Khabar Dabali Logo
  October 17, Thu

ट्रम्पको भ्रमणअघि दुई कोरियाबीच वार्ता हुने सम्भावना कति ?

सियोल ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण हुनुअघि दुई कोरियाबीच शीर्ष तहमा तत्काल वार्ता सम्भव नरहेको दक्षिण कोरियाली एकीकरण मन्त्री किम इयोन चुलले बिहीबार बताएका छन् ।

संसदमा विदेश मामिला र एकीकरण सम्बन्धमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री किमले तत्काल दुबै कोरियाका नेताहरुबीच भेटवार्ता होला भन्ने आफूलाई नलागेको स्पष्ट गरे।

यसअघि दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले उत्तर कोरियाली नेतासँग भेटवार्ता हुन सक्ने बताएका थिए ।

राष्ट्रपति ट्रम्पले अगामी शनिबारबाट दक्षिण कोरियाको दुई दिने भ्रमण गर्न लागेका छन् । उनको कोरियाको औपचारिक भ्रमणका लागि शनिबार सियोल आइपुग्नेछन् ।

सो भ्रमणको क्रममा ट्रम्पले दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनसँग आइतबार भेटवार्ता गर्ने ब्लु हाउसले जनाएको छ ।

दुई नेताबीचको भेटका क्रममा अमेरिका र दक्षिण कोरियाबीचको परम्परागत सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा कोरियाली द्वीपलाई आणविक निशस्त्रीकरण गर्ने विषयमा छलफल हुने बताइएको छ ।

मुन र ट्रम्पबीच तीन महिनाभन्दा कम समयमा पुनः भेटवार्ता हुन लागेको हो । यसअघि गत अप्रिलमा यी दुई नेताबीच वासिङ्टनमा भेटवार्ता भएको थियो ।

सन् २०१७ को नोभेम्बरमा दक्षिण कोरियाको राजधानी सियोलको भ्रमण गर्नु भएको थियो । दक्षिण कोरिया भ्रमण गर्नुअघि जापानको ओशाकामा हुने जि२० सम्मेलनमा शुक्रबार र शनिबार ट्रम्पले सहभागिता जनाउनेछन् ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनको निमन्त्रणामा ट्रम्पको यो भ्रमण हुने लागेको हो ।सिन्हवा

असार १० गते, २०७६ - १५:०७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लुम्बिनीमा भिक्षुलाई कठिन दान

लुम्बिनीमा भिक्षुलाई कठिन दान

लुम्बिनी । वर्षाबासमा बसेका भिक्षुलाई लुम्बिनीमा आज कठिन दान गरिएको छ । बौद्ध परम्पराअनुसार राजकीय...   
पृथ्वीको अन्त्य हुन लागेको भन्दै नौ वर्षदेखि जमिनमुनि बसेको ६ जनाको  उद्धार

पृथ्वीको अन्त्य हुन लागेको भन्दै नौ वर्षदेखि जमिनमुनि बसेको ६ जनाको उद्धार

काठमाडौं । नेदरल्यान्ड्सको रुइनरवोल्डमा रहेको एक फार्महाउसको गोप्य सेलरमा लुकिरहेको एक परिवारलाई...   

काङ्ग्रेसले कात्तिक १ र २ गते प्रशिक्षण गर्दै

काठमाडौं । नेपाली काङ्ग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी कात्तिक १...   

सांसदहरू धमाधम पक्राउ परेपछि यसाे भन्छन् डा. बाबुराम भट्टराई

गोरखा । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले देशको...   

वाणिज्य बैंकले ३० जनालाई निःशुल्क प्रशिक्षण दिँदै

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले २८ वर्ष ननाघेका कम्तीमा स्नातक तह उत्तीर्ण ३० जना युवालाई निःशुल्क...   
उपप्रधानमन्त्री पोखरेल चीन प्रस्थान

उपप्रधानमन्त्री पोखरेल चीन प्रस्थान

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल छिमेकी चीनको उहानमा हुने सातौँ विश्व सैन्य...   
विश्व सैनिक गृष्मकालीन खेलकूद प्रतियोगिताको झण्डोत्तोलन

विश्व सैनिक गृष्मकालीन खेलकूद प्रतियोगिताको झण्डोत्तोलन

काठमाडौं । सातौँ विश्व सैनिक गृष्मकालीन खेलकूद प्रतियोगिता मा सहभागी राष्ट्रको आज यहाँ झण्डोत्तोलन...   

सिरियाबाट सैनिक फिर्ता नगर्न अमेरिकी सांसदको आग्रह

वासिङटन । अमेरिकी तल्लो सदन “हाउस अफ रिप्रिजेन्टेटिभ्स”ले बुधबार युद्धग्रस्त मुलुक सिरियाबाट अमेरिकी...   

छिमेकिको खुकुरी प्रहारबाट एक जनाको मृत्यु, दुई जना घाइते

मकवानपुर । मकवानपुरमा एक व्यक्तिले छिमेकीमाथि खुकुरी प्रहार गर्दा एक जना मारिएका छन् भने अन्य दुई...   
फेक मतदाताले भोट हालेपछि एनआरएन मतदानस्थलमा फेरि तनाव

फेक मतदाताले भोट हालेपछि एनआरएन मतदानस्थलमा फेरि तनाव

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनको मतदानस्थलमा फेरि तनाव भएको छ । निर्वाचन समितिले फेक मतदातालाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top