Khabar Dabali Logo
  January 19, Sun

उद्धार र राहतमा केन्द्रित हुन मन्त्री यादवको निर्देशन

सिरहा । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल बाढीपीडितको उद्धार र राहतमा केन्द्रित हुन सिरहाका कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।

बाढीबाट प्रभावित क्षेत्रको निरीक्षण गर्न सिरहा आएका मन्त्री यादवले सिरहाको चोहर्वामा जिल्लास्थित कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुखहरुसँगको छलफलका क्रममा यस्तो निर्देशन दिएका हुन् ।

बाढी प्रभावित क्षेत्रका जनता सङ्कटमा रहेकाले तत्काल उद्धार र राहत वितरण गर्नेतर्फ सबै संयन्त्र परिचालन गर्नुपर्ने भन्दै बाढी पीडितको नाममा हुने राहत वितरणको कार्यलाई निष्पक्ष र प्रभावकारी बनाउन मन्त्री यादवले निर्देशन दिए ।

बस्तीभरि अझै बाढी रहेकाले महामारी फैलिन नदिन बाढी प्रभावित क्षेत्रमा चिकित्सकसहितको टोली परिचालन गर्न निर्देशन दिनुहुँदै बाढी पीडित जनतालाई उद्धार र राहतका लागि तीनै तहको सरकारले समन्वय गरी अघि बढ्नुपर्ने बताए । यसअघि मन्त्री यादवले बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका थिए

छलफलमा सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारी, प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदी, सिरहाका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलगायतको सहभागिता रहेको थियो ।

सिरहामा चारको मृत्यु, एक बेपत्ता

केही दिनयताको अविरल वर्षा र बाढीका कारण सिरहामा हालसम्म दुई बालिकासहित चारको मृत्यु भएको छ भने एक जना डुबेर बेपत्ता भएका छन् ।

जिल्ला प्रशासन कार्यालय सिरहाले दिएको जानकारीअनुसार अविरल वर्षाको पानी जमेको खाल्डोमा डुबेर असार २९ गते सिरहाको मिर्चैया नगरपालिका–४ मा स्थानीय सन्तोष साहको ५ वर्षीया छोरी प्रियंका साह र बद्री महतोको ११ वर्षीया रागिनीकुमारी महतोको मृत्यु भएको छ ।

मृत्यु भएका दुई बालिकाका परिवारलाई मिर्चैया नगरपालिकाले किरिया खर्चबापत आर्थिक सहयोग गरेको छ । मृतक दुवै बालिकाका परिवारलाई नगर प्रमुख श्रवण यादवले रु २० हजारका दरले किरिया खर्च वितरण गरे ।

यस्तै सिरहाको नरहा गाउँपालिका–३ चन्द्रगाढास्थित सुमो एजुकेशन एकेडेमी बोडिङ स्कूलमा सुरक्षा गार्डको रुपमा काम गर्दै आएका उदयपुरको बेलस्रोत निवासी ६५ वर्षीय सोभितबहादुर कटुवालको खाल्टोमा डुबेर मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ ।

त्यस्तै सिरहा नगरपालिका–१७ पटेर्वास्थित कमला नदीको बाँध नजिकै पानीमा बालुवाले पुरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । नाम, थर र वतन नखुलेको अन्दाजी ३० वर्षीया महिलाको शव परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यस्तै सिरहा नगरपालिका–१५ सुखचैनामा आएको बाढीमा डुबेर भारत विहार देवरीया घर भई फुपाजु नरेश साहको घरमा आएका १५ वर्षीय बली साह बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको छ ।

कमला नदीको बाढीमा डुबेर बेपत्ता भएका सिरहाको कल्याणपुर नगरपालिका–६ भोक्राहा निवासी ५५ वर्षीय कामेश्वर यादवको भारत जयनगरको कोरियाही भन्ने स्थानबाट सकुशल उद्धार गरिएको छ । कमला नदीमा डुङ्गा चलाउँदै आएका यादव यही असार २८ गते बाढीमा डुबेर बेपत्ता भएका थिए ।

यस्तै अविरल वर्षाका कारण सिरहाको विभिन्न स्थानमा ३५४ घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने दुई हजार ५३८ वटा घरमा आंशिकरुपमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

असार ३१ गते, २०७६ - १५:४० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सामुदायिक विद्यालयलाई सबलीकरण गर्नुपर्छ : शिक्षामन्त्री पोखरेल

गौशाला । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयलाई सबलीकरण गर्न...   

नेपालको पूर्वाधार विकासका लागि मात्र एमसिसी सम्झौता भएको थियो : अध्यक्ष थापा

हेटौँडा । राप्रपाका अध्यक्ष कमल थापाले अमेरिकन सरकारसँग तत्कालीन नेपाल सरकारले राष्ट्रिय सहमतिका...   

साताको शेयर बजार : साढे छ अर्ब माथिको कारोवार, लगानीकर्तामा विश्वास बढ्दै

काठमाडौं । गत साता धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले उकालो यात्रा तय गर्दै नयाँ इतिहास...   
दुई आयोगको पदाधिकारीको नाम सिफारिस, अध्यक्षमा भट्ट र सुवेदी

दुई आयोगको पदाधिकारीको नाम सिफारिस, अध्यक्षमा भट्ट र सुवेदी

काठमाडौँ । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्तिका...   

अमेरिकामा गोली चल्यो, चार जनाको मृत्यु

लस एन्जेलस । अमेरिकामा भएको गोलीकाण्डमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ । उताह राज्यमा शुक्रबार...   
बाक्लो कुहिरोको कारण २५ वटा कार दुर्घटना, दुई जनाको मृत्यु, १० घाइते

बाक्लो कुहिरोको कारण २५ वटा कार दुर्घटना, दुई जनाको मृत्यु, १० घाइते

रुस । रुसमा शुक्रबार एकसाथ २५ ओटा कार दुर्घटनामा परेका छन् । दुर्घटनामा परी कम्तीमा दुई जनाको मृत्यु...   

भलिबल क्लब च्याम्पियनसिप : एपिएफ र आर्मी विजयी

काठमाडौं । पाँचौ संकरणको आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसीपको महिलातर्फ...   
विद्रोहको झण्डा बोक्न आवश्यक छैन : मुख्यमन्त्री पोखरेल

विद्रोहको झण्डा बोक्न आवश्यक छैन : मुख्यमन्त्री पोखरेल

परासी । मुख्यमन्त्री शङ्कर पोखरेलले नेपाली समाजमा अब विद्रोहको झण्डा बोक्न आवश्यक नभएको बताएका छन्...   
आस्था राउतलाई दिपकराज गिरीकाे पत्र – गल्ति तिम्रो फेसबुक लाइभले गर्यो !

आस्था राउतलाई दिपकराज गिरीकाे पत्र – गल्ति तिम्रो फेसबुक लाइभले गर्यो !

काठमाडौ‌। बरिष्ठ कलाकार दिपकराज गिरीले गायिका आस्था राउतलाई फेसबुकमा गरेको लाइभको कारण गल्ती देखिएको...   
राजस्व विभागका महानिर्देशक मैनालीसँगको अन्तर्वार्ता : ‘राजस्व छल्ने साना ठूला कसैलाई छाडिन्न’

राजस्व विभागका महानिर्देशक मैनालीसँगको अन्तर्वार्ता : ‘राजस्व छल्ने साना ठूला कसैलाई छाडिन्न’

काठमाडौं । अर्थ मन्त्रालय मातहत रहेको राजस्व अनुसन्धान विभागलाई वर्तमान सरकार गठन भएपछि प्रधानमन्त्री...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top