
  January 18, Sat

नेकपा एकताले पूर्णता पायाे, निष्कर्ष सचिवालय बैठकमा प्रस्तुत हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकताले अाज पूर्णता पाएको छ । मंगलबार अपरान्ह ३ घण्टा चलेकाे अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलपछि पार्टीले पूर्णता पाएको घोषणा गरिएको हो ।

छलफलमा महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादलको समेत सहभागीता रहेको थियो ।

‘एकताको गृहकार्य हार्दिकताका साथ सम्पन्न भएको छ’, बालुवाटारमा शीर्ष नेताको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव पौडेलले भने, ‘गृहकार्यको निष्कर्ष छिट्टै बस्ने सचिवालय बैठकमा प्रस्तुत हुन्छ। निर्णय गरेर कार्यान्वयनमा जान्छ। सम्पूर्ण विषयमा गृहकार्य सकिएको छ।’

एकता प्रक्रिया टुंग्याउन मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताबीच ४ घण्टा लामो छलफल भएको थियो। शीर्ष नेताको सहमतिमा यसअघि नै राजनीतिक प्रतिवेदन पारित गरेर प्रकाशनार्थ पठाइ सकिएको छ। केन्द्रीय निकाय तथा विभाग तथा जनवर्गीय संगठनको कार्यविभाजनका विषयमा पनि गृहकार्य टुंग्याएको महासचिव पौडेलले बताए।

उनले एकताअन्तर्गत सम्पूर्ण नेता कार्यकर्तालाई उपयुक्त जिम्मेवारी प्रदान गरिने निर्णय समेत भएको बताए। यसको विस्तृत विवरण आउँदो सचिवालय बैठकपछि सार्वजनिक गरिने उनको भनाइ छ।

यसअघि ललितपुरमा पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष प्रचण्डले आजै एकता प्रक्रिया टुंगिने बताएका थिए। पार्टी एकताको १४ महिनापछि नेकपाले एकताको मुलभूत काम टुंगाएको हो।

असार ३१ गते, २०७६ - २०:३१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नक्कली लाइसेन्सधारीको अन्त्य नभएसम्म सडक दुर्घना न्यूनिकरण हुन सक्दैन : नेता शर्मा

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले नक्कली लाइसेन्सका...   

केही बर्षमा माडि दुर्गमबाट सुगममा परिणत हुन्छ : अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही बर्षभित्रै माडी...   

विधान नमिच्न सभापति देउवालाई जिल्ला सभापतिको चेतावनी

काठमाडौँ । नेपाली काँग्रेसका असन्तुष्ट पौडेल पक्षका जिल्ला सभापतिहरुले नेतृत्वको कार्यशैली प्रति...   

ईरानको ५२ ठाउँबाट आक्रमण गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानलाई ५२ ठाउँबाट आक्रमण गर्ने चेतावनी दिएका छन्...   

सभामुखबारे नेकपा दुई अध्यक्षबीच जुटेन सहमति, संसद बैठक स्थगित गर्ने तयारी

काठमाडौं । सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपाका दुई अध्यक्षबीच कुरा नमिलेपछि प्रतिनिधिसभाको...   

राष्ट्रपतिलाई राजनीतिबाट टाढा रहन नेकपा नेता रघुजी पन्तको सूझाव

काठमाडौ । नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुजी पन्तले राष्ट्रपति विद्यादेवी भण्डारीलाई...   

प्रदेश सरकारको मुख्य प्राथमिकता कृषि : मुख्यमन्त्री पौडेल

हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशले कृषिलाई सबैभन्दा धेरै महत्व दिएको बताएका...   

प्रधानमन्त्री ओलीलाई प्रमुख प्रतिपक्षी काँग्रेसको प्रश्न : नेपाल ट्रष्टको जग्गा हिनामिनामा किन मौन ?

काठमाडौं । विपक्षी दल नेपाली काँग्रेसका सांसदले नेपाल ट्रष्टको सम्पत्ति हिनामिना गर्ने प्रकरणमा...   

नरिवलको रक्सीले लियो आठ जनाको ज्यान, सयौं अस्पताल भर्ना

एजेन्सी । नरिवलको रक्सी सेवन गर्दा फिलिपिन्समा कम्तीमा आठ जनाको मृत्यु भएको छ । रक्सीकै कारण विरामी...   

चीन र दक्षिण कोरियाका राष्ट्रपति बीच भेटवार्ता

एजेन्सी । चीनका राष्ट्रपति सि चिनफिङले सोमबार दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनसँग भेटवार्ता...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top