Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

विपीको मेलमिलाप नीति राप्रपाको मार्गदर्शक सिद्धान्त

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले विपीको मेलमिलापको नीतिलाई आफ्नो मार्गदर्शक सिद्धान्त बनाउने निर्णय गरेको छ । राप्रपाले पृथ्वी नारायण शाहको दिव्य उपदेश, राजा महेन्द्रको राष्ट्रवाद र वि.पि. कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई मार्गदर्शक सिद्धान्तको रुपमा अंगिकार गर्ने निर्णय गरेको हो ।

राप्रपाको शनिबारदेखि काठमाडौंमा बसेको केन्द्रिय समितिको वैठकले पार्टीलाई कांग्रेस र कम्युनिष्टको विकल्पको रुपमा जनतामाझ लैजाने संकल्प गरेको छ । राप्रपाले तेस्रो शक्तिको रुपमा पार्टीलाई विकास गर्नेगरि समान विचार भएका पार्टीहरुसँग पनि पार्टी एकता तथा कार्यगत एकता गर्ने निर्णयसमेत गरेको छ ।

राप्रपाको केन्द्रिय समितिको वैठकले सरकार सर्वसत्तावाद तर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै संघर्षमा जाने निर्णयसमेत निकालेको छ । सरकारले विभिन्न विधेयकमार्फत मुख्य संयन्त्रमा कब्जा जमाउन खोजेको राप्रपाको आशंका छ । राप्रपाले न्यायपालिकालाई समेत पार्टीकरण गर्न खोजिएको ठहर गरेको छ । अनुसन्धान र कारबाही गर्ने निकायहरुलाई प्रधानमन्त्री कार्यालय मार्फत केन्द्रिकरण गर्ने, राज्यको चौथो अंगको रुपमा रहेको आमसंचारलाई काउन्सिल विधेयक मार्फत नियन्त्रण लिने र मानव अधिकारलाई सरकारले पंगु बनाउन खोजेको ठहर राप्रपाकाे छ ।

सरकारले गुठी विधेयक फिर्ता लिएर राम्रो काम गरेको भन्दै राप्रपाले सदियौंदेखिको सनातन धर्म संस्कृतिमाथि हस्तक्षेप नगर्न आग्रह गरेको छ । धर्म परिवर्तन गराउने खेल भईरहेको ठहर गर्दै राप्रपाले देशमा धार्मिक युद्ध हुन नदिन सरकारसँग माग गरेको छ ।

०७६ लाई संगठन निर्माण वर्ष
राप्रपाले ०७६ साललाई संगठन निर्माण वर्षको रुपमा मनाउने निर्णय गरेको छ । ०७६ भित्र ३ लाख सक्रिय सदस्य बनाउने राप्रपाले उद्देश्य लिएकाे छ । साथै राप्रपाले देशभरको सम्पूर्ण नगर तथा गाउँपालिका र वडाहरुमा पार्टी इकाई समितिको गठन तथा पुनर्गठन गर्ने निर्णयसमेत गरेको छ ।

राप्रपाकाे केन्द्रिय समितिकाे वैठकले ७७ वटै जिल्लामा आगामी भदौदेखि स्वाभिमान यात्रालाई निरन्तरता दिने निर्णय गरेको छ । राप्रपाको स्वाभिमान यात्रा ४२ जिल्लामा सम्पन्न भईसकेको छ । राप्रपाले गाउँ र नगरपालिका तहसम्म पार्टीको नीतिबारे प्रशिक्षण कार्यक्रमसमेत संचालन गर्ने निर्णय गरेको छ ।

२२ बुँदे पुरा गराउन संघर्ष
सनातनीक हिन्दु राष्ट्र बनाउनु पर्ने लगायतका २२ बुँदे मागलाई सशक्त ढंगबाट अगाडि लैजाने राप्रपाको केन्द्रिय समितिले निर्णयसमेत गरेको छ । सरकारलाई बुझाएको मागमा सुनुवाई नभएको भन्दै राप्रपाले त्यसैको आधारमा संघर्षमा जाने निर्णय गरेको छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies