Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

संसद स्थगन प्रति कांग्रेसको आपत्ति, विपद व्यवस्थापनमा सरकार उदासिन देखियो (विज्ञप्तीसहित)

काठमाडौं । शुक्रबारको संसद वैठक सूचना टाँस गरि स्थगित गरिएको बारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस संसदीय दलले एक प्रेस विज्ञप्ती जारी गर्दै सत्तापक्षको व्यवहार अत्यन्तै असंवेदनशिल, अनुत्तरदायी र असहिष्णुण खालको भएको भन्दै खेद व्यक्त गरेको छ ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘विपदका बेला सबै शक्ति एकजुट भई विपदको सामना गर्न, जनतालाई विश्वास र भरोषा दिलाउँन, विपदबाट उद्धार, राहत र पुनस्र्थापनामा जुट्नुपर्नेमा सरकार संसदको सामना गर्न नै तयार नहुनु दुःखद कुरा हो । नेपाली कांग्रेस सरकारको यस्तो असंवेदनशिल, अनुत्तरदायी र असहिष्णुता कार्य प्रति खेद प्रकट गर्दछ ।’

शुक्रबार विपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रतिनिधिसभामा ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ दर्ता गरेका थिए । कांग्रेसका मिनेन्द्र रिजाल र पुष्पा भुसाल तथा राजपाका राजकिशोर यादवले संसदमा बाढी, पहिरो र डुवानबारे छलफल गर्न र पूर्व निर्धारित कार्यक्रम स्थगित गर्न माग गरेका थिए ।

विपक्षीको प्रस्तावमाथि छलफल नै नगरी सभामुखले सूचना टाँस गरि संसद वैठक स्थगित गराएका थिए । संसद वैठक आगामी साउन ८ सम्मको लागि स्थगित भएको छ ।

स्मरण रहोस्, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले सर्लाही घटनाबारे संसदीय समिति बनाउन माग गर्दै केहि समयदेखि निरन्तर संसद अवरुद्ध गर्दै आएका छन् । सरकारले विधिको शासन पद्धति र मानवअधिकारको उल्लंघन गरेको भन्दै विपक्षीले सदनमा विरोध गर्दै आएका छन् ।

बाढी प्रभावितलाई कांग्रेस सांसदको ५ दिनको तलब
नेपाली कांग्रेसका संघीय सदनमा प्रतिनिधित्व गर्ने सांसदहरुले पाँच दिनको तलब बाढि, पहिरो र डुबान प्रभावितहरुलाई दिने भएका छन् । शुक्रबार कांग्रेस संसदीय दलले पीडितहरुलाई राहत स्वरुप ५ दिनको तलब सहयोग गर्ने निर्णय गरेको हो ।

यस्ताे छ विज्ञप्ती

सम्बन्धित समाचारहरू

कांग्रेस र राजपाद्वारा संसद सचिवालयमा स्थगन प्रस्ताव दर्ता, बाढीबारे छलफल गर्न माग

संसद बैठक स्थगित, कांग्रेस र राजपाको प्रस्ताव अस्वीकृत

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies