Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

लडाकुद्वारा कब्जा गरिएको जिल्ला सुरक्षाकर्मीले लियाे फिर्ता

अफगानिस्तान । अफगानिस्तानको सरकारी सुरक्षा फौजले तालिबानले यसअघि कब्जामा लिएको बिलचिराग जिल्ला फिर्ता गराएको छ ।

उत्तरी अफगानिस्तानको फार्याब प्रान्तमा अवस्थित सो जिल्लामा यसअघि तालिबानले कब्जा जमाएका थिए । उक्त प्रान्तका प्रान्तीय गभर्नरले मङ्गलबार एक विज्ञप्ति प्रकाशन गरी सो कुराको जानकारी गराएका समाचारमा जनाइएको छ ।

उक्त जिल्ला तालिबानबाट फिर्ता गराउनका लागि यहाँको सरकारी सुरक्षा फौजले जमिन र हवाई आक्रमण गरेको थियो । तर विगतमा सम्भव भएको थिएन ।

तर मङ्गलबार बिहानैदेखि सुरक्षा फौजले थालेको एक विशेष प्रकारको ‘अप्रेसन’ पछि आज नै सो जिल्ला सरकारले नियन्त्रणमा लिन सफल भएको उक्त विज्ञप्तिमा जानकारी गराइएको छ ।

सरकारले पुनः आफ्नो नियन्त्रणमा लिएको सो जिल्लामा ठूलो संख्याका प्रहरी रहने छन् । यहाँका नागरिकलाई शान्ति सुरक्षाको सुनिश्चितता गर्न उक्त क्षेत्रमा ठूलो संख्याका प्रहरी रहने जानकारी उक्त प्रान्तका प्रान्तीय गभर्नरद्वारा जारी गरिएको विज्ञप्तिमा जानकारी दिइएको छ ।

तर सो विज्ञप्तिमा उक्त जिल्लामा भएको कारबाहीका क्रममा के कति नागरिकको ज्यान गएको छ वा छैन भन्ने बारेमा भने केही पनि बताइएको छैन ।

उक्त जिल्लासहित सो फार्याब प्रान्तमा दिगो शान्ति सुरक्षा कायम राख्नका लागि यहाँको सरकारी सुरक्षाकर्मीहरुले विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको पनि बताएका छन् ।
उक्त बिलचिराग जिल्लामा यहाँका तालिबानहरुले करिब दुई वर्षदेखि शासन गर्र्दै आएका थिए । यस जिल्ला तालिबानको कब्जाबाट फिर्ता यहाँको सरकारी सुरक्षा फौजले पटक पटक प्रयास गर्दै आएको थियो ।

तर सो प्रयास मङ्गलबार मात्र सफल भएको अधिकारीहरुले जनाएका छन् ।एएफपी

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies