Khabar Dabali Logo
  June 3, Wed

समृद्धिका लागि व्यावसायिक शिक्षा अपरिहार्य – मन्त्री पोखरेल

बर्दिवास । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले समृद्धिका लागि व्यावसायिक शिक्षाको प्रवद्र्धन आवश्यक भएको बताएका छन्।

आज बिहान महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–५ सीतापुरस्थित माध्यमिक विद्यालय भङ्गाहा, सीतापुर, सिद्धपुरको निर्माणाधीन कृषि शिक्षा भवनको निरीक्षणपछि अभिभावक, शिक्षक र विद्यार्थीलाई मन्त्री पोखरेलले सो कुरा बताएको हो । सो माविमा कृषि विषयको पठनपाठनका लागि मन्त्री पोखरेलकै सिफारिसमा संसदीय विकास कोषबाट रु ७० लाखको लागतमा नयाँ भवन बन्दैछ ।

स्थानीय तहका जनप्रतिनिधि, अभिभावक, शिक्षक र विद्यार्थीसँगको कुराकानीमा मन्त्री पोखरेलले सामुदायिक विद्यालयको पठनपाठनमा सुधार नगरिएसम्म आम जनताका छोराछोरीले रोजगारमूलक गुणस्तरीय शिक्षा पाउन नसक्ने बताए । अहिले १० वर्षे विद्यालय सुधारको कार्यक्रम नै बनाएर सरकार अघि बढेको मन्त्री पोखरेलले जानकारी दिए ।

मन्त्री पोखरेलले नयाँ भवनमा कृषि शिक्षासम्बन्धी प्रयोगशाला रहने बताए । विद्यालय सुधार कार्यक्रमअनुसार नै अब कक्षा ८ सम्मका पाठ्यपुस्तक रङ्गीन बनाउन लागिएको उनको भनाइ थियो । आठ कोठे दुईतले भवन निर्माण भएपछि आउने शैक्षिक सत्र २०७७ को पठनपाठन नयाँ भवनमा शुरु गरिने विद्यालयका प्रधानाध्यापक श्रीराम यादवले जानकारी दिए ।

असार १० गते, २०७६ - ११:५१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुकुममा वडाध्यक्षको नेतृत्वमा प्रहरी चौकी तोडफोड

रुकुममा वडाध्यक्षको नेतृत्वमा प्रहरी चौकी तोडफोड

रुकुम पश्चिम । मुसीकोट नगरपालिका–१४ छिवाङ ज्युलामा रहेको अस्थायी प्रहरीचौकीमा वडाध्यक्षको नेतृत्वमा...   

मनाङ प्रवेशमा रोक

मनाङ । कोभिड–१९ को सङ्क्रमण नेपालका विभिन्न क्षेत्रमा फैलिँदै गएपछि मनाङ प्रवेशमा रोक लगाइएको छ ।...   
धारिलो हतियार प्रहार गरी श्यामनारायण तिवारीको हत्या

धारिलो हतियार प्रहार गरी श्यामनारायण तिवारीको हत्या

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–९ हरनामपुरमा गए राति एक व्यक्तिको हत्या भएको छ । हरनामपुरका करिब...   
डोटीमा कोरोना सर्ने भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिट

डोटीमा कोरोना सर्ने भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिट

डोटी । जिल्लाको शिखर नगरपालिका–९ दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेब रमेश कुँवरमाथि तीन जनाको...   
कोरोना भाइरस र विरोधले अमेरिकामा विद्यमान जातीय विभेदको दुरावस्था देखाउछ

कोरोना भाइरस र विरोधले अमेरिकामा विद्यमान जातीय विभेदको दुरावस्था देखाउछ

जेनेभा । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको महामारीको असङ्गत प्रभाव र जर्ज फ्लोडको मृत्युलाई...   

ग्यास चुहिएर आगलागी हुँदा घाइते भएका पाँचमध्ये दुई जनाको मृत्यु

बनेपा । कोठामा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भएका काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–७...   

क्वारेन्टिनमा रहेका एक पुरुषको मृत्यु

पाल्पा । भारतबाट फर्किएर क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा आज मृत्यु भएको छ । पूर्वखोला...   
रुकुमको सोती घटना प्रकरण : मुख र टाउकोमा कपडाले बाँधेको अवस्थामा बेपत्ता शाहीको शव फेला

रुकुमको सोती घटना प्रकरण : मुख र टाउकोमा कपडाले बाँधेको अवस्थामा बेपत्ता शाहीको शव फेला

जाजरकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीगाउँमा गत शनिबार भएको घटनामा बेपत्ता भएका थप एक...   

विगत केही दिनदेखि परेको व्यापक वर्षापछि गएको पहिरोमा परी २० जनाको मृत्यु

आसाम । भारतीय उत्तरपूर्वी राज्य आसाम राज्यमा विगत केही दिनदेखि परेको व्यापक वर्षापछि गएको पहिरोमा...   

कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई सरकारले एक लाख दिने

बुटवल । प्रदेश नं ५ सरकारले प्रदेशमा कुनै पनि नागरिकको कोरोना संक्रमणका कारण मृत्यु भएमा मृतकको परिवारलाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top