Khabar Dabali Logo
  January 23, Thu

उद्योग व्यवसायीद्धारा नवलपरासीमा औद्योगिक सुरक्षा बल राख्न माग

परासी । औद्योगिक क्षेत्रको रुपमा विकास हुँदै आएको पश्चिम नवलपरासीमा औद्योगिक सुरक्षा बल राख्न यहाँका उद्योग व्यवसायीहरूले माग गरेका छन् । असुरक्षाका कारणले उद्योग सञ्चालन गर्न कठिनाई हुँदै गएकोले सरकारी नीति बमोजिम नै औंद्योगिक सुरक्षा बलको व्यवस्था गर्न उनीहरूले माग गरेका हुन् ।

पछिल्लो समय पश्चिम नवलपरासीमा धमाधम उद्योग तथा कलकारखाना स्थापना भइरहेका छन् । विशेषगरी भूमही–परासी–भैरहवा सडक खण्ड, रामग्राम नगरपालिका, सुनवल नगरपालिकामा ठूलाठूला लगानीका उद्योग सञ्चालनमा छन् भने अझै खुल्ने क्रम जारी छ ।

जिल्लामा सिमेन्ट, पेय पदार्थ, मदिरा, छड, मोटरसाइकललगायत बहुराष्ट्रिय कम्पनीका ठूला र मझौला गरी सयौँ उद्योग सञ्चालनमा छन् भने हजारौँको सङ्ख्यामा घरेलु तथा साना उद्योग सञ्चालनमा रहेको उद्योग वाणिज्य सङ्घका जिल्लाअध्यक्ष केशव भण्डारीले बताए ।

लुम्बिनी र भैरहवा क्षेत्रका उद्योग विस्थापित भई यहाँ स्थापना भएको तथा महेशपुर मूल भन्सार सञ्चालनमा आएपछि जिल्लामा उद्योग स्थापना हुने क्रम बढेको उनकोे भनाइ थियो ।

औँद्योगिक लगानी बढ्दै गइरहेका बेला औद्योगिक सुरक्षा बल नितान्त आवश्यक रहेको उल्लेख गर्दै उले भने,“लगानीको वातावरण सिर्जना गर्न औद्योगिक सुरक्षा बलको व्यवस्था गर्न माग गरेका हौँ ।”

औँद्योगिक करिडोर बनाएर सहज रुपमा उद्योग सञ्चालन गर्ने वातावरण सिर्जना गर्न सरकारसँग उद्योगीले माग गरिरहेका छन् । आरती एग्रो इण्ड्रष्ट्रीजका सञ्चालक नगेन्द्र अग्रहरीले राज्यलाई ठूलो मात्रामा राजश्व बुझाएर उद्योग सञ्चालन गरे पनि सुरक्षाको प्रत्याभूति दिन नसकेको बताए ।

“चन्दा, बन्द, हडतालजस्ता क्रियाकलापले हाम्रो मनोबल घटाइरहेको छ, सरकारले सुरक्षाको प्रत्याभूति गराउनुपर्छ, औद्योगिक क्षेत्रको रुपमा विकास भईरहेको यस जिल्लामा औद्योगिक सुरक्षा बल नै आवश्यक छ ।”

उद्योग सञ्चालन भइरहेको स्थानमा स्थानीयवासीबाट विभिन्न बहानामा आन्दोलन हुने र त्यसले उद्योग सञ्चालनमा समेत अवरोध पुर्याउने गरेको उनको भनाइ थियो ।

जिल्लामा औंद्योगिक वातावरण बनिरहेका कारण अन्य ठाउँका उद्योगी पनि यहाँ लगानी गर्न इच्छुक रहेकाले औद्योगिक सुरक्षा बल स्थापना भएर उद्योगको सुरक्षा, कच्चापदार्थ आयात सहज बनाउन सके उद्योगको सङ्ख्या अझै बढ्ने सङ्घका पूर्वअध्यक्ष वीरेन्द्र अग्रहरीले बताए।

प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले उद्योगीको माग जायज भएकाले आगामी जिल्ला सुरक्षा समितिको बैठकमा यस विषयमा निर्णय गरेर गृहमन्त्रालयलाई सिफारिस गरिने बताए । उनले भने, “हाम्रो मुख्य काम नै शान्ति सुरक्षा दिनु हो, सहज रुपमा उद्योग सञ्चालन गर्ने वातावरण हुन्छ, तपाईहरु निर्धक्क भएर उद्योग सञ्चालन गर्नुस् सुरक्षाको प्रत्याभूति हामी गराउँछौँ ।”

असार ८ गते, २०७६ - १३:३४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भलिबल क्लब च्याम्पियनसिप : एपीएफ र न्यू डायमण्ड फाइनलमा

काठमाडौ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब र न्यू डायमण्ड क्लब पाँचौँ संस्करणको आरबीबी एनभीए राष्ट्रिय...   

राष्ट्रकल्याणको कामना गर्दै बुद्ध पूजा

काठमाडौ। राष्ट्रकल्याणको कामना तथा सम्पूर्ण प्राणीको मोक्षको कामना गर्दै आज विशेष बुद्ध पूजा गरिएको...   

दैलेखमा भत्काइए दुई सय ४१ छाउगोठ

दुल्लु । गृह मन्त्रालयको निर्देशनअनुसार छाउगोठ भत्काउने अभियानअन्तर्गत दैलेखमा दिनहुँ धमाधम भत्काउन...   
एशियाकै लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा

एशियाकै लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा

बलेवा । बागलुङ–पर्वत जोड्ने एशियाकै लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । गत वर्ष चैतबाट...   

हजारको नोट नसाटिँदा खुलेको सहारा देशकै ठूलो सहकारी

सुरुङ्गा । तत्कालीन चारपाने गाउँ विकास समितिको चारपाने बजारमा २३ वर्ष अघि रु एक हजारको नोट खुजुरा...   
बुद्धिचालको उपाधि हेटौँडाका थापालाई

बुद्धिचालको उपाधि हेटौँडाका थापालाई

चिप्लेढुङ्गा । पोखरा महोत्वसका अवसरमा आयोजना गरिएको बुद्धिचाल प्रतियोगिताको उपाधि हेटौँडाका कृष्ण...   
यी युवा सय किलोकी दुलहीको खोजिमा, तीन सय युवतीको प्रस्ताव अस्वीकार

यी युवा सय किलोकी दुलहीको खोजिमा, तीन सय युवतीको प्रस्ताव अस्वीकार

२७ वर्षीया पाकिस्तानी वेटलिफ्टर उनको भीमकाय शरीरलाई मिल्ने पत्नीको खोजीमा छन् । ४४४ केजीका वेटलिफ्टर...   

सरकारको लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव

इनरुवा । प्रदेश नं १ सरकारले पाँच लाख पर्यटक भित्र्याउन लिएको लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव...   

आश्रमले भेटाइदियो भारतका सुखबहादुरकाे आफन्त

बागलुङ । गत मङ्सिर १७ गते राति हरियाणा, भारतका सुखबहादुर बेवारिसे अवस्थामा बागलुङ बजारमा भेटिए। नबोल्ने,...   

अबदेखि मापसे गर्ने चालकलाई हिरासतमा राखेर कारवाही गर्ने

धादिङ । मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई हिरासतमा राखेर मुद्दा चलाइने भएको छ । जिल्ला प्रशासन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top