Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

‘धोनीको क्षमतालाई बेवास्ता गरियो’

लन्डन । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान सुनील गावस्करले जारी विश्वकपमा विकेटकिपर ब्याट्सम्यानलाई उपयुक्त स्थानमा खेलाउन नसकिएको भन्दै नेतृत्वको आलोचना गरेका छन् । उनले न्युजिल्यान्डविरुद्घको सेमिफाइनल खेलमा समेत त्यही गल्ती दोहोर्‍याउँदा भारतीय टोलीले हार व्यहोर्नु परेको दाबी गरेका छन् ।

सेमिफाइनल खेलमा न्युजिल्यान्डले भारतलाई १८ रनले हराएको थियो । भारतीय टोलीका माथिल्लो क्रममा तीन ब्याट्सम्यान केएल राहुल, रोहित शर्मा र कप्तान विराट कोहली एक÷एक रन बनाउँदै पेभेलियन फर्किएका थिए । उक्त खेलमा अनुभवी ब्याट्सम्यान धोनीलाई सातौं नम्बरमा मात्र ब्याटिङमा ल्याइएको थियो ।

अन्तिम समयमा धोनीले ७२ बलमा ५० र रवीन्द्र जडेजाले ५९ बलमा ७७ रन बनाउँदै भारतलाई जिततर्फ डोर्‍याउने प्रयास गरे पनि त्यो सफल हुन सकेन । अन्तिम समयमा भुवनेश्वर कुमार, युजभेन्द्र चाहलजस्ता तल्लोक्रमका ब्याट्सम्यानबाट धोनीले गतिलो साथ पाउन सकेनन् । ‘महत्वपूर्ण खेलमा पनि धोनीजस्तो अनुभवी ब्याट्सम्यानलाई सातौं नम्बरमा ब्याटिङ गर्न पठाउनु सरासर गलत निर्णय थियो । भारतको हारको एउटा कारण त्यो पनि हो’, ७० वर्षीय गावस्करले भनेका छन् ।

सातौं नम्बरमा आएर दबाबमा ब्याटिङ गर्नुपर्दा धोनीले उपयुक्त अवसर र पर्याप्त समय नपाएको गावस्करको दाबी छ । जारी विश्वकपकै लिग चरणको खेलमा भने धोनी पाँचौं नम्बरमा ब्याटिङ गर्न आउँथे । ‘धोनी अनुभवी खेलाडी हुन् भन्ने कुरामा भारतीय व्यवस्थापनले ध्यान पुर्‍याउन सकेन । धोनीकै कारणले भारतले अप्ठ्यारो स्थितिमा पनि थुप्रै खेल जितेको उदाहरण भुल्नु हुँदैनथ्यो’, आफ्नो समयका चर्चित ब्याट्सम्यान गावस्कर भन्छन् ।

धोनीजस्ता अनुभवी खेलाडीलाई ऋषभ पन्त, दिनेश कात्तिक र हार्दिक पाण्डेयभन्दा पछि ब्याटिङमा ल्याइनु सरासर गलत निर्णय भएको गावस्करको ठम्याइँ छ । ‘टोलीका सबैभन्दा अनुभवी खेलाडीलाई यतिसम्म बेवास्ता गरिएलाजस्तो मलाई लागेको थिएन’, उनी भन्छन्, ‘केवल २४ रनमा चार महत्वपूर्ण विकेट झरिसक्दा पनि धोनीलाई ब्याटिङमा नल्याउँदा धेरैलाई आश्चर्य लागेको थियो । भारतले जितका लागि निकै ठूलो लक्ष्य पछ्याएको थिएन । सबैलाई थाहा छ, धोनी लामो समय टिकेर खेल्न सक्छन् र आवश्यक पर्दा बाउन्ड्री पनि प्रहार गर्छन् ।’

पन्त र पाण्डेय दुवै आक्रामक ब्याट्सम्यान हुन् । टोलीले २४ रनमा चार विकेट गुमाउँदा एउटै चरित्रका दुई ब्याट्सम्यानलाई क्रिजमा पठाउनुभन्दा एकातिर आक्रामक र अर्कोतिर धोनीजस्ता शान्त ब्याट्सम्यानलाई क्रिजमा पठाउनु उपयुक्त हुने गावस्करको ठम्याइँ छ ।एजेन्सी

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies