Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

छाँया सरकारका गृहमन्त्री बडुको आरोप : सरकार सेनाको साख सिध्याउन लाग्यो

काठमाडौं । छाँया सरकारका गृहमन्त्री दिलेन्द्रप्रसाद बडुले सरकार सेनाको साख सिध्याउन लागिपरेको आरोप लगाएका छन् । बिहिबार सदनमा बोल्दै सांसद बडुले व्यवसायिक र मर्यादित बनाउनुपर्ने सेनालाई सिध्याउन सरकार लागिपरेको आरोप लगाए ।

उनले सेना प्रमुखको अनुपस्थितिमै सेना परिचालन गर्न मिल्ने गरि ल्याइएको विधेयकले सरकारको नियतमाथि गम्भिर प्रश्न उब्जाएको बताए । बिहिबार रक्षा मन्त्रालय अन्तर्गत विनियोजित बजेटबारे बोल्दै बडुले सरकारले युनिभर्सल नम्सलाई उल्लंघन गर्दै सेनाको छविलाई नै बिगार्न लागिपरेको आरोप लगाए । ‘सिएनसी नभएको अवस्थामा पनि प्रधानमन्त्री वा अध्यक्षले नेपाली सेनालाई परिचालन गर्ने ढंगले विधेयक ल्याएको छ । यो अत्यन्तै आपत्तिजनक छ ।’ बडुले भने, ‘यसले नेपाली सेनाको सिएनसी उपस्थित हुन नसक्ने तर अरु मन्त्री तथा सचिवहरु उपस्थित हुन सक्ने यो कल्पना के हो ? यो अस्वभाविक, अव्यवहारिक कल्पना जुन गरिएको छ यसले नियतमाथि शंका हुन्छ ।’

बडुले राष्ट्रिय सुरक्षा परिषदको गठनमा सेना प्रमुखलाई छुटाउनुले गम्भिर प्रश्न उब्जेको बताएका हुन् । प्रस्तावित राष्ट्रिय सुरक्षा परिषदको विधेयक, २०७५ मा राष्ट्रिय सुरक्षा परिषद गठन गर्दा सेनालाई नराखी मन्त्री र सचिवलाई राखिएको छ । सेनापतिको अनुपस्थितिमा पनि सेना परिचालन हुनसक्ने व्यवस्था गरिएको भन्दै बडुले आपत्ति जनाएका हुन् ।

विधेयक तुरुन्त फिर्ता गर
बडुले सेनालाई नै अलग गर्नेगरि दुरासयपूर्ण ढंगबाट ल्याइएको विधेयक तुरुन्त फिर्ता गर्न माग गरेका छन् । उनले विधेयकका प्रावधानले राष्ट्रिय सुरक्षा प्रति नै प्रश्न उब्जाएको आरोप लगाए । ‘जुन ढंगले राष्ट्रिय सुरक्षा परिषदको विधेयक आएको छ यो राष्ट्रिय हितमा छैन् । सेनाको हितमा छैन् । मुलुकको शान्ति सुरक्षालाई यसले जोगाउँदैन् ।’ बडुले भने, ‘मुलुकभित्र एउटा अविश्वासको वातावरणले सरकार र सेनाबीचको दुरी बढ्न थाल्यो भने एउटा अनिष्टको संकेत हुन्छ । यतातिर कुनैपनि हालतले जान दिनु हुँदैन् । यो त्रुटिपूर्ण र दुरासयपूर्ण छ । यो विधेयकलाई तत्काल फिर्ता लिइयोस् ।’

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies