काठमाडौं । काठमाडौंमा अहिले ताजा तरकारीको भाउ अकासिएको छ । तराईमा आएको बाढीले तरकारी उत्पादनमा क्षति पुर्याएको र ढुवानी गर्ने बाटो प्रभावित भएकाले काठमाडौंको बजारमा तरकारीको भाउ झन्डै दोब्बर बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - समितिका उपनिर्देशक विनय श्रेष्ठका अनुसार भारी बर्सातपछि तरकारीको भाउमा असर परेको हो । ‘बर्सात बढेपछि आयात नै कम भयो, जसको असर मूल्यमा परेको देखिन्छ,’ उनले भने, ‘सामान्य अवस्थामा कालीमाटी बजारमा दैनिक औसत सात सय टन तरकारी आउँछ । तर, बर्सातका कारण शुक्रबार र शनिबार आयात निकै घटेको छ ।’
शुक्रबार कालीमाटी बजारमा ४ सय ६० टन र शनिबार ५ सय ४० टन तरकारी भित्रिएको छ । तर, आइतबारबाट केही बढेर ८ सय ७३ टन तरकारी भित्रिएको उनले जानकारी दिए । त्यस्तै सोमबार दिउँसो ३ बजेसम्म ६ सय ५० टन तरकारी भित्रिएको र रातिसम्म ८ सय टन तरकारी आउने अनुमान गरिएको उनले बताए ।
९३ प्रतिशतसम्म मूल्यवृद्धि
बजारमा सबैभन्दा बढी चम्सुरको साग र हरियो खुर्सानीको भाउ बढेको छ । एक साताअघि ९२३ असार० ६५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको हरियो खुर्सानी सोमबार कालीमाटी बजारमा औसत १ सय २५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । यो ९२/३१ प्रतिशतको वृद्धिदर हो । त्यस्तै चम्सुरको साग ७५ रुपैयाँ प्रतिकिलोबाट १ सय ४५ रुपैयाँ पुगको छ । यो ९३ प्रतिशत मूल्यवृद्धि हो ।
साताअघि ३५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको बन्दाको मूल्य ५७ प्रतिशतसम्म वृद्धि भएर ५५ रुपैयाँ पुगेको छ । त्यसैगरी, ७५ रुपैयाँ मूल्य रहेको भिन्डीको मूल्य ५३ प्रतिशत बढेर १ सय १५ पुगेको छ । यी सबै तरकारी आन्तरिक उत्पादन भएको कालीमाटी बजारले जनाएको छ ।
सर्लाहीको लालबन्दीबाट आउने सिमी, फर्सी, लौका, काँक्रोलगायतको मूल्य पनि अकासिएको छ । हाल काठमाडौं उपत्यकाआसपासका जिल्ला काभ्रे, धादिङ, नुवाकोट, मकवानपुरको उत्पादन धेरै आइरहेको व्यवसायीले जानकारी दिएका छन् ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: