Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

किन बगाए किसानले दुधकाे खाेलाे ?

काभ्रे। जिल्लाको बेथानचोक गाउँपालिकाका किसानले दुध खोलामा बगाएका छन् । असार २५ देखी २८ गते सम्म त्यस क्षेत्रमा परेको अविरल बर्षाका कारण सडक देखी गोरेटोबाटोसम्म पहिरोले अबरुद्ध पारेर बजारसम्म लैजान नसकेपछि किसानबाट संकलित दूध ढुङखर्कको पाट्नेखोलामा बगाएका हुन् ।

बेथानचोक गाउँपालिका–३ का स्थानीय कमल नेपालले किसानबाट सङ्कलित दूध बजार लैजान नसकेपछि खोलामा बगाएको फोन मार्फत जानकारी दिए । मुख्य सडकमा पहिरो नै पहिरो छ, मानिस हिड्ने गरेको गोरेटोबाटो पनि पहिरोका कारण हिड्न सक्ने अवस्था नभएपछि स्थानीय चेतनाथ तिमल्सिनाले किसानबाट संकलित दूध खोलामा बगाएको नेपालले जानकारी दिए। नेपालका अनुसार यहाँ अझै पनि सडक सञ्चालनमा आउन सकेको छैनन् ।

बेथानचोक गाउँपालिकाका–१ का हिरामणि सापकोटाले बजार पुर्याउनै नसकिएपछि खुवा समेत घोट्न छाडेको बताउनुभयो । किसानबाट संकलन गरेर खुवा घट्दै आएको उनले पनौतीसम्म बोकेर लैजाने भरिया नभएपछि केही दिनका लागि दूध संकलन नगरेको बताए । तर किसानहरुले भने दैनिक धेरै दूध भएकाले राख्ने ठाउँ नै नभएको गुनासो गरेका छन् । बेथानचोकका प्रत्येक घरले कम्तीमा पनि दैनिक १० देखि ६० लिटरसम्म दूध बेच्दै आएका छन् । एक दिनको दूधले नै सबै भाँडाकुँडा भरिन्छ अनी कसरी राख्नु । दही घिउ बनाउन पनि भाँडाकुँडा नभएकाले समस्यामा परेको स्थानीयको भनाई छ ।

बेथानचोक गाउँपालिकाको च्याम्राङबेशी, ढुङखर्क, च्यासिङखर्क, चलालगणेस्थान र महाकालचौर भुग्देउका अधिकांश स्थानीय कृषि र पशुपालनमा रहेका छन । यहाँको मुख्य पेशा नै कृषि र पशुपालन हो । यहाँबाट दैनिक ३० हजार भन्दा बढी दूध उत्पादन हुने गरेको अनुमान गाउँपाकिलाले गरेको छ । चिस्यान केन्द्र भएपनि बिद्युत नहुँदा सञ्चालन हुन सकेको छैनन ।

खोपासी–चलालगणेस्थान–ढुङखर्क सडक खोल्ने काम भइरहेको गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले बताए। ठूलो ठूलो पहिरो आएको र कती ठाउँमा सडकको बेस समेत भत्किएकाले बनाउन समय लागेको हो, आइतबार बेलुकासम्ममा सञ्चालनमा ल्याउने कोशिस गरिने उनले बताए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies