Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

खेल राष्ट्रिय एकताको आधार पनि हो – अध्यक्ष प्रचण्ड

कास्की। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खेल राष्ट्रिय एकताको आधारसमेत भएको बताएका छन्।

कास्की जिल्ला भलिबल सङ्घको आयोजनामा पोखराको तालबाराही बिच भलिबल कोर्टमा आजदेखि शुरु छैटौँ महिला तथा सातौँ राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिता उद्घाटन गर्दै उहाँले नेपालमा हरेक किसिमका खेलका लागि अनुकूल वातावरण रहेकाले राज्यले खेलको विकासका लागि प्राथमिकता दिनुपर्ने बताए ।

खेलाडीलाई उत्प्रेरित गर्न र यसबाट पनि सम्मानित जीवन जीउन सकिन्छ भन्ने वातावरण तयार गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष दाहालले आफूले खेलका साथै संस्कृति र कलालाई पनि उच्च प्राथमिकतामा राख्दै आएको उल्लेख गरे ।

पोखरा नेपालको प्रमुख पर्यटकीय गन्तव्य भएको चर्चा गर्दै उनले यहाँको विकासले समग्र राष्ट्रको विकासमा टेवा पु¥याउने बताए ।

पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै सम्पन्न हुने आशा पलाएको छ भन्दै अध्यक्ष दाहालले फेवाताल संरक्षणका लागि पनि आफूले पहल गर्ने जानकारी दिए ।

पोखराको रत्न मन्दिर र हिमा गृहलाई सर्वसाधारणका लागि खुला गर्न पर्यटन व्यवसायीले ध्यानाकर्षण गराएकाले यसका लागि सरकार एवं सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराइने उनले बताए ।

पोखरामा बढ्दो सवारी चापको अवस्थासँगै चक्रपथ निर्माणको विषय अघि आएको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष दाहालले यसका लागि प्रक्रिया अघि बढाउन पनि आफ्नातर्फबाट पहल गर्ने आश्वासन दिए ।

प्रदेशसभा सदस्य राजीव पहारीले पोखराको पर्यटकीय विकासमा खेल पर्यटनको पनि महत्वपूर्ण भूमिका हुने बताउँदै फेवाताल किनारमा हुन लागेको बिच भलिबलले यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कास्की जिल्ला भलिबल सङ्घका अध्यक्ष भीम पराजुलीले प्रतियोगितामा १४ महिला तथा १७ पुरुष समूह सहभागी हुने जानकारी दिए ।

यस प्रतियोगिताबाट आगामी मङ्सिरमा हुने दक्षिण एशियाली बिच भलिबल प्रतियोगिताका लागि खेलाडी छनोट गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेले रु ३० हजार, द्धितीयले रु २० हजार र तृतीयले रु १० हजार पुरस्कारसहित पदक तथा प्रमाणपत्र पाउने छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies