Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

बढ्दै लैङ्गिक हिंसाका घटना

गलकोट । पछिल्लो समय बागलुङमा लैङ्गिक हिंसाका घटना बढ्दै गएका छन् । लैङ्गिक हिंसा पीडितको परामर्श र उपचार गर्दै आएको धौलागिरि अञ्चल अस्पतालमा स्थापित एकद्वार सङ्कट व्यवस्थापन केन्द्रले वर्षेनी लैङ्गिक हिंसाका घटना बढ्दै गएको तथ्याङ्क सार्वजनिक गरेको छ ।

सोअनुसार आर्थिक वर्ष २०७५÷७६ मा मात्र १३५ लैङ्गिक हिंसाका घटना भएको पाइएको छ । यस्तै आव २०६८÷६९ मा २५, २०६९÷७० मा ५६, २०७०÷७१ मा ७२, २०७१÷७२ मा ७०, २०७२÷७३ मा ८४, २०७३÷७४ मा ९८, २०७४÷०७५ मा १०० र २०७५÷०७६ मा १३५ लैङ्गिक हिंसाका घटना भएको केन्द्रका प्रमुख परामर्शदाता देवी भट्टराईले जानकारी दिइन् । तथ्याङ्क हेर्दा वर्षेनी लैङ्गिक हिंसाका घटनामा वृद्धि हुँदै गएको पाइएको छ ।

यस वर्षको लैङ्गिक हिंसाका घटनामध्ये ११५ महिला तथा २० पुरुष र गत वर्ष १०० हिंसापीडित मध्ये १० पुरुष हिंसामा परेको अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सागर राजभण्डारीले जानकारी दिए । \'हिंसाका घटनाहरु पहिला पनि नभएका होईनन्\', राजभण्डारीले भने, \'गोप्य रुपमा परामर्श तथा उपचारका कारण पीडितहरु खुल्न थालेका हुन् ।\'

राजभण्डारीका अनुसार बलात्कार, जबर्जस्ती विवाह, पितृसत्तात्मक सोच, मनोवैज्ञानिक असर तथा आफन्तलगायत कारण लैगिक हिंसा हुँदै आएको पाइएको छ । अस्पतालमा तीन वर्षदेखि ९६ वर्षका उमेर समूहका महिला तथा पुरुष हिंसामा परेका छन् । तीमध्ये अधिकांश १४ देखि ५९ वर्ष उमेर समूहका रहेको केन्द्रले जनाएको छ ।

\'लैङ्गिक हिंसामा परेकालाई उद्धार, परामर्श, औषधोपचारदेखि पुनस्थापनासम्मको काम गर्र्छौँ\', भट्टराईले भने \'जनशक्तिको अभावका कारण कार्यक्षमता बढाउन सकेका छैनौंँ ।\'

महिला तथा पुरुषले भोगेका हिंसामध्ये तीन प्रतिशत मात्रै कानूनी प्रक्रियामा जाने अस्पतालका डा शर्मिला ढकालले जानकारी दिए । विसं २०६८ मा स्थापित केन्द्रले घरेलु तथा यौनिक हिंसाबाट पीडितको उपचार तथा परामर्शमा गोप्य रुपमा सक्दो सहयोग गर्दै आएको छ । लैङ्गिक हिंसामा पर्ने अधिकांश दलित तथा न्यून वर्गीय समुदायको रहेको भट्टराईको भनाइ छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies