Khabar Dabali Logo
  January 29, Wed

भारतको चर्को दबाब, नेपालले तरकारीको विषादी परीक्षण नगर्ने

काठमाडौँं । भारतको चर्को दवावपछि सरकारले भारतबाट नेपाल भित्रिने  तरकारी तथा फलफूलको विषादी परीक्षण नगर्ने भएको छ ।  भारतले दबाब दिएपछि सरकार पूर्ववत आफ्नै निर्णय परिवर्तन गर्न बाध्य भएको छ । 

सीमा नाकामा फलफुल तथा तरकारीको विषादी जाँच गरेरमात्रै नेपाल ल्याउने यसअघिको निर्णयप्रति भारतीय पक्षले असन्तुष्टी जनाउँदै उक्त निर्णय फिर्ता गर्न सरकारलाई पटकपटक दबाब दिएको थियो । 

भारतीय दूतावासले नेपालका सरकारी अधिकारीलाई विषादी परीक्षण नगर्न दबाबपछि आफ्नो निर्णबाट सरकार पछि हटेको हो । भारतले दबाब दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी जाँच नगर्ने ठाडो प्रस्ताव मन्त्रीपरिषदमा लगेका थिए । ओलीको प्रस्तावलाई मन्त्रिपरिषदले पास गरेको थियो । 

मन्त्रिपरिषद्को यो निर्णयसँगै भन्सार नाकामा शुक्रबारबाटै भारतबाट नेपाल भित्रिने तरकारी र फलफुल जाँच नगरी नेपाल आउन सुरु गरेको छ । 

गत जेठ १० गतेको मन्त्रिपरिषद् बैठकले भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी र फलफूल परीक्षण गर्ने निर्णय गरेको थियो, तर भारतले दबाब दिएपछि रोकिएको छ ।

कालीमाटी बजारमा आउने तरकारी तथा फलफूल ४० प्रतिशत भारतबाटै आउँछ । बाँकी ६० प्रतिशत बजार स्थानीय उत्पादनले ओगटेको छ ।

असार २० गते, २०७६ - १९:०६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अज्ञात समूहद्वारा बग्दादस्थित अमेरिकी दूतावासमा तीनवटा रकेट प्रहार

एजेन्सी । आइतवार इराकको राजधानी बगदादमा अवस्थित अमेरिकी दूतावासमा तीन रकेट प्रहार गरिएको छ । हजारौं...   
गणित विषयलाई हटाईए देशव्यापी आन्दोलन गर्ने विज्ञहरुको चेतावनी

गणित विषयलाई हटाईए देशव्यापी आन्दोलन गर्ने विज्ञहरुको चेतावनी

काठमाडौं । गणित विषयलाई नयाँ पाठ्यक्रम प्रारुपबाट हटाईएपछि त्यसको विरोध सुरु हुन थालेको छ । सोमबार...   

जीप दुर्घटना परी ओखलढुंगामा एकको मृत्यु, तीन घाइते

ओखलढुंगा । ओखलढुङ्गामा आज बिहान सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चालकसहित अन्य तीन जना...   

नक्कली लाइसेन्सधारीको अन्त्य नभएसम्म सडक दुर्घना न्यूनिकरण हुन सक्दैन : नेता शर्मा

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले नक्कली लाइसेन्सका...   

केही बर्षमा माडि दुर्गमबाट सुगममा परिणत हुन्छ : अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही बर्षभित्रै माडी...   

विधान नमिच्न सभापति देउवालाई जिल्ला सभापतिको चेतावनी

काठमाडौँ । नेपाली काँग्रेसका असन्तुष्ट पौडेल पक्षका जिल्ला सभापतिहरुले नेतृत्वको कार्यशैली प्रति...   

ईरानको ५२ ठाउँबाट आक्रमण गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानलाई ५२ ठाउँबाट आक्रमण गर्ने चेतावनी दिएका छन्...   

सभामुखबारे नेकपा दुई अध्यक्षबीच जुटेन सहमति, संसद बैठक स्थगित गर्ने तयारी

काठमाडौं । सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपाका दुई अध्यक्षबीच कुरा नमिलेपछि प्रतिनिधिसभाको...   

राष्ट्रपतिलाई राजनीतिबाट टाढा रहन नेकपा नेता रघुजी पन्तको सूझाव

काठमाडौ । नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुजी पन्तले राष्ट्रपति विद्यादेवी भण्डारीलाई...   

प्रदेश सरकारको मुख्य प्राथमिकता कृषि : मुख्यमन्त्री पौडेल

हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशले कृषिलाई सबैभन्दा धेरै महत्व दिएको बताएका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top