Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

बागलुङको यी २८ वडा विपद्को उच्च जोखिममा

बागलुङ । जिल्लाका विभिन्न स्थानीय तहका २८ वडा प्राकृतिक विपद्को उच्च जोखिममा छन् । ती मध्ये २४ मध्यम र आठ वडामा विपद्को जोखिम न्यून छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले बनाएको मनसुन आपत्कालीन कार्ययोजनामा जोखिमयुक्त स्थान किटान गरिएको छ । विगतको बाढीपहिरोको प्रवृत्ति, स्थानीय तहको प्रतिवेदन र स्थलगत अध्ययनका आधारमा जोखिमको अवस्था निक्र्यौल गरिएको हो ।

पहाडी तथा भिरालो भू–बनोटका कारण अधिकांश क्षेत्रमा पहिरोको बढी जोखिम छ । यस्तै खोला र तटीय क्षेत्रमा बाढीको खतरा देखिन्छ । समितिका अनुसार गलकोट नगरपालिका–१ दुदिलाभाटी, १० पाण्डवखानी, काठेखोला गाउँपालिका–१, २, ४, ५, ६ र ७ बागलुङ नगरपालिका–८ सिगाना, १० भकुण्डे, ११ रायडाँडा, १२ अमलाचौर पहिरोको उच्च जोखिममा छ ।

ताराखोला गाउँपालिका–४ र ५, जैमिनी नगरपालिका–२, ३ दमेक, ४ सर्कुवा, ७ जैदी, ८ छिस्ती, बरेङ गाउँपालिका–१ धुल्लुबास्कोट, निसीखोला गाउँपालिका–७ राजकुत, बडिगाड गाउँपालिका–१, २, ५, ६, ७, ८ र ढोरपाटन नगरपालिका–४ खुङ्गामा पहिरोको उच्च जोखिम छ ।

यस्तै ढोरपाटन नगरपालिका–५, ६, ७, ८, ९, गलकोट नगरपालिका–३ र ४, तमानखोला गाउँपालिका–५ र ६ लगायतका २४ वडा पहिरोको मध्यम जोखिममा छन् । बागलुङ नगरपालिका–१४ नारायणस्थान, काठेखोला गाउँपालिका–८ लेखानीलगायतका आठ वडामा पहिरोको जोखिम न्यून देखिएको छ ।

बडिगाड, दरमखोला, काठेखोला, ठेउलेखोला, निसी, भुजी, तमानखोलालगायत कालीगण्डकी नदीको तटीय क्षेत्रमा पनि बाढीपहिरोको उच्च जोखिम आँकलन गरिएको छ । २५ भन्दा बढी स्थान नदी र खोलाबाट प्रभावित रहेका छन् । बर्सातमा हुनसक्ने सम्भावित विपद्का घटना न्यूनीकरण र व्यवस्थानका लागि मनसुन पूर्वतयारी कार्ययोजना बनाएर काम थालिएको समितिका अध्यक्ष एवं प्रजिअ लुकबहादुर क्षत्रीले बताए ।

“कामना गरौँ जिल्लामा कुनै प्राकृतिक प्रकोपका घटना नहोऊन्”, उनले भने, “यदि भइहाले पनि जोखिम न्यूनीकरण तथा उद्धारका लागि हामी २४ सै घण्टा तयारी हालतमा छौँ ।” खोज र उद्धारमा खटिने जनशक्ति र उपकरणसमेत तयारी अवस्थामा राखिएको उनको भनाइ थियो ।

सम्भावित विपद् न्यूनीकरण, उद्धार, राहत तथा पुनस्र्थापनका सम्बन्धित पक्ष र निकायलाई सतर्कता अपनाउन समितिले अनुरोध गरेको छ । प्राकृतिक प्रकोपका घटना हुँदा तत्काल उद्धारका लागि जनशक्ति र उपकरण तयारी अवस्थामा राखिएको यहाँ रहेको विपद् व्यवस्थापन गुल्मका प्रमुख मुकुन्दराज खरेलले बताए । उनका अनुसार उद्धारमा चाहिने अपुग उपकरण तथा सामग्री सम्बन्धित निकायमा माग गरिएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies