Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

लेखिकाले लगाइन् ट्रम्पमाथि यस्ताे अाराेप

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले १९९० को मध्यतिर एक डिपार्टमेन्टल स्टोरको लुगा फेर्ने कोठामा आफूले बलात्कार गरेको भन्ने आरोप कल्पनामा आधारित भएको बताएका छन्।

ट्रम्पले आफूले ई. जीन क्यारोललाई कहिल्यै नभेटेको र उनले आफ्नो नयाँ किताबको बिक्री बढाउन त्यस्तो आरोप लगाएको बताए।

लेखिका क्यारोलले सो समयमा एक साथीले अदालतमा उक्त मुद्दा जित्न नसकिने सुझाव दिएका कारण प्रहरीमा जाहेरी नदिएको बताएकी छन्।

उनको लेख न्यूयोर्क म्यागजिनमा शुक्रवार प्रकाशित भएको छ। ट्रम्पले आफूमाथि एक दर्जनभन्दा बढी महिलाहरूले लगाएको बलात्कारको आरोपहरू अस्वीकार गरिसकेका छन् ।

लेखका क्यारोलले सन् १९९५ को अन्त्य वा सन् १९९६ को सुरुतिर बर्गडर्फ गुडम्यानका ट्रम्पलाई भेटेको र उनलाई घरजग्गा व्यापारीका रूपमा चिनेको बताएकी छन्।

उनका अनुसार त्यसबेला ट्रम्पले आफू \'एक केटी\'को लागि उपहार किन्न आएको बताएका थिए।

उनले ट्रम्पले आफूलाई टेलिभिजनमा देखेको बताएको र उनीहरूले एकअर्कालाई भित्रीवस्त्र किन्न उक्साउँदै जिस्किएको लेखेकी छन्।

उनीहरू लुगा फेर्ने कोठामा छिरेको र त्यहाँ आफू बलात्कृत भएको उनको आरोप छ।

त्यो समयमा ट्रम्प र क्यारोल करिब ५० वर्षका थिए र ट्रम्प मार्ला म्यापलसँग विवाहित थिए।

क्यारोलले आफूले सो घटना दुईजना साथीहरूलाई सुनाएको र एकजनाले प्रहरीमा जान सुझाव दिएको बताएकी छन्।

तर उनका अनुसार अर्को साथीले कसैलाई नभन्न भन्दै उनलाई भनेकी थिइन्, \'बिर्सिदेउ! उसका दुई सय वकिल छन्। तिमीले जित्दैनौ।\'

ट्रम्पमाथिको आरोप क्यारोलले लेखेका छवटा आक्रमणका आरोपहरू मध्येको एक हो।

क्यारोलले ट्रम्प त्यस्तो गर्ने अन्तिम पुरुष भएको र त्यो घटनापछि आफूले कसैसँग यौनसम्पर्क नराखेको भन्दै लेख टुङ्ग्याएकी छन्।

\"मैले यो मानिसलाई आफ्नो जीवनका कहिल्यै भेटेको छैन,\" अमेरिकी राष्ट्रपतिले एक विज्ञप्तिमा भनेका छन्।

\"उनले आफ्नो नयाँ पुस्तक बेच्न चाहेकी हुन् - यसैबाट उनको उद्देश्य स्पष्ट देखिन्छ। यो उपन्यासको रूपमा बिक्री हुनुपर्छ।\"

ट्रम्पले डेमोक्र्याटिक पार्टीले क्यारोल वा न्यूयोर्क म्यागाजिनसँग सम्बन्ध बढाएको जानकारी भए ह्वाइट हाउसलाई सूचना दिन भनेका छन्।

उनले पत्रिकालाई पनि मिथ्या समाचारसँग खेलेको आरोप लगाएका छन्।

ट्रम्पको भनाइ छ, \"कुनै प्रमाण नभएको अवस्थामा यस्तो कुरामा विश्वास गर्नु मानिसहरूका लागि दु:खद कुरा हो।\" बिबिसि

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies