Khabar Dabali Logo
  August 25, Sun

खुट्टा ढोग्न निहुरिएकी गर्भवती छोरीमाथि चक्कु प्रहार, शव फुटपाथमा भेटियो

काठमाडौं। भारतको मुम्बईस्थित घाटकोपरक्षेत्रमा दुई दिन अघि भएको २० वर्षे गर्भवती युवतीको हत्याको रहस्य सुल्झिएको छ ।

अनुसन्धानमा पत्ता लागेअनुसार युवतीले परिवारको इच्छाविरुद्ध केही महिनाअघि विवाह गरेकी थिइन् । छोरीले आफूखुशी विवाह गरेपछि क्रुद्ध बनेका पिताले नै छोरीको घाँटी काटेर हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ । प्रहरीले युवतीको रगतले लत्पत्तिएको शव आइतबार बिहान फुटपाथमा भेटेको थियो । आरोपी पितालाई पक्राउ गरिएको छ ।

पुलिसका अनुसार मृतक मिनाक्षी चौरसिया चार महिनाकी गर्भवती थिइन् । शनिबार उनका पिता राजकुमार चौरसियाले छोरीको अनुहार र टाउकोमा चक्कुले थुप्रै पटक हमला गरेर उनको हत्या गरिदिएका थिए ।

प्रहरीलाई उद्धृत गर्दै भारतीय समाचार मध्यमहरूले लेखेका छन्, “मीनाक्षी गत फेब्रुअरीमा मध्यप्रदेशको सतना गएकी थिइन् । त्यहाँ मिनाक्षीले बृजेश नामको युवकसँग अदालती विवाह गरेकी थिइन् जबकी उनका बुवाले उनको विवाह मुम्बईको विरारमा बस्ने एक युवकसँग निश्चित गरिसकेका थिए । यसका लागि पूरा तयारी भइसकेको र निमन्त्रणा कार्ड समेत छपाइसकिएको थियो । तर मीनाक्षीको प्रेम विवाहको कुरा सार्वजनिक भएपछि राजकुमार छोरीसँग रिसाए ।”

खुट्टा ढोग्न निहुरिएकी छोरीमाथि चक्कु प्रहार

सिंहका अनुसार मिनाक्षी वृजेशसँग भागेका कारण र मागी विवाह टुटेका कारण राजकुमार चौरसिया लज्जित थिए । यद्यपि, उनले यस विवाहलाई स्कावीर गर्दै छोरीलाई कहिले पनि गाउँ नजान भने । तर हालै मिनाक्षी गणपति महोत्सवमा भाग लिन गाउँ पुगेपछि भने राजकुमार रिसाकेका थिए । शनिबार बेलुका छोरी र पिताको फोनमा बहस भएको बताइएको छ । त्यसपछि राजकुमारले छोरीलाई भेट्ने इच्छा प्रकट गरेको र भातको क्रममा छोरीले खुट्टा ढोग्न लाग्दा उनका बुवाले उनीमाथि चक्कुले आक्रमण गरेको बताइएको छ । एजेन्सी

असार ३१ गते, २०७६ - १४:५० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनलाइन पत्रकारको छुरा हानी हत्या

मेक्सिको । मेक्सिकोको एउटा समाचार अनलाइनका प्रमुखकको छुरा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ...   

शालिकराम पुडासैनी मृत्यु प्रकरणः प्रहरीले अनुसन्धान फाइल सरकारी वकिललाई बुझायो, अब अगाडिको प्रक्रिया के ?

चितवन । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका टिभी कार्यक्रम...   

आज फेरि सुनको भाउले बनायो अर्को रेकर्ड: तोलाको कति पुग्यो ?

काठमाडौं । साताको पहिलो दिन अर्थात आइतबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । सुन आज तोलामा...   

रवि लामिछानेसहित तीनै जनालाई अदालतमा प्रस्तुत गरिँदै, आज होलान् त रिहा ?

चितवन । टेलिभिजन कार्यक्रमका प्रस्तोता रवि लामिछानेसहित तिनै जनालाई आज पुनः अदालतमा पेश गरिँदैछ ।...   

प्रधानमन्त्री ओलीलाई ‘प्लाज्मा फेरेसिस’ गरिँदै, के हो ‘प्लाज्मा फेरेसिस’ ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्लाज्मा फेरेसिस’ विधिबाट उपचार सुरु भएको छ। उपचारका...   

आज रवि लामिछानेविरुद्ध सरकारी वकिलले अभियोगपत्र दायर गर्दै

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध...   

आज यी स्थानहरुमा चट्याङ्गसहित भारी वर्षाको संभावना, सतर्क रहन आग्रह

काठमाडौं । शुक्रवार देशभर आंशिकदेखि सामान्य बदली रही देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको...   

आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा श्रीमान् पक्राउ

भक्तपुर । आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आफू बिरामी...   

सेनाले सहुलीयतपूर्ण किस्ताबन्दीमा घडेरी उपलब्ध गराउने नीति परिवर्तन गर्यो

काठमाडौं । नेपाली सेनाले सकल दर्जालाई सहुलीयतपूर्ण किस्ताबन्दीमा घडेरी उपलब्ध गराउने नीति परिवर्तन...   
अमेरिकी डलरको भाउ बढ्यो, कति छ अरु विदेशी मुद्राको विनिमयदर ?

अमेरिकी डलरको भाउ बढ्यो, कति छ अरु विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं। शुक्रबार अमेरिकी डलरको भाउ बढेर ११५ रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विदेशी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top