Khabar Dabali Logo
  January 23, Thu

पाँच दिनदेखि डोल्पा अस्पतालमा औषधि अभाव

जाजरकाेट । दुई हप्तादेखि टाइफाइड र ज्वरोको बिरामीको सङ्ख्या बढेपनि डोल्पा अस्पतालमा औषधि नहुँदा समस्या भएको छ । टाइफाइड जाँच गर्नका लागि आवश्यक पर्ने किट (हुइडल पेष्ट रियाजेन्ट) नहुँदा समस्या उत्पन्न भएको हो । पाँच दिनदेखि यो औषधि अभाव हुँदा अस्पतालमा आएका बिरामीहरु उपचारमा चुनौती थपिएको डा. सिजन रावलले बताए ।

मौसम परिवर्तनसँगै डोल्पामा बिरामी बढेपनि टाइफाइड पत्ता लगाउने किट (औषधी) नै नहुँदा समस्या भएपछि अनुमानका आधारमा उपचार गर्न बाध्य भएको डाक्टर रावलले बताए । यातायात र हवाई यातायातको सहज पहुँच नभएको डोल्पामा औषधिको आपुर्तिमा ढिलासुस्ती गर्दा धेरै बिरामीले निजी औषधि पसलमा उपचार गर्न बाध्य भएका छन् ।

अस्पताल प्रशासनले औषधि अभाव भएको जानकारी प्रदेश सरकारलाई गराएपनि माग पुर्ति नभएको बताएको छ । डोल्पा अस्पताल प्रदेशको मातहतमा रहेकाले कुनै पनि कुरा अभाव भएमा पुर्ति गर्ने जिम्मा प्रदेश सरकारको रहेको छ । त्यस्तै दुई जना डाक्टरको दरबन्दी भएको डोल्पा अस्पतालमा एक जना मात्र डाक्टरले काम गरिरहेका छन् । करारमा एक जना डाक्टर कार्यरत छन् ।

अस्पतालमा डिजिटल एक्सरेसमेत नहुँदा पुरानो एक्सरेबाट काम सञ्चालन हुँदैआएको छ । त्यस्तै बिरामीलाई दिने अक्सिजनसमेत नहुँदा दैनिक समस्या पैदा आएको छ । जीर्ण भवनमा उपचार गर्दा समस्या हुँदैआएको छ । अस्पताल निर्माणका लागि डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) भएपनि अहिलेसम्म बोलपत्र आह्वान हुनसकेको छैन ।

असार ८ गते, २०७६ - १२:५४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भलिबल क्लब च्याम्पियनसिप : एपीएफ र न्यू डायमण्ड फाइनलमा

काठमाडौ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब र न्यू डायमण्ड क्लब पाँचौँ संस्करणको आरबीबी एनभीए राष्ट्रिय...   

राष्ट्रकल्याणको कामना गर्दै बुद्ध पूजा

काठमाडौ। राष्ट्रकल्याणको कामना तथा सम्पूर्ण प्राणीको मोक्षको कामना गर्दै आज विशेष बुद्ध पूजा गरिएको...   

दैलेखमा भत्काइए दुई सय ४१ छाउगोठ

दुल्लु । गृह मन्त्रालयको निर्देशनअनुसार छाउगोठ भत्काउने अभियानअन्तर्गत दैलेखमा दिनहुँ धमाधम भत्काउन...   
एशियाकै लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा

एशियाकै लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा

बलेवा । बागलुङ–पर्वत जोड्ने एशियाकै लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । गत वर्ष चैतबाट...   

हजारको नोट नसाटिँदा खुलेको सहारा देशकै ठूलो सहकारी

सुरुङ्गा । तत्कालीन चारपाने गाउँ विकास समितिको चारपाने बजारमा २३ वर्ष अघि रु एक हजारको नोट खुजुरा...   
बुद्धिचालको उपाधि हेटौँडाका थापालाई

बुद्धिचालको उपाधि हेटौँडाका थापालाई

चिप्लेढुङ्गा । पोखरा महोत्वसका अवसरमा आयोजना गरिएको बुद्धिचाल प्रतियोगिताको उपाधि हेटौँडाका कृष्ण...   
यी युवा सय किलोकी दुलहीको खोजिमा, तीन सय युवतीको प्रस्ताव अस्वीकार

यी युवा सय किलोकी दुलहीको खोजिमा, तीन सय युवतीको प्रस्ताव अस्वीकार

२७ वर्षीया पाकिस्तानी वेटलिफ्टर उनको भीमकाय शरीरलाई मिल्ने पत्नीको खोजीमा छन् । ४४४ केजीका वेटलिफ्टर...   

सरकारको लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव

इनरुवा । प्रदेश नं १ सरकारले पाँच लाख पर्यटक भित्र्याउन लिएको लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव...   

आश्रमले भेटाइदियो भारतका सुखबहादुरकाे आफन्त

बागलुङ । गत मङ्सिर १७ गते राति हरियाणा, भारतका सुखबहादुर बेवारिसे अवस्थामा बागलुङ बजारमा भेटिए। नबोल्ने,...   

अबदेखि मापसे गर्ने चालकलाई हिरासतमा राखेर कारवाही गर्ने

धादिङ । मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई हिरासतमा राखेर मुद्दा चलाइने भएको छ । जिल्ला प्रशासन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top