Khabar Dabali Logo
  July 17, Wed

जाजकोटमा खाद्य डिपो स्थापना,स्थानीय खुशी

जाजरकोट । नेपाल खाद्य संस्थानले जुनिचाँदे गाउँपालिका–११ ताँगामा नयाँ बिक्री केन्द्र स्थापना गरेको छ । जिल्लाको सबैभन्दा दुर्गम ठाउँमा रहेको ताँगामा पहिलो पटक डिपो स्थापना भई खाद्यान्न बिक्री कार्य शुरु भए पछि स्थानीयवासी खुशी भएका छन् ।

५०० क्विन्टल चामल स्वीकृत भई पहिलो चरणमा ४५ क्विन्टल लिएर ताँगा गएका कार्यालय प्रमुख धर्मबहादुर बस्नेतले सेवा उद्घाटन भएको एक घण्टा नबित्दै खाद्यान्न बिक्री भएर सकिएको छ । खाद्यान्न कम उत्पादन हुने यस क्षेत्रमा यातायातको सहज पहुँच नहुँदा सजिलै खाद्यान्न ढुवानी गरेर लिनसमेत कठिन रहेको गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताए ।

गाउँपालिकाको पटक, पटकको पहलबाट नयाँ खाद्य डिपो स्थापनासँगै यहाँका स्थानीयले सहजरुपमा अनुदानको चामल पाउने आशा व्यक्त गरेका छन् । दुर्गम क्षेत्रमा ५०० क्विन्टल चामल कम भएको भन्दै कोटा बढाउन यहाँका स्थानीयले माग गरेका छन् । यस क्षेत्रमा खाद्य डिपो स्थापना गरेर सर्वसाधारणलाई खाद्यान्न आपूर्तिमा सहज बनाउने वन तथा वातारणमन्त्रीको चुनावी एजेण्डा थियो । चुनावी एजेण्डा पूरा भएपछि स्थानीयले खुशी व्यक्त गरेका छन् ।

असार ५ गते, २०७६ - ११:५४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिलाहरू कस्ता पुरुष मन पराउछन् ? थाहा पाउनुहोस्

एजेन्सी । प्रत्येक पुरुषहरू महिलाको नजिक हुन् चाहन्छन् तर के तपाइहरूलाई थाहा छ ? कस्ता पुरुषहरूलाई...   

पर्यटन विभागद्वारा क्यासिनो अनुगमन

काठमाडौँ । पर्यटन विभागले नेपालमा सञ्चालित क्यासिनोको अवस्थाबारे अनुगमन शुुरु गरेको छ ।नेपालका सबै...   

राष्ट्र बैंकले स्टकको शेयर बिक्री गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्स्चेन्ज लिमिटेडमा रहेको लगानी फिर्ता लिने भएको छ ।...   
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष देवकोटाद्वारा राजीनामा

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष देवकोटाद्वारा राजीनामा

हेटौँडा । प्रदेश नं ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले व्यक्तिगत कारण देखाई पदबाट...   

विपत्तिमा सावधानी अपनाउन मुख्यमन्त्री गुरुङको आग्रह

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्राकृतिक विपत्तिमा सावधानी अपनाउन आम...   

माइक्रोबस दुर्घटनामा सात घाइते, एकको अवस्था गम्भीर

चितवन । चितवनमा माइक्रोबस दुर्घटना हुँदा सात घाइते भएका छन् । काठमाडौँबाट नारायणगढतर्फ गइरहेको ग१ख...   

चितवनबाट ४३ केजी लागुऔषध चरेससहित एक पक्राउ

चितवन । चितवनमा लागुऔषध चरेससहित एक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय टाँडीबाट प्रहरी नायब...   
हराएका नवजात शिशुका बुवालाई रोजगार

हराएका नवजात शिशुका बुवालाई रोजगार

बेझाड । लुम्बिनी मेडिकल कलेज पाल्पाबाट हराएका नवजात शिशुको बुवालाई रोजगार र उनका परिवारलाई निःशुल्क...   

खोलाले बगाएर बालकको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका–१३ स्थित फुलबासा खोलाले बगाउँदा आज एक बालकको मृत्यु भएको छ । मेचीनगर–१३...   

बागलुङको यी २८ वडा विपद्को उच्च जोखिममा

बागलुङ । जिल्लाका विभिन्न स्थानीय तहका २८ वडा प्राकृतिक विपद्को उच्च जोखिममा छन् । ती मध्ये २४ मध्यम...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top