Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

विपद व्यवस्थापन कार्यमा एकिकृत रुपमा लाग्न मुख्यमन्त्री शाहीको निर्देशन

वाढीपहिरोमा परि ज्यान गुमाउने मृतकका परिवारलाई एक लाख राहत
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले प्रभावकारी रुपमा विपद व्यवस्थापनका कार्यमा लाग्न निर्देशन दिएका छन् । कर्णाली प्रदेश विपद व्यवस्थापन परिषदको सोमवार सम्पन्न वैठकमा वोल्दै मुख्यमन्त्री शाहीले फरक फरक प्रदेशमा फरक फरक विशेषताको विपदको समस्या रहेको वताए । उनले कर्णाली प्रदेशको सापेक्षता अनुसारको विपद प्रतिकार्य योजनाको आवश्यक रहेको बताए ।

मुख्यमन्त्री शाहीले वर्षायामको शुरु संगै विपदका घटनाहरु बढिरहेको वताउदै सरकारका सवै संयन्त्र एकिकृत रुपमा उद्धार तथा व्यवस्थापनका कार्यमा लाग्नुपर्ने बतााए । विपद प्रभावितहरुको तत्काल उद्धार, उपचार, आवास तथा खाद्यान्नको प्रवन्धका लागि सवै निकाय एकिकृत रुपमा परिचालन हुनुपर्ने मुख्यमन्त्री शाहीको भनाई छ ।

मुख्यमन्त्री शाहीले सरकारको तर्फवाट उद्धार तथा विपद व्यवस्थापनको कार्यमा कुनै पनि समस्या आउन नदिने प्रतिवद्धता व्यक्त गर्दै त्यसको लागि उद्धार तथा अन्य सामाग्रीको अभाव भएमा तत्काल सरकारलाई जानकारी दिन आग्रह गरे ।

उद्धारका लागि तिनवटै सुरक्षा निकायको टोलीलाई युनिफाईड कमाण्डमा परिचालन गरिएमा प्रभावकारी हुने वताउदै मुख्यमन्त्री शाहीले त्यस्तो व्यवस्था गर्न सुरक्षा निकायलाई आग्रह गरे ।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश भित्रका कुनै पनि मुख्य राजमार्ग वाढीपहिरोका कारण अवरोध उत्पन्न हुन नदिन निर्देशन गरेका छन् । उनँले राप्ती लोकमार्ग, कर्णाली लोकमार्ग तथा जाजरकोट डोल्पा सडकमा डोजर सहितको टोलीलाई ४० किलोमीटरको दुरीमा क्याम्प खडा गरेर वस्ने व्यवस्था मिलाउन भौतिक पुर्वाधार मन्त्रालयलाई निर्देशन गरेका छन् । बाढीपहिरोका कारण आवागमण रोकीनु हुदैन, वाढीपहिरोको समस्या आउने वित्तिकै सुचारु हुनुपर्छ – मुख्यमन्त्री शाहीले बताए ।

त्यसैगरि कर्णालीका दुर्गम जिल्लामा उद्धारकार्यलाई प्रभावकारी वनाउन सुर्खेतमा एउटा हेलीकोप्टर तयारी अवस्थामा रहने व्यवस्था गर्न पनि उहाँले निर्देशन गरेका छन् ।

डोल्पा लगायतका जिल्लामा वाढीपहिरोमा परि ज्यान गुमाएका मृतकका परिवारलाई प्रति परिवार १ लाख रुपैया राहात दिने पनि प्रदेश विपद व्यवस्थापन परिषदले निर्णय गरेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies