Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

युद्धले थलिएको रुकुमका महत गाउँले विकासको यस्ता उच्च गति लिन थाले

काठमाडौँ । द्वन्द्वले थिलथिलो भएको रुकुम पूर्वको महत गाउँले अहिले विकासको गति लिन थालेको छ । शान्ति स्थापना भएको करिब डेढ दशकको अवधिमा महतले विकासमा फड्को मारेकोमा स्थानीय खुसी छन् । अहिलेका तीनै तहका सरकारको ध्यान गाउँमा पुगेको महसुस महतवासीले गर्दै गएका छन् । पछिल्लो समय बढेको विकासको गतिले विगतको युद्धको घाउलाई बिस्तारै मेटाउँदै लगेको स्थानीय कमल बुढाले बताए ।

आजको नयाँ पत्रिका दैनकिमा खबर छ सामान्यसमेत सुविधा नरहेको महतमा अहिले आधारभूत आवश्यकता पूरा हुने अवस्था सिर्जना भएको उनले बताए । सहिद मार्गले छोएको महतवासीको गाडी चढ्ने सपना पूरा भइसकेको छ । सो मार्गले रुकुम, रोल्पालाई दाङसँग जोड्छ । यो सडक माओवादीले युद्धकालमै सुरु गरेको थियो । यो सडक निर्माणाधीन छ । अहिले महतवासीले इन्टरनेटको प्रयोग गर्न पाएका छन् । टुकीको प्रयोगमा उज्यालो देख्न पाएका महतवासीको घर–घरमा अहिले २४ घन्टै विद्युत्को पहुँच पुगेको छ । फोन र स्वास्थ्य सेवा पनि बिस्तारै प्रभावकारी बनाउने प्रयास भइरहेको गाउँपालिका अध्यक्ष रामसुर बुढाले बताए ।

ऐतिहासिक महत्व बोकेको महतको समग्र विकासका लागि आफूहरूको ध्यान गएको उनले बताए । महतलाई विकासमा नमुनाका रूपमा अगाडि बढाएर युद्धको घाउलाई पुर्ने गरी तीनै तहबाट विशेष योजनाका साथ काम भइरहेको उनको भनाइ छ । माओवादीले सञ्चालन गरेको १० वर्षे शसस्त्र द्वन्द्वका क्रममा महतबाट मात्र ५८ जनाले ज्यान गुमाए । साबिकको रुकुम जिल्लामा १० वर्षमा धेरै क्षति भएको थियो । राज्य र विद्रोही पक्षबीच पटक–पटक दोहोरो भिडन्त भएका थिए । सोही ठाउँमा माओवादीले प्रहरीका डिएसपी ठूले राईलाई अपहरण गरेका थिए ।

एकीकृत बस्ती विकास हुँदै
भुमे गाउँपालिका–६ महतमा प्रदेश सरकारले एकीकृत बस्ती विकासको अवधारणाअनुसार काम गरिरहेको छ । प्रदेश सभा सदस्य तेजबहादुर ओलीले महतको बृहत्तर विकासका लागि प्रदेशको ध्यान केन्द्रित भएको बताए । महतमा विकासका लागि ठूलो बजेट आइरहेको उनले बताए । उनका अनुसार यो वर्ष मात्र प्रदेश सरकारले महतमा ५० लाख बजेट खर्च गरेको छ ।

बजेटबाट एकीकृत बस्ती विकासका लागि यस वर्ष बाटो निर्माण र सौर्य बत्ती जडान भएको छ । महत गाउँको बीचमा रहेको आठ सय मिटर बाटो आरसिसी ढलान गरिएको प्रदेश सभा सदस्य ओलीले बताए । यही बाटोको छेउछाउमा सौर्य बत्ती जडान गरिएका छन्, जसले गाउँ रातभर झिलिमिली हुन्छ । त्यस्तै, पहिला नै रहेको बाटोलाई चौडा गरेर ढलान गरिएपछि यातायातका साधन तथा मानिसलाई आवत–जावतमा सजिलो भएको छ ।

एकीकृत बस्ती विकास कार्यक्रम निरन्तर अगाडि बढेको ओलीको भनाइ छ । यस वर्ष ५० लाख बजेटबाट बाटो निर्माण गरिएको र अर्को वर्ष पनि ५० लाख नै बजेट आउने उनले बताए । एकीकृत बस्ती विकास कार्यक्रम पूरा नभएसम्मका लागि बजेट आइरहने उनले बताए । यस कार्यक्रमअन्तर्गत अब महतमा गाउँभित्रका सहायक बाटो निर्माण, ढल निकास, आँगन सुधार, करेसाबारी निर्माणलगायत काम हुनेछन् ।

युद्ध पर्यटनको योजना निर्माण
महतको भौतिक विकाससँगै युद्ध पर्यटनलाई पनि सँगसँगै अगाडि बढाइएको छ । भुमे गाउ“पालिकाले युद्ध पर्यटनको विकास गर्ने गरी योजना बनाएको छ । योजनाअनुसार पहिलो चरणमा डिएसपी ठूले राईलाई अपहरण गर्दा लडाइँको आकृति निर्माण गरिएको गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले बताए । ‘चौकीमाथिको आक्रमण, डिएसपी ठूले राई अपहरणलगायत गतिविधि समेटिएको आकृति तयार गरेर महतमा राखिएको छ,’ अध्यक्ष बुढाले भने, ‘यसका लागि १० लाखभन्दा बढी बजेट विनियोजन भएको छ ।’ उनले त्यसलाई युद्ध संग्रहालयका रूपमा विकास गर्ने र शान्ति प्रवद्र्धनमा सहयोग पु(याउने लक्ष्य राखेको बताए । यसका साथै महतमै शान्तिको सन्देश दिनका लागि भन्दै गौतम बुद्धको प्रतिमा स्थापना गरिएको छ । कुनै वेलाको युद्धको भूमिबाटै शान्तिको सन्देश दिने उद्देश्यले बुद्धको प्रतिमा स्थापना गरिएको गाउँपालिकाले जनाएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies