Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

पाकिस्तानका बाबरले तोडे सचिन तेण्डुलकरको रेकर्ड

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत ३३औं खेलमा पाकिस्तानले न्यूजिल्याण्डलाई ६ विकेटले हराउँदै सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ । बुधबार राति बर्मिङ्घमा न्यूजिल्याण्डले दिएको २३८ रनको लक्ष्य पाकिस्तानले ४९.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । पाकिस्तानकाे जीतमा बाबर आजम नायक सावित भए । उनले ११ चौकाको मद्दतमा १२७ बलमा नट आउट १०१ रन बनाए । विश्वकपमा उनको पहिलो शतक हो ।

यो शतकसँगै बाबरले वान डे क्रिकेटमा ३ हजार रनसमेत पूरा गरेका छन् । साथै, उनले केही कीर्तिमान पनि आफ्नो नाममा लेखाउन सफल भए । न्यूजिल्याण्ड विरुद्धको खेलमा २९ रन बनाएसँगै बाबरले केही अनुभवी क्रिकेटरलाई पछि पार्दै नयाँ कीर्तिमान बनाएका हुन् । उनी एकदिवसीय क्रिकेटमा सर्बाधिक छिटो ३ हजार रन पूरा गर्ने पहिलो एसियाली क्रिकेटर बनेका छन् । यसक्रममा बाबरले विराट कोहली, महेन्द्रसिंह धोनी, सचिन तेन्दुलकरजस्ता चर्चित क्रिकेटरलाई पछि पारेका छन् । साथै उनी सर्बाधिक छिटो ३ हजार रन बनाउने पहिलो पाकिस्तानी क्रिकेट बनेका छन् ।

बाबरले यो उपलब्धि हासिल गर्न ६८ पारी खेलेका छन् । जसमा उनले ९ शतक र १४ अर्धशतक बनाए । विश्व क्रिकेटमा भने सबैभन्दा छिटो ३ हजार रन बनाउने सूचीमा दक्षिण अफ्रिकाका हाशिम आमलको नाम शीर्ष स्थानमा छ । उनले यो उपलब्धि ५७ पारीमा हासिल गरेका थिए । ३ हजार रन पूरा गर्न शिखर धवनले ७२ र विराट कोहलीले ७५ पारी खेलेका छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies