Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

यी हुन् हाम्रो तराई डुवानमा पर्ने कारण

काठमाडौं । भारतको जमिन पश्चिम अग्लो र पूर्व होचो छ । जमिनको बनोटका कारण पानी पूर्वतिर बगेको छ । पश्चिम सुख्खा भएकोले सिंचाइको विशेष योजना अन्तर्गत भारतले वृहत् नदी जडान योजनामार्फत् पूरा गर्दैछ । यो योजना पूरा हुनु र नहुनुमा ७० प्रतिशत नेपालको पानीमा निर्भर रहन्छ । यसकारण यो वृहत योजना लागू गर्नुभन्दा अघि नेपालको स्वीकृति लिनुपर्ने बाध्यता छ तर भारतले नेपालसँग स्वीकृति लिन जरूरी ठानेको छैन ।

नेपालका ठुला नदीहरु जस्तै मेची, कोसी, नारायणी, कार्णाली र महाकाली जो हिमालय पर्वत शृङ्खलाबाट बगेका छन् को पानी १२,५०० किमि लामो नहरमार्फत् पश्चिम हुँदै दक्षिण पैयाकावेरीसम्म पुर्याउने योजना अघिल्लो शताब्दीको ८० को दशकबाट सुरू गरेको छ ।

यो योजनाबाट भारतले पहिलो लक्ष्य, ५९८ जिल्लामध्ये १०१ जिल्लाको ३ लाख ४० हजार हेक्टर भूमि सिंचाइ गर्ने राखेको छ । दोस्रो लक्ष्य, ८३ वटा जिल्ला बाढीबाट प्रभावित छन् । बाँध र नहर बनेपछि बाढी नियन्त्रण हुन्छ र यसबाट हजारौ हेक्टर जमिन खेतीयोग्य हुनेछ । तेस्रो, सन् २०५० सम्ममा भारतको जनसङ्ख्या १ अरब ६५ करोड पुग्ने अनुमान गरिएको छ ।

यो जनसङ्ख्यालाई प्रयाप्त खाद्यान्न पु-याउनका लागि पनि नदी जडान योजना सुरू गरेको हो । चौथो, नदी जडान योजनाले ३४ हजार मेगावाट थप विद्युत् उत्पादन गर्नेछ । पाँचौ लक्ष्य, यस वृहत् योजनाले ३ करोड ७० लाख प्रतिवर्ष नयाँ रोजगारी सिर्जना गर्नेछ ।

हिमालबाट आएका नदीको पानी सिधै दक्षिण लगेपछि नेपालसँग सिमाना जोडिएका प्रदेशहरु मुख्यतः उत्तरप्रदेश, बिहार र पश्चिम बङ्गालमा पानी आपूर्ति गर्नको लागि सीमा क्षेत्रमा बाँध बाँध्ने प्रक्रिया पनि भारतले सुरू गरेको छ । जसको कारण वर्षा सिजनमा नेपालको तराई क्षेत्र वर्षेनी डुवानमा पर्दै आएको छ ।

महाभारत र चुरेबाट निस्केका नदी र खोलाहरुको पानी एवम् वर्षातमा परेको पानीसमेत सीमा क्षेत्रमा ५४ वटा बाँध बाँधेर पानी जम्मा गर्ने र आवश्यकतामा प्रयोग गर्ने उद्देश्य भारतले राखेको छ । यसअन्तर्गत भारतले ११ वटा बाँध निर्माण गरिसकेको छ भने अरु बन्ने प्रक्रियामा छन् जसलाई भारतले सामान्य सडक निर्माण भनेर झुट बताइरहेको छ ।

कैलालीमा कैलाशपुरी बाँध सीमाभन्दा निकै तल भए पनि मोहना र कर्णाली नदी थुनिदा नेपालको भजनी, सती र राजापुर सबै डुब्नेछ । बर्दियाका सबै नदी, खोला र नालाहरुलाई थुन्नेगरी गोफिया बाँध बनाएको छ । बाँकेमा राप्ती लगायत अरु खोलानाला थुन्नेगरी २२ किमि लामो लक्ष्मणपुर बाँध बनाएको छ ।

दाङमा जलकुन्डी र कोइलाबास गरी दुईवटा बाँध बनाएको छ । कपिलबस्तुमा महिलीसागर बाँध, रुपन्देहीमा १२ किमि लामो रसियावालदेखि खुर्दलोटनसम्म एउटा र अर्को ३ किमि लामो डन्डा–फरेना बाँध बनाएको छ । डन्डा, तिनाउ र दानउ नदीको पानी थुनिँदा रुपन्देहीमा मात्र १० हजार हेक्टरको तलाउ बन्नेछ ।

नवलपरासीमा ३ किमि लामो बाँध बनेको छ । वर्षेनी गौर बजार डुवानमा पार्ने गरी बागमतीलाई थुनेर बाँध बनाएको छ भने लालवकैया थुन्नको लागि बाँध बनाउने प्रक्रिया सुरू गर्दैछ । त्यसैगरी सिराहामा हर्कटा बाँध र सप्तरी राजविराजमा लुना–कलौनी बाँध बन्दैछ । यो बाँध बनेपछि सिराहमा ११ वटा र सप्तरीमा १२ वटा हिजोका गाविसहरु डुवानमा पर्नेछन् ।

यी सबै बाँधको उचाइ २० देखि ३० मिटरसम्म हुनेछ तर अहिले भारतले ४–५ मिटर उचाई मात्र भनिरहेको छ । यसरी सीमा क्षेत्रमा ३० मिटर अग्ला ५४ वटा बाँध पूर्व पश्चिम बनाउँदा नेपालको तराई वाह्रै महिना पानीको ताल बन्नेछ भने चुरेको फेदी सिम्सार बन्नेछ । यस्तो समस्याका सकारण भारतको बाँध निर्माण प्रक्रिया हाम्रो भूमि र भबिष्यको खतरा भएकोले बेलैमा यसप्रति सचेत भएर रोक्ने प्रयत्न गर्न जरुरी छ ।

(यो लेख लेखक लेखनाथ न्यौपानेको पुस्तक ‘संघर्षको इतिहास’बाट साभार गरिएको हो)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies