Khabar Dabali Logo
  October 21, Mon

‘विषादी प्रकरण’ लाई लिएर सरकारको आलोचना नगर्न काँग्रेसलाई चेतावनी

काठमाडाै । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रृकाप्रसाद यादवले ‘विषादी प्रकरण’लाई लिएर सरकारको आलोचना नगर्न प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई चेतावनी दिएको छ।

मन्त्री यादवले भारतबाट आयातित तरकारी तथा फलफूलको विषादी परिक्षण गर्ने आँट गरेको सरकारलाई काँग्रेसले त्यत्तिकै आलोचना गरेको भन्दै आपत्ति पनि जनाएकाे हाे। काँग्रेसले आफूले कत्ति न जनतालाई अर्गानिक खुवाएको जस्तो पारामा सरकारलाई आलोचना गरेको मन्त्री यादवको भनाई छ।

शुक्रबार नेपाल चेम्बर अफ कमर्शले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री यादवले यथार्थमा आधारित भएर सरकारको आलोचना गर्न पनि प्रमुख प्रतिपक्ष दल काँग्रेसलाई सचेत गराएका छन्। विषादी प्रकरणमा काँग्रेसले आफ्नो इज्जत पनि नरहने गरी सरकारको आलोचना गरेको मन्त्री यादवको दावी छ।

मन्त्री यादवले व्यापारीहरुलाई पनि बस्तुको मूल्य जथाभावी नबढाउन आग्रह गरेका छन्। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादवले उत्पादन वृद्धिमा जोड दिएर व्यापार गर्न पनि निजी क्षेत्रका व्यवसायीहरुको ध्यानाकर्षण गराएका छन्।

सरकार निजी क्षेत्रसँग मिलेर अघि बढन तयार रहेको पनि मन्त्री यादवले स्पष्ट पार्दै मन्त्री यादवले मुलुकमा उत्पादन वृद्धिका लागि पूँजीको अभाव नभएको दावी समेत गरेका छन्। 

असार २७ गते, २०७६ - १९:५८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अष्टमी, नवमी र टीकाको दिन प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्ने (हेर्नुहाेस् रूट)

अष्टमी, नवमी र टीकाको दिन प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्ने (हेर्नुहाेस् रूट)

काठमाडौं । दशैंको अवसरमा नेपाल प्रहरीले सर्वसाधारणलाई निःशुल्क बस सेवा प्रदान गर्ने भएको छ । ती बस...   
राजधानीमा फूलपाती अवसरमा नेपाली सेनाको बढाइँ

राजधानीमा फूलपाती अवसरमा नेपाली सेनाको बढाइँ

काठमाडौं । नवरात्रिको सातौँ दिन सैनिक मञ्च टुँडिखेलमा शनिबार फूलपाती बढाइँ समारोह गरिएको छ । सो अवसरमा...   

६३ वर्षीय वृद्धकाे हत्या गर्ने अभियुक्त पक्राउ

भोजपुर । कुटपिटका कारण छिमेकीको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय भोजपुरले भोजपुर नगरपालिका–१०...   

भर्याङबाट धकेलेर आफ्नै भाईको हत्या

भक्तपुर । भर्‍याङबाट धकेलेर आफ्नै भाईको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ...   

दुई तिहाइ सरकार र नेकपाको अग्निपरीक्षा सुरु भएकाे छः नेता नेपाल

भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता माधवकुमार नेपालले दुई तिहाइ सरकारको र नेपाल कम्युनिस्ट...   

नेपालथोकमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५ जना घाइते

काठमाडौं । नेपालथोकमा मिनी बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ५ जना घाइते छन् ।  काभ्रे र सिन्धुलीको...   
विप्लव समूहकाे विष्फोटक पदार्थ प्रहरीद्वारा बरामद

विप्लव समूहकाे विष्फोटक पदार्थ प्रहरीद्वारा बरामद

काठमाडौं । मोरङमा नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले  भण्डारण गरेर राखेको विष्फोटक पदार्थ...   
दशैंको टीकाको दिन नेपाली सेनाले विभिन्न ७ रुटमा निःशुल्क बस चलाउँदै (सूचनासहित)

दशैंको टीकाको दिन नेपाली सेनाले विभिन्न ७ रुटमा निःशुल्क बस चलाउँदै (सूचनासहित)

काठमाडौं । आश्विेन २१ गते परेको विजया दशमीको दिन नेपाली सेनाले राजधानीका विभिन्न ९ रुटमा निशुल्क...   
नगरपालिकाकाे लापरबाहीका कारण  ज्येष्ठ नागरिककाे भत्ता राेकियाे

नगरपालिकाकाे लापरबाहीका कारण ज्येष्ठ नागरिककाे भत्ता राेकियाे

दैलेख । नारायण नगरपालिका दैलेखको चरम लापरवाहीका कारण नारायण नगरपालिका–९ वृद्धवृद्धा एकल महिला ज्येष्ठ...   
बँदेलको आक्रमणबाट चारजना घाइते

बँदेलको आक्रमणबाट चारजना घाइते

कञ्चनपुुर । जङ्गली बँदेलको आक्रमणमा परेर शुक्लाफाँटा नगरपालिका–८ पारीफाँटाका चार जना घाइते भएका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top