Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

साँचो बोल्दा आयुसमेत बढ्छ, अरु फाईदा यस्ता छन्

काठमाडौं । महाभारतको वनपर्वमा सत्य बोल्दा व्यक्तिलाई कस्तो फाइदा हुन्छ भन्ने बारे बताइएको छ । साथै महाभारतमा खुसी जीवन जिउनको लागि पनि सत्य बोल्दा सहयोग पुग्ने कुरा खोलिएको छ । वेदव्यासले वनपर्वको अरण्यक उपपर्वमा मानिस सत्य बोल्दा जीवनका धेरै समस्याहरु हल हुने कुरा बताएका छन् । सत्य बोल्दा भगवान पनि प्रसन्न कुरा हुने उल्लेख गरेका छन् ।

यस्तो छ महाभारतको श्लोक
‘सत्यवादी लभेतायुरनायासमथार्जवम्।
अक्रोधनोऽनसूयश्च निर्वृत्तिं लभते पराम्॥ वन.२५९/२२॥’

यस श्लोक अनुसार सत्य बोल्ने हर व्यक्तिलाई यी चार महत्वपूर्ण लाभ हुनेछ ।

१. लामो आयु
जो मानिस सधैं सत्य बोल्छ ऊ अरुभन्दा लामो समय जिउनेछ । यस्तो मान्छेलाई न त कुनै कुराको भय हुन्छ न त लालच । उ प्रति हरसमय भगवानको कृपा बनीरहेको हुन्छ । जसको कारण उसलाई लामो आयुसमेत मिल्दछ ।

२. सुखी जीवन
झुट बोल्ने बानी र कुरा–कुरामा छल–कपट गर्ने वानीले जीवनमा दुःखको कारण बन्छ । जो मानिस हरसमय सच्चाईको साथ दिन्छ, उसको जीवन सुखले भरिएको हुन्छ । यस्तो मानिसको जीवनमा कुनै खालको समस्याहरु आउँदैनन् । आए पनि समस्या तुरुन्तै हल हुन्छन् ।

३. सरलता
सरल व्यक्ति आफ्नो सारा समस्याको हल विना कोही छलबाटै पाउँछन् । यस्तो मानिसले जीवनमा सुखको साथ साथै मानसम्मान पनि पाउँछन् । यसकारण हर व्यक्तिलाई साँचो बोल्ने बानी अपाउनु आवश्यक छ ।

४. सत्य बोल्दा मन हुन्छ शान्त
महाभारतको श्लोकको दोस्रो लाईनमा भनिएको छ कि जो व्यक्ति कसै प्रति रिस राख्दैन भने उ भाग्यमानी हुन्छ । किनकी क्रोध एक जाल हो । जसमा फसेको मानिस आफ्नो–पराई, राम्रो–नराम्रो कसैको ख्याल गर्दैन् । यसकारण जो व्यक्ति हर समय सत्य बोल्छ उसलाई हर कुरामा रिस उठ्दैन् । साथै उसले आफ्नो रिस पनि सहजै नियन्त्रण गर्न सक्छ । यस्तो व्यक्तिको जीवन हरसमय शान्त खालको हुन्छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies