Khabar Dabali Logo
  August 25, Sun

इनारको पानी पिउँदा जुम्ल्याहा बच्चा !

भारत । एकातिर भारत आफ्नो चन्द्रयानलाई चन्द्रमामा अवतरण गराउने तयारी गरिरहेको छ । त्यहीँ अर्कोतिर भारतको आन्ध्र प्रदेशको एउटा विकट गाउँमा इनारबाट पानी पिउँदा जुम्ल्याहा बच्चा जन्मने विश्वासले जरो गाडेर बसेको छ ।

दोद्धिगुँटा भन्ने एउटा सानो गाउँ छ, जहाँ ४५ सय मानिस बसोबास गर्छन्। यो गाउँ आन्ध्र प्रदेश राज्यको पूर्वी गोदावरी जिल्लाको रँगमपेटा मन्डलमा पर्छ । यहाँका मानिसको मुख्य आयस्रोतको रूपमा कृषि छ । यो गाउँमा मात्र एउटा मावि तहको विद्यालय छ। यहाँका धेरै मानिसहरू खेतीपातीको काममै व्यस्त हुन्छन् ।

सानो यो गाउँ त्यतिबेला चर्चामा आयो, जब एउटा निजी टेलिभिजन च्यानलले यो गाउँमा भएको विशेष इनारको पानी पिउँदा जुम्ल्याहा बच्चा जन्मने समाचार प्रशारण गर्यो। अहिलेसम्म उक्त इनार यहाँका मानिसले पिउने पानीको प्रमुख स्रोत बनेको छ ।

यदि कोही बाहिरी व्यक्ति यो गाउँमा गयो भने थुप्रै जुम्ल्याहा बच्चाहरू खेलेको घुमेको देख्न सकिन्छ । तर, यो गाउँमा जुम्ल्याहा बच्चा कति जना छन् भन्ने आधिकारीक तथ्यांक भने छैन। अदापा वैकटेश भन्ने व्यक्ति यस गाउँको मुखिया हुन्। उनका अनुसार यहाँ लगभग ११० जुम्ल्याहा बच्चाहरू छन् । इनारको पानी पिउनाले यति धेरै जुम्ल्याहा बच्चा जन्मेको कुरा पनि उनले बताए। साथै उनले भने, ‘तपाईँ मेरो घरमा विभिन्न उमेरका जुम्ल्याहाहरू देख्न सक्नुहुन्छ, यसै कारणले हाम्रो गाउँ अहिले चर्चामा छ ।’

यो सबै कहिलेदेखि सुरु भयो त ?

बिबिसीसँग कुरा गर्दै वेकट भन्छन्, ‘करिब १५ वर्षभन्दा पहिले एकजना अध्यापक जनगणना लिनका लागि गाउँ आएका थिए । उनले नै सबैभन्दा पहिले यहाँ भएका जुम्ल्याहा बच्चाको संख्याबारे विचार गरेका थिए। उनको पछि यहीँ सरुवा भयो। जब उनको श्रीमतीले यहीँ गाउँमा बच्चा जन्माइन्, उनीहरू पनि जुम्ल्याहा नै थिए । उनको श्रीमतीले त्यहीँ इनारको पानी पिएका कारण आफ्नो पनि जुम्ल्याहा बच्चा जन्मेको खबर स्थानीय मिडियालाई जानकारी दिएका थिए। अध्यापकद्वारा दिएको यही भनाइपछि यो गाउँ चर्चामा छ ।’

चर्चामा आएसँगै अहिले यो गाउँमा बाहिरी गाउँहरूबाट इनारको पानी लिन आउनेको भीड लाग्ने गरेको छ। हेदरावादबाट गाउँमा पानी लिन आएकी अनिताले बिबिसीलाई भनिन्, ‘मेरो बिहे भएको चार वर्ष भइसकेको छ, अझैसम्म बच्चा भएको छैन। धेरै डाक्टरलाई देखाए कुनै उपाय लाग्न सकेन। अब यही इनारको पानी एउटा र अन्तिम विकल्प हो ।’

लक्ष्मी यही गाउँमा बस्छिन्। उनले पनि ९ महिना पहिले जुम्ल्याहा बच्चा जन्माएकी हुन। लक्ष्मीलाई पूर्ण विश्वास छ कि गाउँको यही इनारबाट पानी पिउनाले आफू जुम्ल्याहा बच्चाको आमा बनेको। यसबाहेक उनी यो पनि मान्यता राख्छिन् कि यो इनारको पानीले धेरै रोगहरूबाट पनि मुक्त गर्छ। उनका अनुसार गाउँमा यस्ता घरहरू पनि छन्, जहाँ पानी तान्ने कल गाडेको छ तर, पिउनलाई यही इनारको पानी लैजान्छन् ।

विशेषज्ञ चिकित्सक यो कुरालाई मान्न तयार छैनन् । वैज्ञानिक तथ्य र आधार नभएका कारण यो कुरामा कुनै सत्यता नभएको धेरै चिकित्सक बताउँछन्। हाइड्रोजन र अक्सिजन तथा केही लवणहरुको मिश्रणबाट बनेको हुन्छ पानी। क्याल्सियम कार्बोनेट, आइरन र क्याल्सियम पानीमा पाइन्छ तर, यसले गर्भाधानमा मद्दत मिल्दैन भन्छन्, चिकित्सक । उनीहरूका अनुसार यसले केही बिरामीलाई हटाउन सक्छ तर, जुम्ल्याहा बच्चा हुनेमा विश्वास छैन ।

स्त्री रोग विशेषज्ञ डा. पद्यजाका अनुसार पानी र गर्भाधारणबीच कुनै पनि सम्बन्ध छैन । उनले भने, ‘पानीले बच्चा हुने होइन । बच्चा जुम्ल्याहा जन्मने आधार जिन र वंशाणुगत हुन्छ। त्यसैले यो बेग्लै कुरा हो र यसमा कुनै सत्यता छैन।’

असार २९ गते, २०७६ - १५:५८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज यी स्थानहरुमा चट्याङ्गसहित भारी वर्षाको संभावना, सतर्क रहन आग्रह

काठमाडौं । शुक्रवार देशभर आंशिकदेखि सामान्य बदली रही देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको...   

आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा श्रीमान् पक्राउ

भक्तपुर । आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आफू बिरामी...   

सेनाले सहुलीयतपूर्ण किस्ताबन्दीमा घडेरी उपलब्ध गराउने नीति परिवर्तन गर्यो

काठमाडौं । नेपाली सेनाले सकल दर्जालाई सहुलीयतपूर्ण किस्ताबन्दीमा घडेरी उपलब्ध गराउने नीति परिवर्तन...   
अमेरिकी डलरको भाउ बढ्यो, कति छ अरु विदेशी मुद्राको विनिमयदर ?

अमेरिकी डलरको भाउ बढ्यो, कति छ अरु विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं। शुक्रबार अमेरिकी डलरको भाउ बढेर ११५ रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विदेशी...   
ख्याल गर्नुस्, ज्वरो सामान्य समस्या होइन

ख्याल गर्नुस्, ज्वरो सामान्य समस्या होइन

काठमाडौं । डा.नन्दु पाठक जनरल फिजिसियन के हो ज्वरो ? मान्छेको शरीरमा हुने मेकानिजमले शरीरको तापक्रम...   

महँगियो सुनः रहर मेटाउन नक्कलीको भर

काठमाडौं । सक्कली सुन महँगिए पनि नक्कलीका भने बिक्री ह्वात्तै बढेको छ । सुनको जलप लगाइएका गहनाको व्यापार...   

भातमै भ्रष्टाचार, गाउँपालिकामा कसरी खर्च भयो ८० लाख ?

काठमाडौं । ओखलढुंगाका ६ वटा गाउँपालिकाले गत आवमा खाना खर्चवापतको झन्डै ८० लाख खर्च गरेका छन् । खाना...   

सुन किनबेच गर्दै हुनुहुन्छ ? यस्तो छ आजको मुल्य

काठमाडौं । सातको पाँचौं दिन अर्थात बिहिबार नेपाली बजारमा सुनको मुल्यमा कुनै परिवर्तन आएको छैन । बुधबार...   

बालाजु औद्योगिक क्षेत्रमा आगलागी

काठमाण्डौ । काठमाण्डौको बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ । बालाजु औद्योगिक क्षेत्र भित्र...   

प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान, कति दिन बस्छन् सिंगापुर ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली स्वास्थ्य...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top