Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

एक्कासी हवाइजहाज हल्लिँदा ३७ यात्रु घाइते

क्यानडाको भ्यान्कुभरबाट अस्ट्रेलियाको सिड्नीतर्फ उडिरहेको विमान अचानक सघन \'टर्बुलेन्स\' मा परेपछि बिहीवार ३७ जना यात्रु घाइते भएका छन्। चलनचल्तीको भाषामा टर्बुलेन्स भनिने हावाको तापक्रम तथा अन्य कारणले उत्पन्न हुने अवस्थामा उडिरहेको विमान पर्दा निकै हल्लन्छ।

सो विमानमा २८४ जना सवार थिए। टर्बुलेन्समा परेपछि सो विमान हवाइमा अवतरण गराइएको थियो। होनोलुलुको विमानस्थलमा अवतरण गर्ने बित्तिकै स्वास्थ्य अधिकारीहरूले यात्रुको जाँच गरेका थिए।

विमानसेवाले जनाए अनुसार हवाइ टापुभन्दा दुई घण्टा पर पुगिसकेको सो विमानले अचानक सफा आकाशमै बेतोडको टर्बुलेन्स बेहोरेको थियो। उसले होनोलुलुमा होटलहरूको बन्दोबस्त गरिरहेको र यात्रुहरूलाई अस्ट्रेलिया लैजान नयाँ उडानको पनि व्यवस्था गरिरहेको जनाएको छ।

\"हामी टर्बुलेन्समा पर्‍यौँ। बेस्कन हल्लिएपछि हामीहरू सबै उचालियौँ र हाम्रो टाउको माथि ठोकियो…सबै चीज खस्यो,\" एकजना यात्रु जेस स्मिथले स्थानीय टेलिभिजन स्टेशनलाई बताए।

\"केही मानिस जसले सिटबेल्ट बाँधेका थिएनन्, उनीहरू त एक्कासी उडेको जस्तो भए र तिनको टाउको माथि ठोकिए। निकै डरलाग्दो थियो,\" अर्का यात्रुले बताए। क्लेयर एअर टर्बुलेन्स खासगरि सफा र शान्त आकाशमा अचानक हुन्छ जसको भेउ पाउन सकिँदैन।

विभिन्न वेगमा बगिरहेका हावाको जम्काभेट हुँदा यस्तो स्थिति पैदा हुने बताइन्छ। यसलाई नाङ्गो आँखा वा परम्परागत रेडारले पनि पत्ता लगाउन सकिँदैन।

विमानचालकहरूले सोही स्थानबाट उडेका अन्य विमानले एअर ट्राफिक कन्ट्रोललाई दिएका जानकारीका आधारमा मात्र यस्तो अवस्था उत्पन्न भएको ठाउँ थाहा पाउन सक्छन्।

ब्रिस्बेनका एलेक्स मकडोनाल्डले क्यानडेली प्रसारक संस्था सीबीएस न्यूजसँग कुरा गर्दै यात्रुहरू स्तब्ध भएको बताए।

\"मेरो अगाडिका यात्रुहरू उछालिएर तिनको टाउको माथि ब्याग राख्ने ठाउँमा एक्कासी ठोकिएको र सिटमा खसेको मैले देखेँ,\" उनले भनिन्।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies