Khabar Dabali Logo
  October 17, Thu

२९ जना सवार गाडी नहरमा खस्यो, सात बालबालिका बेपत्ता

नयाँ दिल्ली। भारतको उत्तर प्रदेशमा बिहीबार २९ व्यक्ति बोेकेको एक सवारी साधन एक नहरमा खस्दा सात बालबालिका बेपत्ता भएका छन् ।

स्थानीय प्रहरीका अनुसार यस घटनामा बेपत्ता भएका २२ जनालाई नहरबाट उद्धार गरिएको र अन्य बेपत्ताको खोजी कार्य जारी रहेको छ ।

उत्तर प्रदेशको राजधानी लखनउको बाहिरी इलाकामा रहेको नाग्राम क्षेत्रमा बिहीबार बिहान सो दुर्घटना भएको हो ।

बिहीबार बिहान सबेरै २९ यात्रु बोकेको एक सवारी साधन इन्दिरा नहरमा खसेको वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिएका छन्।

सो सवारी साधनमा यात्रा गरिरेहका ती यात्रुहरु एक विवाह समारोहमा सहभागी भई फर्किरहेका थिए । दुर्घटना भएको लगत्तै स्थानीय बासिन्दा उद्धार कार्यमा जुटेका थिए ।

दुर्घटनापछि प्रायः वयस्क उमेरका २२ जनालाई उद्धार गरिएको तर सात बालिबालिका भने बेपत्ता भएका छन् । ती बालबालिका चारदेखि नौ वर्ष उमेरमा रहेका अधिकारीहरुले जनाएका छन् ।

भारतमा क्षमता भन्दा बढी यात्रु चढ्ने, खराब सडक र लापर्वाही रुपमा सवारी साधन हाँक्ने गर्दा बर्सेनि ठूलो संख्यामा दुर्घटना हुने गरेका अध्ययनहरुले देखाएका छन् । भारतका औसत रुपमा प्रत्येक दिन चारसय व्यक्तिको सवारी दुर्घटनाबाट मृत्यु हुने गरेको छ । सिन्ह्वा

असार ५ गते, २०७६ - १४:२५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लुम्बिनीमा भिक्षुलाई कठिन दान

लुम्बिनीमा भिक्षुलाई कठिन दान

लुम्बिनी । वर्षाबासमा बसेका भिक्षुलाई लुम्बिनीमा आज कठिन दान गरिएको छ । बौद्ध परम्पराअनुसार राजकीय...   
पृथ्वीको अन्त्य हुन लागेको भन्दै नौ वर्षदेखि जमिनमुनि बसेको ६ जनाको  उद्धार

पृथ्वीको अन्त्य हुन लागेको भन्दै नौ वर्षदेखि जमिनमुनि बसेको ६ जनाको उद्धार

काठमाडौं । नेदरल्यान्ड्सको रुइनरवोल्डमा रहेको एक फार्महाउसको गोप्य सेलरमा लुकिरहेको एक परिवारलाई...   

काङ्ग्रेसले कात्तिक १ र २ गते प्रशिक्षण गर्दै

काठमाडौं । नेपाली काङ्ग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी कात्तिक १...   

सांसदहरू धमाधम पक्राउ परेपछि यसाे भन्छन् डा. बाबुराम भट्टराई

गोरखा । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले देशको...   

वाणिज्य बैंकले ३० जनालाई निःशुल्क प्रशिक्षण दिँदै

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले २८ वर्ष ननाघेका कम्तीमा स्नातक तह उत्तीर्ण ३० जना युवालाई निःशुल्क...   
उपप्रधानमन्त्री पोखरेल चीन प्रस्थान

उपप्रधानमन्त्री पोखरेल चीन प्रस्थान

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल छिमेकी चीनको उहानमा हुने सातौँ विश्व सैन्य...   
विश्व सैनिक गृष्मकालीन खेलकूद प्रतियोगिताको झण्डोत्तोलन

विश्व सैनिक गृष्मकालीन खेलकूद प्रतियोगिताको झण्डोत्तोलन

काठमाडौं । सातौँ विश्व सैनिक गृष्मकालीन खेलकूद प्रतियोगिता मा सहभागी राष्ट्रको आज यहाँ झण्डोत्तोलन...   

सिरियाबाट सैनिक फिर्ता नगर्न अमेरिकी सांसदको आग्रह

वासिङटन । अमेरिकी तल्लो सदन “हाउस अफ रिप्रिजेन्टेटिभ्स”ले बुधबार युद्धग्रस्त मुलुक सिरियाबाट अमेरिकी...   

छिमेकिको खुकुरी प्रहारबाट एक जनाको मृत्यु, दुई जना घाइते

मकवानपुर । मकवानपुरमा एक व्यक्तिले छिमेकीमाथि खुकुरी प्रहार गर्दा एक जना मारिएका छन् भने अन्य दुई...   
फेक मतदाताले भोट हालेपछि एनआरएन मतदानस्थलमा फेरि तनाव

फेक मतदाताले भोट हालेपछि एनआरएन मतदानस्थलमा फेरि तनाव

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनको मतदानस्थलमा फेरि तनाव भएको छ । निर्वाचन समितिले फेक मतदातालाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top