Khabar Dabali Logo
  October 17, Thu

विराटनगर डुबानमा , बाजुरामा पहिरो

काठमाडौं । लगातारका वर्षाका कारण विराटनगरका अधिकांश क्षेत्र जलमग्न भएका छन् । कोशी अञ्चल अस्पताल डुबेको छ। सडकको पानी अस्पतालभित्र पस्दा औषधि पसलसहितका प्रशासनिक भवनसमेत नराम्रोसँग प्रभावित बनेका छन् ।

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ विराटनगरको दक्षिणी क्षेत्रका केही बस्तीमा पानीको सतह बढेपछि डुबानमा छन् भने बजार क्षेत्रमा पनि पानी जमेको छ । ढलको निकास नगरी सडक उच्च बनाइदिँदा अस्पतालभित्र पानी पसेको हो । अस्पतालमा उपचार गराउन आएका सेवाग्राहीलाई समेत समस्या भएको छ। प्रदेश–१ को सबैभन्दा ठूलो सरकारी अस्पतालका रूपमा रहेको कोशी अस्पतालमा दैनिक १ हजारभन्दा बढी सेवाग्राही उपचारका लागि आउने गरेका छन् ।

त्रिबेणी नगरपालिका वडा नं ९ पैंमाको पहिरो खस्ने क्रम जारी छ । पहिरोकै कारण बूढीगंगा नदी थुनिँदै आएको छ । बुधबार साँझबाट निरन्तर झरी परेका कारण पहाड खस्ने क्रम बढेको छ । बूढीगंगा नदी थुनिँदा नदीकिनार आसपासका जनता त्रसित छन् । साँफे–मार्तडी सडक खण्ड अवरुद्ध हुने त्रासले लामो तथा छोटो दूरीका यातायातका साधन बल्देमै रोकिएका छन् । सडक तलबाट पहिरो जान थालेकाले बस बल्देमै रोक्नुपरेको बस व्यवसायीले बताए । बल्देबाट सदरमुकाम मार्तडीसम्म करिब १७ किलामिटर बाटो साना सवारीसाधान प्रयोग गर्नुपर्ने अवस्था आएको छ ।

असार २७ गते, २०७६ - ०७:२४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सन्दीप दुई ठूला प्रतियोगितामा अहिलेसम्मकै महंगो मुल्यमा अनुबन्धित

काठमाडौँ । नेपालका चर्चित लेग स्पिनर सन्दीप लामिछानेलाई एकैदिन दुईवटा खुशी मिलेको छ । बुधबार राति...   

अब उप्रान्त स्थानीय तहले शिक्षक नियुक्त गर्न पाउने छैन

काठमाडाैँ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई सामुदायिक विद्यालयमा शिक्षक...   

नेपाल-बङ्गलादेश विद्युत् व्यापारमा भारत सकारात्मक

काठमाडौं । नेपालको विद्युत् बङ्गलादेश निर्यातका लागि भारत सकारात्मक बनेको छ । नौ हजार मेगावाटसम्म...   
होसियार रहनुहोस् ! ग्यास्ट्रिकको औषधी ‘रेनिटिडिन’ले क्यान्सर उत्पन्न गराउन सक्छ

होसियार रहनुहोस् ! ग्यास्ट्रिकको औषधी ‘रेनिटिडिन’ले क्यान्सर उत्पन्न गराउन सक्छ

काठमाडौं । औषधि वयवस्था विभाग (डीडीए)ले उत्पादन र पैठारीकर्तालाई ग्यास्ट्रिकमा उपयोग गरिने ‘रेनिटिडिन’...   

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना अन्तिम चरणमा

काठमाडौं । सन् २०२० देखि सञ्चालमा ल्याउने गरी काम भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण...   

नेपालको पर्यटक आगमन वृद्धिदर एसियामै उच्च

काठमाडौं । पर्यटक आगमन वृद्धिदरको हिसाबले नेपाल एसिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा परेको छ ।...   

उपचारका बहानामा गुम्बामा यौन दुराचार गर्ने लामा पक्राउ

काठमाडौं । धार्मिक विधिबाट उपचारका नाममा गुम्बामा लगेर युवतीहरुको यौन शोषण गरेको आरोपमा उच्च अदालत...   

सरकारी कार्यालय अझै सोसफोर्स, भनसुन र घुसका आधारमा चल्दै, संघीयतमाथि चुनौतीको भारी

काठमाडौं । मुलुक संघीय शासन प्रणालीअनुसार सञ्चालन भइसक्दासमेत अधिकांश सरकारी कार्यालय अझै पनि सोसफोर्स,...   

हेर्नुस्, तपाईको आजको राशिफल कस्तो छ ?

काठमाडौं । वि.सं.२०७६ साल असोज ३० गते । बिहीबार । ईश्वी सन् २०१९ अक्टोबर १७ तारिख । नेपाल संवत् ११३९ ।...   
नेकपा सांसद पार्वत गुरुङ विरुद्ध ज्यानमार्ने उद्योग’मा ३५ दिने पक्राउ पुर्जी जारी

नेकपा सांसद पार्वत गुरुङ विरुद्ध ज्यानमार्ने उद्योग’मा ३५ दिने पक्राउ पुर्जी जारी

काठमाडौं । चरिकोट स् नेकपा सांसद पार्वत गुरुङलाई ‘ज्यानमार्ने उद्योग’ मुद्दामा काठमाडौं जिल्ला अदालतबाट...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top