Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

जब तपाईको दाम्पत्य जीवनबाट रोमान्स हराउँदै जान्छ !

जुन कुरा पनि समय बित्दै जाँदा पुरानो, महत्वहीन् अथवा बासी हुन थाल्छ । जीवन पनि एकै प्रकारको दैनिकी, एकै किसिमको धारमा चलिरहेको छ भने यही जीवनबाट जो-कोहि पनि दिक्क हुनसक्छ । यहि कुरा सम्बन्धमा पनि लागु हुन्छ ।

सम्बन्ध पनि बिस्तारै-बिस्तारै दैनिकी जस्तै बन्न थाल्छ । केही समयपछि सम्बन्धमा पहिलाको जस्तो उर्जा र आकर्षण हुँदैन । तर सम्बन्धमा उर्जा र आकर्षण भैरहनु अति नै महत्वपूर्ण छ । त्यसैले जसरी हामी पुराना सर(सामानलाई पालिश गरेर नयाँ बनाउँछौं, टल्काउँछौ, त्यसैगरि हाम्रो सम्बन्धलाई पनि समय समयमा पोलिश गर्नु आवश्यक छ । समय(समयमा गरिने पोलिशले सम्बन्धमा चमक र उर्जा यथावत रहन्छ ।
केही नयाँ गर्नु पर्छ

जब तपाईलाई आफ्नो सम्बन्ध एउटा दैनिकी जस्तो बन्न थालेको अनुभव हुन्छ, त्यही बेला केही त्यस्तो नौलो काम गर्नुहोस्, जसले अरुलाई हामीले त यो बारेमा सोचेकै थिएनौं भन्ने अनुभव होस् । यसो गर्दा तपाईंको सम्बन्धमा केही नयाँपन आउँछ । त्यस्तो नयाँपन तपाईं कुनै पनि तरिकाबाट ल्याउन सक्नुहुन्छ । तपाईंको नराम्रो बानी हटाएर अथवा कुनै सरप्राइजको माध्यमबाट आफ्नो पार्टनरलाई खुशी दिन सक्नु हुन्छ ताकी उसलाई पनि आफ्नोलागि केहि गरेको महसुस होस् ।

रोमान्टिक लाईफ रिक्रिएट गर्नुपर्छ

समय बित्दै जाँदा हरेक व्यक्तिको व्यवहार पनि बढ्दै जान्छ । त्यस्तो अवस्थामा जीवनबाट रोमान्स लगभग हराउँदै जान्छ । रोमान्सको ठाउँ जिम्मेवारीले लिन थाल्छ । तर तपाईले आफ्नो जीवनबाट रोमान्सलाई हराउन दिनु हुँदैन ।

रोमान्सको लागि केवल भावना भए पुग्छ । महंगो उपहार दिने अथवा अन्य कुनै क्रियाकलापको आवश्यक पर्दैन । आफ्नो साथीलाई समय समयमा आफुले कति माया गर्छु भन्ने कुरा महसुस गराउन सक्नु हुन्छ । कहिलेकाहीँ मायालु बोलीसहित फोन गरेर त कहिले प्रेमका दुई-चार अक्षरका म्यासेजस गरेर अनि कहिलेकाहिं अफिसबाट घर छिट्टै आएर पनि तपाईंले सरप्राइज दिन सक्नु हुन्छ ।

त्यस्तै कहिलेकाहिं बाहिर डिनर गएर अथवा फिल्म हेर्न लगेर पनि तपाइर्ंले आफ्नो जीवनलाई रोमान्टिक बनाउन सक्नु हुन्छ । कहिलेकाहिं आफ्नो साथीलाई मन पर्ने खाना बनाएर पनि रोमान्टिक बन्न र बनाउन सक्नुहुन्छ । यी सबै कुरा नै गर्नु पर्छ भन्ने छैन, कम्तिमा एउटा अथवा दुई वटा कुरा गरेर हेर्नुस्, तपाईंको वैवाहिक जीवनमा सुखद परिवर्तन आउने छ ।

मनको कुरा व्यक्त गर्न गाह्रो मान्नु हुँदैन

यदि कुनै कुराले तपाईलाई समस्या दिएको छ अथवा आफ्नो जीवनसाथीको बारेमा केहि फरक महसुष गर्नु भएको छ भने यो कुरा आफ्नो जीवनसाथीलाई बताउनु पर्छ । मनमा भएको कुरालाई भन्नु बुद्धिमानी हुन्छ । यसले सम्बन्धलाई बलियो बनाउन सहयोग गर्छ । मनमा कुरा राख्दा कुरामात्र होइन समस्या पनि झन्(झन बढ्दै जान्छ ।

हरेक कुरा शेयर गर्नुहोस्

आफ्नो दुःख, सुख, आफ्नो प्राप्ति, प्रयास आदि हरेक कुरा शेयर गर्नु पर्छ । सम्बन्धमा शेयरिङ अति नै आवश्यक छ । यसले एक-अर्काप्रतिको प्रेम र विश्वास अझै बढ्दै जान्छ ।

सल्लाह पनि लिनुपर्छ

आफुलाई सबै भन्दा स्मार्ट छु भन्ने सोच्नु गलत हो । आफ्नो पार्टनरसंग सल्लाह लिनु पर्छ । यदि सल्लाह सहि छ भने त्यसलाई अमल पनि गर्नुहोस् । यसले तपाईको पार्टनरलाई तपाइर्ंले उसलाई कति महत्व दिनुहुन्छ भन्ने कुराको अनुभव हुन्छ । यसले तपाईको सम्बन्धमा अपनत्व अझ बढाउँछ ।

सहयोग गर्ने र जिम्मेबारी बाँड्नुहोस्

दुबैले एक-अर्काको काममा सहयोग गर्नु पर्छ । यसले काम हल्का हुन्छ र जिम्मेवारीहरु पनि कम हुन्छ । सधैं कुराकानी गरेर जिम्मेबारी बाँडफाँड गर्नु पर्छ ।

पार्टनरलाई दुःखी बनाउनु हुन्न

यदि तपाईंको कुनै कुराले पार्टनरलाई दुःख लाग्छ भने बिर्सिएर पनि त्यो कुरा गर्नु हुँदैन । यदि थाहा नपाई त्यस्ता केही कुरा भैहालेमा माफी माग्नु पर्छ र भविष्यमा त्यस्तो गल्ति नदोहोरिने बचन पनि दिनु पर्छ । तपाईंको लागि सामान्य लाग्ने कुरा पार्टनरको लागि मनमा गड्ने हुनसक्छ । त्यसैले आफुले बोल्दा अथवा व्यवहार गर्दा यी कुराहरुमा ध्यान दिनु आवश्यक छ ।

नराम्रो बानी हटाउनु पर्छ

तपाई धुम्रपान गर्नु हुन्छ र तपाईंकी श्रीमतीलाई मन पर्दैन । तपाईंकी श्रीमतीको धेरै खर्च गर्ने बानी छ भने एक-अर्कासँग आफ्नो नराम्रो बानी त्याग्ने च्यालेन्ज गर्नुहोस् । यसले तपाईंको पार्टनर त खुशी हुन्छ नै साथमा तपाईको नराम्रो बानी पनि हट्छ ।

फिटनेसलाई वेवास्ता गर्नु हुँदैन

कुनै पनि सम्बन्धमा फिटनेसको धेरै महत्व हुन्छ । यसले तपाई स्वस्थ त हुनु नै हुन्छ, यसले तपाईको सम्बन्धलाई पनि हेल्दी बनाउँछ । एक अर्काको लागि फिटनेस च्यालेन्ज गर्नुहोस्, संंगै हिँड्ने, कुुद्ने र व्यायाम गर्नुहोस् । यसो गर्दा तपाईं एक(अर्कासँग समय पनि साथै बिताउन सक्नु हुन्छ ।

बेवास्ता पनि गर्नुपर्छ

हामी सबैको सोचाई एकै प्रकारको हुँदैन । तपाईलाई आफ्नो पार्टनरको सबै कुरा मन नपर्न सक्छ । बारम्बार त्यो कुरामा कराइरहनु भन्दा त्यो कुरालाई वेवास्ता गर्नुहोस् अथवा मायालु तरिकाले सम्झाउनु होस् । सम्बन्ध प्रगाढ बनाउनका लागि कुनै(कुनै कुरालाई बेवास्ता गर्न अथवा सम्झौता गर्नु आवश्यक छ । पार्टनरलाई अलग व्यक्तित्वको झैं सम्मान दिनुहोस् । उसलाई आफु जस्तो बनाउने कोशिसले निराश हुन सक्नुहुन्छ ।

सेक्स लाइफलाई उर्जाशील बनाउनु पर्छ ।

तपाईको सेक्स लाईफले पनि तपाईको सम्बन्धमा महत्वपुर्ण भुमिका खेलेको हुन्छ । आफ्ना सर(सफाईदेखि पार्टनरको आवश्यकतालाई पनि ध्यान दिनुहोस् । सेक्सलाई एउटा कामको रुपमा लिनु हुँदैन । यसलाई सुन्दर बनाउनका लागि बेडरुम फरक तरिकाले सजाउने, मीठा(मीठा कुरा गर्ने आदिले तपाईको सेक्स लाईफमा केही न केही सुखद परिवर्तन अवश्यक आउँछ । अनलाइनखबर

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies