Khabar Dabali Logo
  October 17, Thu

हिंसापीडित महिलालाई सुरक्षित आवास गृह

चिप्लेढुङ्गा । विभिन्न कारणले हिंसामा परेर कष्टकर जीवन बिताउन बाध्य महिलाको सहज जीवनयापनका लागि गण्डकी प्रदेशमा सुरक्षित आवास गृह निर्माण थालिएको छ ।

विभिन्न सरोकारवाला निकायले पटकपटक उक्त आवासगृहका लागि दबाब र ध्यानाकर्षण गराउँदै आएकामा सामाजिक विकास मन्त्रालय र पोखरा महानगरपालिकाको संयुक्त लगानीमा रु एक करोडको लागतमा उक्त महानगरपालिकाको वडा नं ३३ मा यस्ता घर निर्माण भइरहेको नगर उपप्रमुख मञ्जु गुरुङले जानकारी दिइन्।

निर्माण थालिएका ती भवन निरीक्षण गर्दै गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले भने, ‘निर्माण कार्य तीव्ररुपमा भइरहेको रहेछ । भवन निर्माणपछि हिंसापीडित महिलाको उचित व्यवस्थापनमा लाग्नेछौँ ।’

उक्त भवन बनाउनका लागि गत फागुन २३ गते ती दुई निकायबीच सम्झौता भएपछि वडा नं ३३ मा २० रोपनी जग्गा उपलब्ध गराएर अहिले दुई तलाको भवन र पर्खाल लगाउने काम भइरहेको त्यहाँका वडाध्यक्ष शिव आचार्यले जानकारी दिए ।

घरेलु हिंसालगायत शारीरिक र मानसिक हिंसामा परेका महिलाको सुरक्षाका लागि सरकारी तहमा आवास गृह नहुँदा सडकमै जीवनयापन गर्न पीडित महिला बाध्य थिए । महिला बालबालिका र मानसिक स्वास्थ्यमा काम गर्दै आएको ‘कोपिला’ नामक गैरसरकारी संस्थाले केही महिलालाई उद्धार गरेर अल्पकालीन सुरक्षित आवास उपलब्ध गराउँदै आइरहेको छ । हाल सो संस्थाले ३६ हिंसापीडित महिलालाई आश्रय दिइरहेकामा १० वर्षमुनिका बालबालिका पनि छन् ।

सो संस्थाले त्यस्ता महिलाको सुरक्षा, मानसिक स्वास्थ्य उपचार, मनोविर्मश गराउँदै आएको कोपिला नेपालका कार्यकारी निर्देशक बीना सिलवालले बताइन् । ‘हामीले आर्थिक स्रोतको अभाव हुँदा पनि सडकमा महिलाको विचल्ली देखेर उद्धार गर्यौ तर दिनदिनै हिंसामा परेर विक्षिप्त भएका महिला थपिँदै गएकाले अब धान्न नसकिने भयो’, निर्देशक बीना सिलवालले भनिन्, ‘सरकारले भवन निर्माण गरेपछि उचित व्यवस्थापन गर्नेछ भन्नेमा विश्वस्त छौँ ।’

‘हामीले निकै कठिन अवस्थामा पनि मानवीय कर्तव्य पूरा गर्नाका साथै स्वास्थ्य सुधार भएकालाई विभिन्न सीपमूलक तालीम प्रदान गर्दै परिवारको पहिचान गरेर पुनःस्थापना पनि गर्दै आइरहेका छौँ ।’अब यो जिम्मेवारी राज्यको हो । हामी सहकार्य गर्न तयार छौा, उनको भनाइ थियो ।

असार २५ गते, २०७६ - १३:१४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यसकारण दिँदैन विवाहले स्थायी खुसी

यसकारण दिँदैन विवाहले स्थायी खुसी

के तपाईं आफ्नो जीवनमा कसैलाई समावेश गर्ने तयारीमा हुनुहुन्छ रु यदि प्रश्न ‘हो’ मा आउँछ भने तल दिइएका...   

नरभक्षी चितुवा नियन्त्रणमा गम्भीर बन्न ध्यानाकर्षण

दमौली । तनहुँ जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा लगातार चितुवाको आक्रमण बढेपछि नेपाली काङ्ग्रेसका...   

नौ बुँदे घोषणापत्रसहित अन्तर्राष्ट्रिय दलित सम्मेलन सम्पन्न

काठमाडौ । दलित समुदायको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने र सम्बन्धित देशमा जातीय छुवाछूत कानून...   

प्रसारण लाइन निर्माण गर्न पुनः बोलपत्र

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले कूल २२० केभी क्षमताको हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन...   

पर्यटकको रोजाइमा तालपोखरा

बेझाड । रामपुर घुम्न आउने धेरैजसो व्यक्ति तालपोखरा पुग्ने गर्छन् । तालपोखरामा डुङ्गा नचढिकन फर्कने...   

सत्तारुढ नेकपाले भोली चियापन गर्दै

काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका...   

विद्यालयमा तालाबन्दी

लहान । विद्यालय व्यवस्थापन समितिका असन्तुष्ट सदस्य तथा स्थानीय अभिभावकले सिरहाको सखुवानन्कारकट्टी...   

आन्तरिक पर्यटकले भरियो पोखरा

पोखरा । उत्तरतर्फ टलक्क टल्कने हिमाल, फेवातालमा डुबुल्की मारेको माछापुच्छ्रे मात्र नभई लेखनाथ क्षेत्रका...   

गैँडाको आक्रमणमा परी एकको मृत्यु, एक घाइते

कावासोती । गैँडाको आक्रमणमा परी नवलपरासीपूर्व कावासोतीमा एक जनाको मृत्यु हुनाका साथै अर्का एक सख्त...   

लागुऔषधसहित तीन युवक पक्राउ

सिराहा । प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिका– १ कचनारीबाट तीन युवकलाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top