Khabar Dabali Logo
  September 29, Tue

नेपालीको भान्सा शुद्ध र खानेकुरा विषादिरहित हुनुपर्छः प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँले आयातीत तरकारी र फलफूलका विषादि जाँचका सम्बन्धमा भारतीय दूतावासबाट आएको पत्रबारे आफूलाई जानकारी नदिइएका विषयमा खोजी गरिने बताएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘संविधान कार्यान्वयन र प्रशासनिक पुनः संरचना’ विषयको राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै उनले नेपालीको भान्सा शुद्ध र खानेकुरा विषादिरहित हुनुपर्ने उद्देश्यले सरकारले जाँच शुरु गरेको र यो कसैका विरुद्ध नभई नेपालीको खानेकुराका बारेमा मात्र भएको स्पष्ट गरे ।

स्वच्छ, प्रभावकारी, पारदर्शी र सेवामुखी प्रशासन बनाइने बताउँदै उनले भने, ‘जनतालाई आत्मविश्वास जगाउँदै भविष्यप्रतिको आशावादिता देखाएर प्रशासन क्षेत्रले छिटोछरितो रुपमा काम गर्नुपर्छ ।’ उनले प्रशासनले एकातिर विकासका काम अगाडि बढाउनुपर्ने र अर्कातिर जनतामा सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

अहिले सङ्घ र प्रदेशका बीचमा केही विवाद देखिएको जस्तो लागेको बताउँदै उनले भने, ‘‘ कतिपयले प्रदेश भनेको छुट्टै स्वतन्त्र सार्वभौम राज्य भनेर पनि कुरा गरेका छन् । कतिपयले प्रदेश एउटा एकाइ र निकाय मात्र भएको जस्तो कुरा गर्छन् । यी दुई कुरा यथार्थ होइन । प्रदेश स्वतन्त्र राष्ट्रको एउटा निकाय हो जसलाई नियन्त्रण गर्ने काम सङ्घीय सरकारको हो ।’’ उनले सुरक्षा, अन्तरराष्ट्रिय मामिला र आर्थिक स्रोत साधनका विषय सङ्घअन्तर्गत हुने व्यवस्था रहेको स्पष्ट गरे ।

असार २६ गते, २०७६ - १४:०७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेटवर्किङमा संलग्न यी २५ कम्पनी र ५० जना पक्राउ गर्न सिआइबीलाई पत्र

काठमाडौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो...   

उदयपुर सिमेन्ट उद्योगका मजदूरहरु आन्दोलित

गाइघाट । उदयपुर सिमेन्टका मजदूरहरुले पुनः नियुक्तिको माग गर्दै आन्दोलित भएका छन् । कोरोना भाइरस...   

जमीन भासिएर पहिरो जाँदा तीन सय घर जोखिममा

अर्घाखाँची । शीतगङ्गा नगरपालिका वडा नम्बर ११ र १२ मा जमीन भासिएर पहिरो जाँदा सो क्षेत्र जोखिममा परेको...   

भष्ट्राचार र कमिसनतन्त्रको अन्त्य हुनुपर्छ : प्रदेश प्रमुख शेरचन

गण्डकी । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले मुलुकको समृद्धिका लागि भष्ट्राचार र कमिशन तन्त्रको अन्त्य...   

इरानमा कोरोना महामारीको तेस्रो चरण शुरु, यी ३२ प्रान्त खतरापूर्ण क्षेत्र घोषित

तेहरान । इरानमा कोरोनाभाइरसको महामारीको तेस्रो चरण शुरु भएको छ । सरकारी अधिकारीहरुले देशको ३२ प्रान्तलाई...   

करार कर्मचारीद्धारा सबै वडा कार्यालयमा तालाबन्दी

सल्यान । छत्रेश्वरी गाउँपालिकामा कार्यरत करार सेवाका कर्मचारीले सबै वडा कार्यालयमा अनिश्चितकालिन...   

रेविज रोगबाट हुने मृत्यु शून्यमा झार्ने लक्ष्य

काठमाडौं । रेविज रोगबाट हुने मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण...   

गाउँपालिकाको एम्बुलेन्स तोडफोड

बझाङ । मष्टा गाउँपालिकाको एम्बुलेन्स तोडफोड गरिएको छ । जिल्ला अस्पताल सिमखेतबाट आइतबार मष्टा५ किनाडाकी...   

पाँच दिनदेखि बेपत्ता व्यापारीको अझै पत्ता लागेन

जलेश्वर । विगत पाँच दिनदेखि बेपत्ता रहेका महोत्तरीका एक कपरड व्यापारीको आजसम्म कुनै पत्ता लागेको...   

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । बाघको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–६ का ५५ वर्षीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top