Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

मधुमेहबाट पीडित हुनुहुन्छ ? यी हुन् मधुमेहबाट जोगाउने ६ योगासन

काठमाडौं । अस्वस्थ जीवनशैली, व्यायामको कमी, धुम्रपान, मोटोपन, वंशाणु लगायतका कारणले मधुमेह हुने गर्दछ । मधुमेह भएका बिरामीले व्यायाम र खानपिनमा ध्यान दिने हो भने धेरै हदसम्म जोगिन सकिन्छ ।

मधुमेह भएका बिरामीले योगा गर्ने हो भने पनि यो समस्याबाट छुटकारा पाउन सकिन्छ । मधुमेहबाट जोगिने ६ योगासन यसप्रकार छन् । यी योगासनलाई दैनिक रुपमा गर्ने हो भने धेरै मानिसहरु मधुमेहबाट बच्न सक्छन् ।

१. सशांक आसन
आफ्नो अनुकुलता अनुसार यो आसनमा तीन मिनेटसम्म बस्नु पर्दछ । दैनिक यो आसनलाई ३ देखी ५ पटकसम्म गर्न सकेमा राम्रो हुन्छ । यो आसनमा बस्दा शुरुमा घुँडा टेकेर बज्रासनमा बस्दै दुवैहातलाई माथि राख्ने । हात माथि लग्दा लामो सास लिने । त्यसपछि विस्तारै हातलाई तल लैजाने । हात तल गरेर जमिनतिर झुक्दा सास विस्तारै छाड्दै झुक्ने । केही बेर रोकिँदै पुन माथि उठ्ने । यो आसनलाई तीन देखी ५ पटकसम्म गर्न सकिन्छ ।

सावधान : ढाड तथा कम्मरको हड्डीमा समस्या भएका, चक्कर आउने र उच्च रक्तचापका बिरामीले यो आसन गर्नु हुँदैन ।

२. योग मुद्रा आसन
सुरुमा पद्यमासनमा बस्ने । त्यसपछि हातलाई विस्तारै पछाडी ढाडमा लगेर राख्ने । विस्तारै तलतिर झुक्दै जाने । निधारले जमिनमा छुने प्रयास गर्ने । माथितिर जाने बेलामा लामो सास लिने र तल झुक्ने क्रममा विस्तारै सास छोड्दै जानु पर्छ । चित्रमा देखाएको जस्तै आसनमा २ मिनेटसम्म बस्ने । यो असानलाई आफ्नो अनुकुलता अनुसार दोहोराएर गर्न सकिन्छ ।

सावधान : मुटु, आँखा र ढाडको समस्या भएका बिरामी तथा गर्भवती महिलाले यो आसन गर्नु हुँदैन ।

३.अर्धमत्सेन्द्र आसन
खुट्टा र हातलाई चित्रमा देखाएजस्तै गरि राख्ने । यो आसनमा करिब दुई मिनेटसम्म बस्न सकिन्छ । यो पनि आफ्नो अनुकुलता अनुसार ३ देखी ५ पटकसम्म दोहोर्याएर गर्न सकिन्छ ।

सावधान : गर्भवती, पेप्टिक अल्सर, हर्निया र हाइपो थाइराइडको समस्या भएकाले यो आसन गर्नु हुँदैन ।

४. पश्चिमोत्तन आसन
खुट्टालाई सिधा पारेर राख्ने । हातले खुट्टाको औँला समाउने र विस्तारै टाउकोले घुँडा छुने । केही सेकेन्ड घुँडामा टाउकोले छोएपछि पुन टाउकोलाई विस्तारै माथितिर लैजाने । टाउको माथि लैजाने क्रममा सासलाई तान्दै लैजाने र तल ल्याउने क्रममा सास छाड्दै जानुपर्छ । यो आसनलाई पाँच पटकसम्म दोहोर्याउन सकिन्छ ।

सावधान : ढाडको समस्या भएका र गर्भवतीले यो आसन गर्नु हुँदैन ।

५. भुजंग आसन
भुइँमा घोप्टो परेर सुत्ने र विस्तारै टाउकोलाई चित्रमा देखाएझैँ उठाउँदै माथितिर लैजाने । चित्रमा देखाएकै पोजमा बढीभन्दा बढी समय बस्ने प्रयास गर्ने ।

सावधान : पेप्टिक अल्सर, हर्निया र हाइपो थाइराडको समस्या भएकाले यो आसन गर्नु हुँदैन ।

६. शलभासन
भुइँमा घोप्टो परेर सुत्ने । दुबै खुट्टा लाई जोड्नु होस। अब हात मुट्ठी कसेर तिघ्रा मुनि लागेर राख्नुहोस्। विस्तारै खुट्टालाई चित्रमा देखाएझैँ उठाउँदै माथितिर लैजाने । अब जतीबेर सम्म सक्नु हुन्छ आसान लाई रोकेर राख्नुस। तीन पटकसम्म यो आसनलाई दोहोर्याउने ।

सावधान : मुटुका बिरामी, उच्च रक्तचाप र इपिलेप्सिका बिरामीले यो आसन गर्नु हुदैन । एजेन्सीको सहयोगमा

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies