Khabar Dabali Logo
  September 20, Fri

उर्जामन्त्री, चिनियाँ राजदूतबीच भेटवार्ता, के भयो कुराकानी?

काठमाडौं। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जा मन्त्रालयमा मंगलवार भएको भेटवार्तामा द्धिपक्षिय हित र चासोका विषयमा छलफल भएको थियो ।

भेटमा मन्त्री पुनले सरकारले उर्जा क्षेत्रको विकास र बजार विस्तारको लागि पहल गरिरहेको भन्दै चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीको लागि पहल गरिदिन आग्रह गरे । उनले सरकारले जलविद्युतको लागि भारत र बंगलादेशमा बजारको लागि पहल जारी राखेको जानकारी समेत दिए ।

‘नेपालमा जलविद्युत क्षेत्रमा नयाँ सम्भावना छ, लगानी र बजार विस्तारका लागि हामी पहल गरिरहेका छौं, भारत र बंगलादेशसँग समेत यसवारेमा छलफल भइरहेको छ । यसमा चिनियाँ लगानीकर्ताको सकरात्मक सहयोग आवश्यक छ ।’ मन्त्री पुनले भने ।

चिनियाँ लगानीकर्ता र निर्माण कम्पनीहरुले चीन र विश्वका धेरै देशमा राम्रो काम गरिरहेको भन्दै मन्त्री पुनले नेपालमा आयोजना सम्पन्न गर्न नसक्नुको पछाडिको कारणबारे पनि जिज्ञासा राखेका थिए । जवाफमा राजदूत यान्छीले चिनियाँ कम्पनिले भोगेका समस्याहरुको वारेमा जानकारी दिँदै त्यसवारेमा आफुले पनि गहिरो अध्ययन र अनुसन्धान गरिरहेको बताइन् ।

मन्त्री पुनले राजदूतसँगको भेटमा भने, ‘चीन र अन्य विश्वमा राम्रो काम गरिहेका छन् । यहां किन गर्न सकिरहेका छैनन् । समस्या के हो जसका कारण काममा ढिलाई भइरहेको छ, हामी पनि यसमा छलफल गरिरहेका छौं, हाम्रो कारणले हो भने हामी हाम्रो प्रणाली सुधार गर्छौ । ’

उनले चिनियाँ कम्पनीले निर्माण गरिरहेको त्रिशुली ३ ए जलविद्युत आयोजना र कुलेखानी जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको जानकारी दिँदै आयोजना सम्पन्न गर्नको लागी समन्वय गरिदिन आग्रह गरे ।

मन्त्री पुनले दुधकोशी जलविद्युत आयोनामा हाल विश्व वैंकले ५ सय मिलियन लगानी गरिरहेको भन्दै उक्त आयोजाना सम्पन्न गर्नको लागी थप २ खर्व अपुग भएकोले चिनियाँ सहयोगको लागि पहल गरिदिन आग्रह गरे ।

भेटमा चिनियाँ राजदूत यान्छीले चीन नेपालको असल मित्र भएको भन्दै नेपालमा निर्माणाधिन आयोजनाहरु छिटो सम्पन्न गर्नको लागी चीनले पहल गरिरहेको जानकारी दिइन् । उनले नेपालको जलविद्युत क्षेत्रमा १४ वटा चिनियाँ कम्पनीले काम गरिरहेको र २४ वटा आयोजना रहेको जानकारी समेत दिइन् ।

राजदूत यान्छीले भनिन्, ‘चीन नेपालको साँच्चै मित्र हो, नेपालले विकास गरेको चीन हेर्न चाहन्छ । त्यसैले नेपालमा चीनले निर्माण गरिरहेका जलविद्युत आयोजना समयमै सम्पन्न गर्नको लागि पहल गरिरहेको छ ।’ चिनियाँ कम्पनीले निर्माण गरिरहेका परियोजनामा भिषा, प्राकृतिक प्रकोप र जग्गाको अधिग्रहण, लगायतका समस्या भोगिरहेको चिनियाँ राजदूतको भनाई थियो ।

भेटमा राजदूत यान्छीले नेपालमा हाल स्थिर सरकार रहेको र अरु चार वर्ष सरकारसँग समय रहेको भन्दै यो अवधिमा नेपालले वढीभन्दा बढी उपलव्धि हासिल गर्छ भन्नेमा आफू आशावादी रहेको धारणा राखिन् । मन्त्री पुन र राजदूत यान्छीबीचको भेटमा जलविद्युत क्षेत्रको लगानी र दुवै मुलुकको बीचमा गर्न सकिने सहकार्यको बारेमा छलफल भएको थियो ।

असार १० गते, २०७६ - १९:४७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रचण्डद्वारा अराजक तत्वहरुको प्रतिवाद गर्न पुनः आव्हान

प्रचण्डद्वारा अराजक तत्वहरुको प्रतिवाद गर्न पुनः आव्हान

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले आन्दोलनका उपलब्धि उल्ट्याउने सपना देख्ने...   
बाबुरामकाे विद्वता यस्ताे, सत्यकाे रंग कस्ताे ?

बाबुरामकाे विद्वता यस्ताे, सत्यकाे रंग कस्ताे ?

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्यकाे परिभाषामा नयाँ तथ्य थपेका छन्...   

अरुण नदीमा खसेको जिप र यात्रु अझै भेटिएनन्

सुनसरी । संखुवासभा सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरान आउँदै गरेको जिप अरुण नदीमा खस्दा एकै परिवारका...   
महासेनानी यमबहादुर अधिकारी सहायक रथीमा बढुवा

महासेनानी यमबहादुर अधिकारी सहायक रथीमा बढुवा

काठमाडौं । सरकारले नेपाली सेनाका महासेनानी यमबहादुर अधिकारीलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको...   

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं । सरकारले गत भदौ २६ र ३१ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ ।...   

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

काठमाडौं । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–११...   
मेडिकल कलेजका विद्यार्थीहरुले मागे शिक्षामन्त्रीको राजीनामा

मेडिकल कलेजका विद्यार्थीहरुले मागे शिक्षामन्त्रीको राजीनामा

पोखरा । पोखराका गण्डकी मेडिकल कलेजमा विद्यार्थीहरु फेरि आन्दोलनमा उत्रिएका छन्। आन्दोलित विद्यार्थीहरुले...   
चिकित्सा शिक्षाका बेथितिविरुद्ध अनेरास्ववियूकाे गम्भिर ध्यानाकर्षण

चिकित्सा शिक्षाका बेथितिविरुद्ध अनेरास्ववियूकाे गम्भिर ध्यानाकर्षण

काठमाडाैं । पछिल्लाे समय चिकित्सा शिक्षाका क्षेत्रमा बढ्दै गएका विकृति, विसंगती र बेथितिका विरुद्धमा...   
कांग्रेसतर्फ लक्षित गर्दै सञ्चारमन्त्रीले भने-सरकार कसैले दाइजो दिएको होइन

कांग्रेसतर्फ लक्षित गर्दै सञ्चारमन्त्रीले भने-सरकार कसैले दाइजो दिएको होइन

विराटनगर । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेकपालाई सरकार चलाउन कसैले दाइजोमा नदिएको बताएका छन्।...   

बसको ठक्करबाट राजधानी निवासी भट्टकाे मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ मा यात्रुवाहक बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top