Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

ईरानसँगको युद्धबाट यसकारण अमेरिका पछाडि हट्छ

काठमाडाैं। आफ्नो ड्रोनलाई इरानले ध्वस्त पारिदिएपछि आक्रामक बनेको अमेरिका ईरानविरुद्ध सिधा युद्धको उद्घोष नै गरेको छ । अमेरिकाले इरानका कयौं सैन्य अखडामा साइबर हमलासमेत गरेको छ । तर, अमेरिका ईरानसँगको युद्धबाट पछाडि हट्दै गरेको खबर अन्तराष्ट्रिय मिडियाले लेखेका छन् ।

अमेरिकी विदेश मन्त्रालयले ईरानसँगको युद्धबाट आफुँलाई नै बढि घाटा हुने औंल्याएपछि अमेरिका ईरानविरुद्धको युद्धबाट पछाडि हट्दै गरेको हो । अमेरिकाको विदेश मन्त्रालयका सल्लाहकार एरान डेविड मिलर र अन्य रिसर्च टिमले ईरानसँगको युद्धबाट अमेरिकालाई नै घाटा हुने औंल्याएका छन् ।

युद्धको सार्थक अन्त्य नहुने
ट्रम्प प्रशासनले युद्धको लागि कुनै लक्ष्यको घोषणा गरेको छैन् । यसैपनि ईरान एक शक्तिशाली र ठूलो देश हो । ईरानलाई सामान्य रुपबाट झुकाउन सकिंदैन् । ईरानमा कुनै त्यस्तो विपक्षी छैन् जोसँग अमेरिकाको सम्बन्ध होस् । यदि अमेरिकाले हस्तक्षेप गर्यो भने ईरान पुरै कट्टर अमेरिका विरोधी बन्नेछ ।

ईरानका शासकलाई कुनै ढंगबाट पनि मजबुर बनाएर अमेरिकाको शर्त मनाउने अवस्था छैन । अमेरिका ईरानमा गर्न सके अस्थिरता पैदा गर्न सक्छ । तर बदलामा ईरानले लेबनान, ईराक, यमन, अफगानिस्तानजस्ता मित्रदेशसँग मिलेर अमेरिकालाई नै समस्यामा पार्न सक्छ ।

तेल बजारमा उथल पुथल आउनसक्ने
पछिल्लो समय, पश्चिम एशियाको बिग्रदो अवस्थासँगै तेल बजारमा निकै अस्थिरता छाएको छ । ओमानमा भएको तेल टैंकरमाथिको हमलासँगै तेलको मुल्यमा बृद्धि आएको थियो । यदि युद्ध भए खाडी क्षेत्रमा तेल व्यापार गर्न अमेरिकाको लागि ठूलो संकट निम्तिन सक्छ ।

ईरान आफ्नो सैन्य उपकरणमा पनि शक्तिशाली छ जसको कारण खाडीबाट अमेरिका जाने तेल टैंकरहरु निशानामा पर्न सक्छन् । ईरान अमेरिका जाने तेलको बाटो रोक्न सक्छ ।

एक्लिने डर
कोरियाविरुद्ध सन् १९५३ मा भएको युद्ध पछाडि अमेरिका जति पनि युद्धहरु लडिरहेको छ, उसले सँगै अर्को देशलाई साथमा लिएर लडेको छ । यदि यस समय ईरानविरुद्ध युद्ध छेडेको खण्डमा ब्रिटेन, साउदी अरब, यूएई र इजरायलसमेत अमेरिकाको विपक्षी बन्न सक्छन् ।

पछिल्लो समय रुस र अमेरिकाबीच सम्बन्ध त्यति राम्रो छैन् । चीनसँग त अमेरिकाको आर्थिक युद्ध नै जारी छ । यस्तो अवस्थामा अमेरिकाको विरुद्ध अन्य शक्तिशाली देशहरुको मोर्चाबन्दी हुनसक्छ ।

युद्धमा फसिरहने जोखिम
अमेरिका अन्तहिन युद्ध चाहँदैन् । जसको उदाहरण अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्तालाई पनि हेर्न सकिन्छ । धेरै पटक अमेरिकाले भनेको पनि छ कि, उ फाईदा नहुने र समय बर्बाद हुने युद्धको पक्षमा छैन् । ईरानसँग पनि अमेरिकाले युद्धको विकल्पको रुपमा वार्ता गर्न चाहेको विषय धेरैपटक सार्वजनिक गरेको छ ।

युद्ध भए के हुन्छ ?
अमेरिकाको रक्षा मुख्यालय पेन्टागनको ताजा समिक्षालाइ हेर्दा, युद्ध भए अमेरिकाले ईरानलाई दुई दिनभित्रमा कब्जा गर्न सक्छ । ईरानको हरेक संरचनालाई सिध्याउन सक्छ । तर मुख्य पक्ष यदि यस्तो भएमा ईरानले अमेरिकालाई कस्तो नोक्सान पु¥याउन सक्छ त्यो भने अनविज्ञताको विषय छ ।

युद्धले निम्त्याउने आर्थिक संकट
अन्तराष्ट्रिय बजारको ४० प्रतिशत तेलको हिस्सा हरमूजको खाडीबाट जाने गर्दछ । ईरान हरमुजको तेललाई रोक्नलाई सक्षम छ । युद्ध भयो भने ईरानले जसलाई पनि नोक्सान पु¥याउन सक्छ । जसको कारण विश्व बजारमै तेलको मुल्यबृद्धि हुनसक्छ । जसले गर्दा विश्व अर्थव्यवस्थामा नै प्रतिकुल असर देखिन सक्छ । जानकारले बताएअनुसार युद्ध भए अमेरिकाकै साथ दिने राष्ट्रहरु ईरानको पक्षमा लाग्न सक्छन् ।

यमनमा भएका हउथी विद्रोहीहरु मार्फत साउदी अरब ड्रोन–मिसाइलबाट अमेरिकालाई हमला गर्न सक्छ । ईराकमा शिया कट्टरपन्थी मार्फत हिजबुल्लाहको मद्दतबाट इजरायल र अन्य अमेरिकी प्रतिष्ठानमाथि हमला गर्न सक्छ । शिया कट्टरपन्थी संगठनले बददादस्थित अमेरिकी दुतावासलाई पुरै निशाना बनाउन सक्छ । एजेन्सीकाे सहयाेगमा

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies