Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

भारतीय कांग्रेसमा भद्रगोल, राहुलले राजीनामा गरेको २ महिनासम्म पनि नयाँ अध्यक्ष चुनिएन

नयाँ दिल्ली । लोकसभा चुनावमा हारभएसँगै राहुल गान्धीले २५ मईमा कांग्रेस कार्यसमिति (सीडब्ल्यूसी)को बैठकमा राजीनामा दिएका थिए । राहुलले राजीनामा दिएको करिब २ महिना पुग्नै लाग्दा पनि सीडब्ल्यूसीको बैठक हुन सकेको छैन् । साथै नयाँ अध्यक्ष पनि चुनिन सकेको छैन् ।

कांग्रेसका वरिष्ठ नेताहरु पटक–पटक गोप्य बैठकसमेत बसेका छन् तर अध्यक्षको चयनको विषयमा एकमत हुन नसकेको भारतीय सञ्चार माध्यमले लेखेका छन् । पार्टीका वरिष्ठ नेताहरुको बैठक पछिल्लो समय केवल कर्नाटकको मुद्दामाथि मात्रै छलफल हुने गरेको बताइएको छ ।

कांग्रेसको विधानअनुसार अध्यक्षको उत्तराधिकारी चुन्नको लागि सीडब्ल्यूसीलाई अधिकार दिइएको छ । कर्नाटकको समस्या सुल्झाएपश्चात मात्रै सीडब्ल्यूसीको लागि अध्यक्ष चुन्ने प्रक्रियामा जान सहज हुनेछ । सञ्चार माध्यमले जनाए अनुसार कांग्रेस वरिष्ठ नेताहरु नै कर्नाटकको मुद्दा सुल्झाउन लागिपरेको कारण पार्टी नेतृत्वको विषयमा छलफल हुन नसकेको हो ।

कैप्टन अमरिंदरको सुझाव : युवा नेतालाई नै अध्यक्ष पद दिनुपर्छ
पार्टी स्रोतलाई उद्धत गर्दै समाचार संस्थाले बताएअनुसार वरिष्ठ नेताका बीच नै सम्भावित अध्यक्ष पदका उम्मेदवारको नाममा विवाद छ । कांग्रेस मुख्य पदाधिकारीको वैठक अध्यक्षको विषयमा छलफल गर्न बोलाईएको थियो तर बैठक कर्नाटको मुद्दामा मात्रै केन्द्रित हुन पुग्यो । सीडब्ल्यूसीका एक सदस्यले राहुलको विकल्प नभएको समेत बाहिर सार्वजनिक गरेका छन् ।

वरिष्ठ नेता कैप्टन अमरिंदर सिंहले राहुललाई नेतृत्व दिनुपर्ने सुझाव दिएका छन् । उनले सार्वजनिक कार्यक्रममा युवा नेतालाई नै नेतृत्वमा लैजानुपर्ने धारणा राख्दै आएका छन् ।

गैर–गान्धीलाई अध्यक्ष बनाउन राहुलको सुझाव
लोकसभा चुनावको नजिता आएसँगै राहुलले सीडब्ल्यूसीको बैठकमा राजीनामा पेश गरेका थिए । उनले आफ्नो फैसला नबदल्ने बताएका थिए । यसपश्चात गान्धीले पत्र नै लेखेर आफ्नो राजीनामा प्रति अडिग रहने बताएका थिए । उनले गैर–गान्धीलाई अध्यक्ष बनाउन पनि सुझाव दिएका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies