Khabar Dabali Logo
  October 17, Thu

लागुऔषध दुरुपयोगसम्बन्धी सप्ताहव्यापी अभियान

काठमाडौँ । लागुऔषध दुरुपयोग एवं ओसारपसारसम्बन्धी सप्ताहव्यापी अभियान शुरु भएको छ । गृहमन्त्रालयको आयोजनामा हरेक वर्षझैँ यस वर्ष पनि ‘समृद्ध राष्ट्र निर्माणका लागि लागुऔषधरहित स्वस्थ जीवन’ भन्ने नाराका साथ आजदेखि असार ११ गतेसम्म सप्ताहव्यापी अभियान शुभारम्भ गरिएको हो ।

कार्यक्रममा गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले नेपालमा लागुऔषध दुव्र्यसनीको सङ्ख्या वर्षेनी बढ्दै गएकाले तीनलाई न्यूनीकरण गर्न यस अभियानले सहयोग पुर्याउने विश्वास व्यक्त गरे । ‘पछिल्ला सर्वेक्षणले नेपालमा वर्षेनी ११.३६ प्रतिशतले लागुऔषध प्रयोगकर्ताको सङ्ख्या वृद्धि भएको देखाएको र कूल अपराधमा सात प्रतिशत लागुऔषधसँग सम्बन्धित भएकाले यसलाई नियन्त्रण गर्नु हामी सबैको दायित्व हो’, उनले भने, ‘ हाल नेपालका डेढ लाख युवा लागुऔषधको कुलतमा फसेकाले यसलाई नियन्त्रण गर्न अभियानले पनि सहयोग पुर्याउँछ ।

गृहमन्त्रालयका सहसचिव एवं अभियानका संयोजक नारायणप्रसाद दुवाडीले लागुऔषध रोकथाम तथा नियन्त्रणका लागि केन्द्र, प्रदेश र स्थानीय तहमा विशेष अभियान सञ्चालन गर्न लागिएको बताए ।

अभियानका क्रममा लागुऔषध रोकथाम नीति एवं मागदर्शन तर्जुमा, वैकल्पिक विकास प्रयास, औषधि ऐन कार्यान्वयन र समाधानका उपाय, सञ्चार माध्यममा चेतनामूलक कार्यक्रम, गाँजा÷अफिमखेती फँडानी, नियन्त्रणात्मक कार्यक्रम, प्रभातफेरीलगायत कार्यक्रम सञ्चालन गरिने गृहमन्त्रालयले जनाएको छ । हाल नेपालमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानलगायतले लागुऔषध दुरुपयोग एवं ओसारपसार नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

असार ५ गते, २०७६ - १२:३७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यसकारण दिँदैन विवाहले स्थायी खुसी

यसकारण दिँदैन विवाहले स्थायी खुसी

के तपाईं आफ्नो जीवनमा कसैलाई समावेश गर्ने तयारीमा हुनुहुन्छ रु यदि प्रश्न ‘हो’ मा आउँछ भने तल दिइएका...   

नरभक्षी चितुवा नियन्त्रणमा गम्भीर बन्न ध्यानाकर्षण

दमौली । तनहुँ जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा लगातार चितुवाको आक्रमण बढेपछि नेपाली काङ्ग्रेसका...   

नौ बुँदे घोषणापत्रसहित अन्तर्राष्ट्रिय दलित सम्मेलन सम्पन्न

काठमाडौ । दलित समुदायको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने र सम्बन्धित देशमा जातीय छुवाछूत कानून...   

प्रसारण लाइन निर्माण गर्न पुनः बोलपत्र

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले कूल २२० केभी क्षमताको हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन...   

पर्यटकको रोजाइमा तालपोखरा

बेझाड । रामपुर घुम्न आउने धेरैजसो व्यक्ति तालपोखरा पुग्ने गर्छन् । तालपोखरामा डुङ्गा नचढिकन फर्कने...   

सत्तारुढ नेकपाले भोली चियापन गर्दै

काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका...   

विद्यालयमा तालाबन्दी

लहान । विद्यालय व्यवस्थापन समितिका असन्तुष्ट सदस्य तथा स्थानीय अभिभावकले सिरहाको सखुवानन्कारकट्टी...   

आन्तरिक पर्यटकले भरियो पोखरा

पोखरा । उत्तरतर्फ टलक्क टल्कने हिमाल, फेवातालमा डुबुल्की मारेको माछापुच्छ्रे मात्र नभई लेखनाथ क्षेत्रका...   

गैँडाको आक्रमणमा परी एकको मृत्यु, एक घाइते

कावासोती । गैँडाको आक्रमणमा परी नवलपरासीपूर्व कावासोतीमा एक जनाको मृत्यु हुनाका साथै अर्का एक सख्त...   

लागुऔषधसहित तीन युवक पक्राउ

सिराहा । प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिका– १ कचनारीबाट तीन युवकलाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top