Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

विप्लवका दुई कार्यकर्ता हतियारसहित पक्राउ

मोरङ । मोरङको कानेपोखरी गाउँपालिकाबाट प्रहरीले दुई थान आधुनिक पेस्तोलसहित विप्लव समूहका जिल्ला जनपरिषद प्रमुखसहित दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले सुन्दरहरैंचा नगरपालिका वडानम्बर १२ बस्ने ४० वर्षीय अशोक राई तथा कानेपोखरी गाउँपालिका वडानम्बर ६ बस्ने ३४ वर्षीय सुदिप भन्ने कंश धिमाल र उर्लाबारी नगरपालिका २ सालबारीका ४८ वर्षीय केन्द्र धिमाललाई पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनालाई प्रहरीले सोमबार पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेको छ । पक्राउ परेका तीन जना मध्ये केन्द्र धिमाल भने विप्लव कार्यकर्ता होइनन् । उनी भरुवा बन्दुक बनाउने र बिक्री गर्ने कार्यमा सक्रिय रहेको बताइएको छ ।  प्रहरीले उनीहरुको साथबाट बरामद गरेको हतियार पनि सार्वजनिक गरेको छ ।

विप्लप नेतृत्वको नेकपाले नेपाल बन्दको आयोजना गरेको अवस्थामा प्रहरीले उनीहरुको गतिविधि निगरानी गरिरहेको थियो । सोही क्रममा हतियारसहित हिडिरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बेलबारीबाट गएको प्रहरी टोलीले बेलबारी नगरपालिका ३ स्कुल डाँडाबाट मोटरसाइकलमा सवार अशोक राई र कंश धिमाललाई पक्राउ गरेको मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । खोजतलासको क्रममा कंश धिमालको घरमा लुकाई राखेको दुई थान अटोमेटिक पेस्तोल त्यसमा लाग्ने म्यागजिन र १४ थान गोलीसमेत बरामद गरेको प्रहरीले जनाएको छ । 

पक्राउ गरिएका अशोक राई विप्लव समूहको जिल्ला जन परिषद प्रमुख तथा कंश धिमाल सक्रिय कार्यकर्ता रहेको उनले बताए । कंश धिमाल यसअघि २०६६ सालमा झापा दमकको लक्ष्मी बैंक लुटपाट घटनामा ७ वर्ष कैद भुक्तान गरिसकेका तथा उर्लाबारी मंगलबारेस्थित सुनचाँदी पसल लुटपाट घटनामा मुद्दामा चलाइएका व्यक्ति रहेको उनले जानकारी दिए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies