Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

जीपीएस प्रणाली जडान भएका बसमा कसरी हुन्छ यात्रा सहज

यात्रु ओसारपसार गर्ने सार्वजनिक सवारीसाधनमा विकृति भएको र गु‍णस्तरीय सेवा नपाइएको गुनासो सर्वसाधारणले गर्ने गरेका छन्।

तर देशको सङ्घीय राजधानी तथा एक नम्बर प्रदेशका धेरै यात्रुबसले हिजोआझ नयाँ किसिमका सेवा दिन थालेको भनेर प्रशंसा हुन थालेको छ।

नयाँ यात्रुबसमा जडान गरिएका नयाँ प्रविधिले यात्रा सहज भएको धेरै सर्वसाधारणको भनाइ छ।

त्यस्तो सुविधा दिने बसहरू लामो तथा छोटो दुरीमा चलिरहेका छन्।

श्रव्यदृश्य बोर्ड
केही दिनअघि झापाको काँकरभिट्टाबाट विराटनगरका लागि हिँडेको एउटा यात्रुबसले झापाको सुरुङ्गा पुगेपछि त्यहाँ ओर्लिने यात्रुलाई सजग गरायो।

प्रायः यात्रुले देख्ने ठाउँमा राखिएको उक्त बोर्डमा झापा सुरुङ्गा भनेर लेखिएको देखिन्थ्यो भने आवाज आउँदै थियो,
सुरुङ्गामा तपाईंलाई स्वागत छ‘।।

त्यसपछि अर्को रोक्ने स्थान माईधार आइपुग्दा पनि बोर्डले सङ्केत दियो।

सार्वजनिक महत्त्वका सूचना पनि उक्त बोर्डमार्फत् बजाउने गरिन्छ।

झापाको बिर्तामोडबाट मोरङको उर्लाबारीसम्म यात्रामा रहेकी यात्रु लक्ष्मी रिजालले उक्त बोर्डमार्फत् गरिने सूचनाले यात्रुलाई स्थानबारे सजग गराउने बताइन्।

उनले भनिन्, यो त राम्रो हो। धरान तथा विराटनगर जाने यात्रुका लागि पनि कुन ठाउँ आइपुगियो भन्ने जानकारी हुन्छ।

बोर्डले यात्रुको ध्यान तान्यो
बसहरूमा दिइएका अन्य सुविधाभन्दा त्यही श्रव्यदृश्य सूचना दिने बोर्डले प्रायः यात्रुको ध्यान तान्ने गरेको छ।

सोमवार मोरङको उर्लाबारीबाट झापाको काँकरभिट्टासम्म त्यस्तै सुविधा भएको बसमा यात्रा गरिरहेकी गीता प्याकुरेलले भनिन्, आजको यात्रामा सूचनाको बोर्ड सुन्दै आएँ, आनन्द आयो।

विशेषगरी नयाँ स्थानमा यात्रा गरिरहेका मानिसका लागि यो सेवा अत्यन्तै फाइदाजनक ठान्छिन् काँकरभिट्टाकी मेनुका कार्की।

उनले भनिन्, अग्रिम सूचना पाएपछि यात्रुलाई ओर्लिन सजिलो हुन्छ।

जीपीएसबाट सञ्चालित

नयाँ बसहरूमा सूचनाप्रविधिको सुविधा ग्लोबल पोजिशनिङ सिस्टम जीपीएसका उपकरण जडान गरिएको छ।

अहिलेसम्म काठमाण्डूका कम्तीमा आठ सय र प्रदेश नं १ का झन्डै तीन सय बसमा यो प्रणाली हालिएको विज्ञहरूले बताएका छन्।

उक्त प्रणालीका उत्पादक लक्ष्मण रिमालका अनुसार उनको कम्पनीले मात्र काठमाण्डू उपत्यकामा झन्डै छ सय बसमा जीपीएसयुक्त उपकरण जडान गरिसकेको छ।

उनले भने, कुन बस कतिबेला आउँदैछ भन्ने यात्रुले आफ्नो मोबाइल फोनमा भएको एप्लिकेशनबाट थाहा पाउँछन्। बसमा चढिसकेपछि कुन ठाउँमा ओर्लिने भन्ने कुरा थाह पाएपछि यात्रुलाई अझ सहज भइहाल्यो।

कतिपय कम्पनीहरूले उक्त प्रणाली जडान गरेबापत यात्रुबस कम्पनीहरूलाई लागत खर्च तिर्न लगाउँदैनन्। त्यसको साटो उनीहरूले बसमा विज्ञापनका बोर्डहरू राख्ने गरेका छन्।
सीसीटीभी र भाडादर बोर्ड

सार्वजनिक सवारीसाधनमा चोरीका घटना बढ्दै जाँदा अहिले नयाँ बसमा सीसीटीभी क्यामरा जडान गर्न थालिएको छ।

यसबाट पाकेट मार्ने धेरैलाई पक्रेर कारबाही गरिएको ट्राफिक प्रहरीका अधिकारीहरू बताउँछन्।

सीसीटीभी दृश्यका आधारमा पाकेटमाराहरू कारबाहीमा पर्ने गरेका उनीहरू बताउँछन्।

यात्रु र गाडीका कर्मचारीबीच भाडाका विषयमा बारम्बार हुने गरेको किचलो पनि भाडादर सबै यात्रु देख्नेगरी राखिदिएका कारण कम हुँदै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक होम अधिकारीले बताए।

उनले भने,यातायातका संस्थाहरू कम्पनीमा जान थालेपछि नयाँ गाडी किन्ने, ती गाडीमा नयाँ प्रविधि जडान गर्ने प्रतिस्पर्धा नै चलेको छ।

तर बाटो साँघुरो भएकाले अत्यधिक गतिमा गुड्ने त्यस्ता सवारी साधनहरूको गति नियन्त्रण गरिनुपर्नेमा धेरै मानिसले जोड दिने गरेका छन्। बीबीसी

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies